settings icon
share icon
प्रश्न

के आज पनि परमेश्वर हामीसँग कुरा गर्नु हुन्छ?

उत्तर


परमेश्वर धेरै पटक मानिसहरुले सुन्ने गरी नै बोल्नुभएको कुरालाई बाइबलले अभिलेख गर्दछ (प्रस्थान ३:१४; यहोशू १:१; न्यायकर्ता ६:१८; १ शमूएल ३:११; २ शमूएल २:१; अय्यूब ४०:१; यशैया ७:३; यर्मिया १:७; प्रेरित ८:२६; ९:१५- यो एउटा सानो नमूना मात्र हो)। आज परमेश्वर कुनै व्यक्तिसँग किन सुन्ने गरी बोल्न सक्नुहुन्न भन्ने त्यहाँ कुनै बाइबलीय कारण छैन। परमेश्वर बोल्नुभयो भन्ने कुरालाई बाइबलले सयौं पटक अभिलेख गरेको छ, हामीले सम्झनुपर्दछ कि तिनीहरु चाहिँ मानव इतिहासको ४००० वर्षको अवधिमा भएको छ। परमेश्वर सुन्ने गरी बोल्नुभएको कुरो चाहिँ अपवाद हो, नियम भने होइन। परमेश्वर बोल्नुभएको कुरालाई बाइबलीय रुपमा गरिएको अभिलेखमा पनि, यो एउटा श्रव्य आवाज थियो, अथवा एउटा भित्री आवाज थियो वा एउटा मानसिक छाप थियो भन्ने कुरा सदैव स्पष्ट भएको छैन।

परमेश्वर आज मानिसहरुसँग बोल्नुहुन्छ। पहिले, परमेश्वर आफ्ना वचनद्वारा हामीसँग बोल्नुहुन्छ (२ तिमोथी ३:१६-१७)। यशैया ५५:११ ले हामीलाई यसरी भन्दछ, “त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” बाइबल परमेश्वरको वचन हो, ख्रीष्टियन जीवनमा बचाइन र जिउनको लागि हामीले जान्नुपर्ने हरेक कुरा उल्लेख गर्दछ। दोस्रो पत्रुस १:३ ले यो घोषणा गर्दछ, “आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ।”

परमेश्वर घटनाहरुद्वारा पनि “बोल्नुहुन्छ”- अर्थात् उहाँले हामीलाई हाम्रो परिस्थितिको प्रबन्धबाट मार्गदर्शन गर्नु सक्नु हुन्छ (१ तिमोथी १:५; १ पत्रुस ३:१६)। परमेश्वर हाम्रो मनको विचारहरुलाई आफ्नो विचारहरु जस्तै बनाउने अनुकूल प्रकृयामा हुनुहुन्छ (रोमी १२:२)। परमेश्वरले हामीलाई निर्देशन गर्न, हामीलाई परिवर्तन गर्न, अनि हामीलाई आत्मिकरुपमा बढ्नलाई मदत गर्न घटनाहरुलाई हाम्रा जीवनहरुमा घट्न लगाउनुहुन्छ (याकूब १:२-५; हिब्रू १२:५-११)। पहिलो पत्रुस १:६-७ ले हामीलाई यो स्मरण गराउँदछ कि, “तिमीहरु यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरुले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरुको विश्वास मूल्यवान् छ। तिमीहरुको यो विश्वास साँचो प्रमाणित होस्, र येशू खीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।”

परमेश्वर कहिलेकाहिँ मानिसहरुसँग सुन्ने गरी नै बोल्नुहुन्छ होला। यो चाहिँ एउटा ठूलो शंकास्पद कुरो हो, यद्यपि केही मानिसहरुले यो हुन्छ भनेर दावी गरेकै भए तापनि। फेरिपनि, बाइबलमा समेत, परमेश्वर सुन्ने गरी बोल्नुभएको कुरो एउटा अपवाद नै रहेको छ, तर कुनै साधारण कुरो भने होइन। यदि कसैले परमेश्वर उनीसँग बोल्नुभएको छ भनेर दावी गर्दछ भने, बाइबलले के भनेको छ भन्ने कुरासँग जहिले पनि तुलना गर्नुहोस्। यदि आज परमेश्वर बोल्नुहुन्थ्यो भने, उहाँले बाइबलमा भन्नुभएको कुरासँग उहाँको वचन पूर्ण सहमतमा हुनेथियो (२ तिमोथी ३:१६-१७)। परमेश्वरले आफैलाई खण्डन गर्नुहुन्न।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के आज पनि परमेश्वर हामीसँग कुरा गर्नु हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries