settings icon
share icon
प्रश्न

किन परमेश्वर पूरानो करारमा नयाँ करारमा भन्दा भिन्न हुनुहुन्छ?

उत्तर


यस प्रश्नको एकदमै गहिराईमा पूरानो र नयाँ करार दुबैले परमेश्वरको स्वभावको विषयमा प्रकट गरेका कुराको एउटा आधारभूत गलत बुझाई रहेको छ। यसै आधारभूत विचारलाई व्यक्त गर्ने अर्को तरीका चाहिँ जब मानिसहरुले भन्दछन्, “पूरानो करारका परमेश्वर चाहिँ क्रोधका परमेश्वर हुनुहुन्छ जबकि नयाँ करारका परमेश्वर चाहिँ प्रेमका परमेश्वर हुनुहुन्छ।” बाइबल चाहिँ इतिहासका घटनाहरुद्वारा र इतिहासभरी नै मानिसहरुसँगको उहाँको सम्बन्धद्वारा आफैलाई हामीमा गर्नुभएको परमेश्वरको प्रगतिशील प्रकाशको वास्तविकताले नयाँ करारको तुलनामा पुरानो करारमा परमेश्वर कस्तो हुनुहुन्छ भन्ने गलत अवधारणालाई सहयोग गरेको हुनसक्दछ। तापनि, जब कसैले नयाँ र पूरानो दुवै करारलाई पढ्दछ, यो चाहिँ एउटा करारबाट अर्कोमा परमेश्वर भिन्न हुनुहुन्न अनि परमेश्वरको क्रोध र प्रेम दुबैओटा करारहरुमा प्रकट भएका छन् भन्ने प्रमाण बन्दछ।

उदाहरणको लागि, पूरानो करारभरी नै, परमेश्वरलाई “टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढीलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ,” (प्रस्थान ३४:६; गन्ती १४:८; व्यवस्था ४:३१; नहेम्याह ९:१७; भजन संग्रह ८६:५,१५; १०८:४; १४५:८; योएल २:१३) भनी घोषणा गरिएको छ। तापनि नयाँ करारमा, परमेश्वरको दया, र करुणा अझै पनी अधिक मात्रामा यो सत्यको साथ प्रदर्शित गरिएको छ “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। पूरानो करारभरी नै, हामीले परमेश्वरले इस्राएलीहरुसँग एउटा प्रेमिलो पिताले एउटा बालकसँग सम्बन्ध राखेझैं सम्बन्ध राखेको पनि देख्दछौँ। जब तिनीहरुले जानी–जानीकन उहाँको विरुद्धमा पाप गरे र मूर्तिहरुलाई पुज्न शुरु गरे, परमेश्वरले तिनीहरुलाई दण्ड दिनुभयो। तापनि, तिनीहरुले तिनीहरुका मूर्तिपूजादेखि पश्चाताप गरेको हरेक पटक उहाँले तिनीहरुलाई छुटकारा दिनुहुन्थ्यो। यो चाहिँ नयाँ करारमा ख्रीष्टियनहरुसँग परमेश्वरले राख्नुभएको सम्बन्ध जस्तै नै हो। उदाहरणको लागि, हिब्रू १२:६ ले हामीलाई भन्दछ कि “किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”

त्यस्तैगरी, पूरानो करारभरी परमेश्वरको क्रोध र न्याय पापमाथि खनिएको हामी देख्दछौँ। त्यस्तैगरी, नयाँ करारमा हामी देख्दछौं कि “परमेश्वरको क्रोध ती मानिसहरुका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरुका अधर्मले दबाइराखेका छन्” (रोमी १:१८)। त्यसैले, स्पष्टरुपले, परमेश्वर पूरानो करारमा भन्दा नयाँ करारमा भिन्न हुनुहुन्न। परमेश्वर त उहाँको स्वभावैद्वारा एकसमान (नबद्लिने) हुनुहुन्छ। यद्यपि हामीले धर्मशास्त्रको कुनै परिच्छेदमा उहाँको स्वभावको एकपक्ष अरु पक्षहरुभन्दा अझ धेरै प्रकट भएको देख्दछौँ नै भने पनि परमेश्वर आफै नै बदल्नुहुन्न।

जसै हामी बाइबल पढ्छौँ र अध्ययन गर्छौँ, पूरानो र नयाँ करारमा परमेश्वर एउटै हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुँदछ। यद्यपि बाइबल ४० जना लेखकहरुद्वारा तीन महादेशहरुमा, तीन भिन्न भाषाहरुमा, लगभग १५०० वर्षको एउटा अवधीमा लेखिएको ६६ ओटा अलग अलग पुस्तकहरु भए तापनि बिना कुनै खण्डन यो शुरुदेखि अन्तसम्मै एउटा एकीकृत पुस्तक रहेको छ। यसमा हामी देख्दछौँ कि कसरी एकजना प्रेमिलो, कृपालु र न्यायी परमेश्वरले हरेक अवस्थाहरुमा पापी मानिसहरुसँग सम्बन्ध राख्नुहुन्छ। साँच्चै नै, बाइबल चाहिँ मानिसजातिहरुप्रति परमेश्वरको एउटा प्रेम पत्र हो। आफ्ना सृष्टिको लागि परमेश्वरको प्रेम, विशेष गरेर मानिसजातिको लागि, धर्मशास्त्रभरी नै प्रमाणित रहेको छ। बाइबलभरी नै परमेश्वरले उहाँसँगको एउटा विशेष सम्बन्धमा प्रेमिलो र कृपालु भावमा मानिसहरुलाई बोलाएको हामी देख्दछौँ जुन चाहिँ तिनीहरुका योग्यता भएर होइन, तर उहाँ अनुग्रहकारी र कृपालु परमेश्वर, प्रेम र विश्वास्ततामा प्रशस्त, जो क्रोध गर्नमा ढीलो हुनुभएकोले गर्दा हो। तापनि हामी एकजना पवित्र र धर्मी परमेश्वर, जो उहाँका वचनलाई पालन नगर्ने र उहाँलाई आराधना गर्न इन्कार गर्नेहरु सबैका न्यायकर्ता हुनुहुन्छ, तिनीहरु आफैले बनाएका ईश्वरहरुलाई पुज्नेहरुबाट टाढा रहनु भएको देख्दछौँ (रोमी १ अध्याय)।

परमेश्वरको धर्मी र पवित्र चरित्रको कारण,— विगत, वर्तमान र भविष्यका— सबै पापको न्याय हुनै पर्दछ। तापनि, आफ्नो असीम प्रेममा परमेश्वरले पापको मोल तिर्नुभएको छ र पुनःमिलापको एउटा बाटो प्रदान गर्नुभएको छ ताकि पापी मानिस उहाँको क्रोधबाट उम्कन सकोस्। यस आश्चर्यमय सत्यतालाई हामी १ यूहन्ना ४:१० पदहरुमा देख्दछौँ: “प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो।” पूरानो करारमा, परमेश्वरले एउटा बलि चढाउने नियम दिनुभयो जसद्वारा पापको लागि प्रायश्चितको कार्य हुन सकोस्। तापनि, यस बलि चढाउने नियम चाहिँ क्षणिकमात्र थियो अनि येशू ख्रीष्ट आउनुहुने कुरालाई हेरिन्थ्यो जो पापको लागि एउटा पूर्ण प्रतिस्थापित प्रायश्चित पूरा गर्नलाई क्रूसमा मर्नुभयो। पूरानो करारमा प्रतिज्ञा गरिएका उद्धारकर्ता, नयाँ करारमा पूर्णरुपले प्रकट हुनुभयो। पूरानो करारमा कल्पनामात्र गरिएको, परमेश्वरको प्रेमको अन्तिम अभिव्यक्ति, उहाँको पुत्र येशू ख्रीष्टलाई पठाउने कुरा, यसका सबै महिमामा नयाँ करारमा प्रकट भयो। पूरानो र नयाँ करार दुबै हामीलाई “उद्धार प्राप्त गर्नको लागि बुद्धिमान बनिन को लागि” दियो (२तिमोथी ३:१५)। जब हामी दुबै करारलाई नजीकबाट हेर्दछौँ, यो कुरा प्रमाणित हुँदछ कि परमेश्वर “बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १:१७)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

किन परमेश्वर पूरानो करारमा नयाँ करारमा भन्दा भिन्न हुनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries