settings icon
share icon
प्रश्न

एउटा ख्रीष्टियन आमाके बारेमा बाइबलले के भन्दछ?

उत्तर


एउटा आमाको भूमिका धेरै नै महत्वपूर्ण छ जसलाई परमेश्वरले धेरै स्त्रियहरुलाई दिन चुन्नु भयो। एउटा ख्रीष्टियन आमालाई आफ्नो बच्चालाई प्रेम गर्नको लागि भनिएको छ (तीतुस 2:4-5), ताकि उनीले प्रभुको नाम र उनको उद्धारकर्ताको नाउँको माथि कुनै किस्म वा प्रकारको कलंक नआओस जसलाई उनी आफ्नो साथ लिएर हिडछिन।

बच्चाहरु परमेश्वरको तर्फ बाट दिएका उपहार हुन् (भजन संग्रह 127:3-5)। तितस 2:4 मा, युनानी शब्द फिलोटेकिनोस को संदर्भ आमाहरुद्वारा उनीहरुको बच्चालाई प्रेम गर्नको लागि प्रगट भएको हो। यो शब्दले एउटा विशेष प्रकारले "आमाको प्रेम" लाई प्रस्तुत गर्दछ। त्यो विचार जुन यस शब्दद्वारा निस्किएर आउदछ कि उसले आफ्नो बच्चाहरुको देखभाल, उनीहरुको पालन पोषण, उनीहरुलाई स्नेहले भरी अंगल्नु हो, उनीहरुको आवश्यकताहरुलाई पूरा गर्ने, र प्रेमको साथ उनीहरु मध्य प्रत्येकसँग मित्रताले भरिएको व्यवहार परमेश्वरको हातबाट प्राप्त एउटा विशेष उपहारको रूपमा गर्नु हो।

परमेश्वरको वचनमा ख्रीष्टियन आमाहरुको लागि धेरै कुराहरुको आदेश दिएको छ:

उपलब्धता: बिहान, दिन, र सन्ध्याकालमा (व्यवस्था 6:6-7)

सम्मिलित हुनु: वार्तालाप, विचार-विमर्श गर्नु, सोचनु, र एकसाथ जीवनको प्रक्रियालाई यापन गर्नु (एफिसी 6:4)।

शिक्षा दिनु– पवित्र शास्त्र र बाइबल आधारित दृष्टिकोणले (भजन संहिता 78:5-6; व्यवस्था 4:10; एफिसी 6:4)।

प्रशिक्षण – एउटा बच्चालाई उसको कौशल र उसको योग्यताहरु (हितोपदेश 22:6) र आत्मिक वरदानहरुको खोजी गर्नमा सहायता गर्नु (रोमी 12:3-8 र 1 कोरिन्थी 12)।

अनुशासन – प्रभुको भयमा चल्नलाई शिक्षण दिनु, निरन्तरता, प्रेम, दृढ़तासँग सीमा रेखालाई खिची रहनु (एफिसी 6:4; हिब्रू 12:5-11; हितोपदेश 13:24; 19:18; 22:15; 23:13-14; 29:15-17)।

पालन-पोषण – निरन्तर मौखिक सहायता, असफल हुनको स्वतंत्रता, स्वीकार गरिने, स्नेह, बिना कुनै शर्तको प्रेमको एउटा वातावरणलाई प्रबन्ध गर्नु (तितस 2:4; 2 तिमोथी 1:7; एफिसी 4:29-32; 5:1-2; गलाती 5:22; 1 पत्रुस 3:8-9)।

निष्ठाको साथ नमूनाले भरिएको जीवन यापन गर्नु– जे पनि कुरा तपाईंले भन्नु हुन्छ त्यसको अनुसार जीवन यापन गर्नु, एउटा यस्तो नमूनाले भरिएको जीवन यापन गर्नु जसमा एउटा बच्चा धर्मी जीवनको सारलाई "समाती" कन सिक्न सकोस् (व्यवस्था 4:9, 15, 23; हितोपदेश 10:9; 11:3; भजन संग्रह 37:18, 37)।

बाइबलले यस्तो कहिल्यै पनि भन्दैन कि प्रत्येक स्त्री एउटा माता हुनु पर्छ। तर, यो अवश्य भन्दछ कि तिनीहरु जसलाई परमेश्वरले आमा हुने आशीष दिनुभएको छ, ले आफ्नो उत्तरदायित्वलाई गंभीरता साथ लिनु पर्छ। आमाहरुको उनीहरुको बच्चाहरुको जीवनमा विशेष र महत्वपूर्ण भूमिका हुंदछ। मातृत्वपन एउटा घरको वा अप्रिय कार्य होइन। जसरी एउटा आमाले एउटा बच्चालाई गर्भधारणको समय संभालद छिन, र जसरी एउटा आमाले उसलाई दूध पिलाउद छिन र उसको शैशवकालमा उसको देखभाल गर्दछिन, ठीक त्यसै गरि आमाहरु उनीहरुको बच्चाको लागि जीवन पर्यन्त चली रहने भूमिका हुन्छ, चाहे त्यो किशोर, युवा, व्यस्क, र यहाँ सम्म कि आफ्नो बच्चाको साथ व्यस्क नै किन नहोस्। जब कि मातृत्वपनको भूमिका बदली रहन्छ र विकसित भई रहन्छ, त्यो प्रेम, देखभाल, पालन-पोषण र प्रोत्साहन जसलाई एउटा आमाले दिन्छिन, त्यो कहिल्यै पनि रोकिनु हुदैन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

एउटा ख्रीष्टियन आमाके बारेमा बाइबलले के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries