settings icon
share icon
प्रश्न

किन यहूदी र अरब/मुस्लिम एक अर्कामा घृणा गर्छन?

उत्तर


सबै भन्दा पहिले, बुझ्नको लागि यो कुरा महत्वपूर्ण छ कि अरबमा रहने सबै मानिसहरु मुस्लिम होइनन र न त सबै मुस्लिम अरबमा छन्। जब कि अरबहरु बहुसंख्या गिनतीमा मुस्लिम छन, तर फेरी पनि त्यहाँ निर धेरै गैर-मुस्लिम अरब पनि छन्। यसको अतिरिक्त, विशेष रूपमा गैर-अरब मुस्लिम मानिसहरुको धेरै क्षेत्रहरु छन जस्तै इंडोनेशिया र मलेशिया जसमा अपेक्षाकृत कम अरब मुस्लिम छन्। दोस्रो, यो स्मरण राख्नु महत्वपूर्ण छ कि सबै अरब यहूदिहरुले घृणा गर्दैनन, न त सबै मुस्लिमले यहुदिहरुसँग घृणा गर्छन, र न त सबै यहूदी अरबहरु र मुस्लिमानहरुसँग घृणा गर्छन। हामीलाई रूढ़िवादी बन्न देखि बच्नको लागि सावधान रहनु पर्छ। तर फेरी पनि, सामान्य रूपमा बोल्न, अरबहरु र मुस्लिमानहरुमा यहूदिहरुको प्रति मन नपर्दो र अविश्वास छ, र यसको विपरित पनि छ।

यदि यस शत्रुताको कुनै बाइबल आधारित स्पष्ट विवरण हो तब यसले हामीलाई अब्राहमको समयको तर्फ लिएर जान्छ। यहूदी अब्राहमको पुत्र इसहाकको सन्तान हुन। अरब अब्राहमको पुत्र इश्माएलको सन्तान हुन। इश्माएलको एउटा दासी स्त्रीसँग पुत्रको रूपमा उत्पन्न हुनु (उत्पत्ति 16:1-16) र इसहाकको प्रतिज्ञा गरिएको पुत्रको रुपमा उत्पन्न हुनु जो कि अब्राहमको आशिषको वारिस बन्ने छन् (उत्पत्ति 21:1-3), स्पष्ट छ कि दुवै पुत्रहरू मध्यमा केहि न केहि शत्रुता उत्पन्न हुनेछ। परिणामस्वरूप इश्माएलद्वारा इसहाकको खिल्ली उडाउनु (उत्पत्ति 21:9), साराले हागार र इश्माएललाई निकालेर टाढा पठाउने (उत्पत्ति 21:11-21) कुरा गर्नु। हुन सक्छ कि, यसले इश्माएलको हृदयमा इसहाकको विरूद्ध अझै धेरै तिरस्कारलाई भरि दियो होला। एउटा स्वर्गदूतले हागारसँग भविष्यद्वाणी गरे कि इश्माएल "आफ्नो भाई-बन्धुहरुको मध्य शत्रुता साथ् रहनेछ" (उत्पत्ति 16:11-12)।

इस्लाम धर्म, जसमा बहुसंख्या मात्रमा अरब अनुयायी छन्, ले यस शत्रुतालाई निकै धेरै गहिरो बनायो। कुरआनमा केहि सीमा सम्म मुसलमानहरुको सम्बन्धमा दिएको निर्देशहरुमा विरोधाभास छ। एक समय यसले मुस्लिमहरुलाई निर्देश दिन्छ कि उनीहरु यहूदिहरुको साथ आफ्नो भाई जस्तो व्यवहार गरुन र दोस्रो समय यसले मुस्लिमानहरुलाई त्यी यहूदिहरु माथि आक्रमण गर्ने आदेश दिन्छ जसले इस्लामलाई स्वीकार गर्नबाट इन्कार गर्छन। इस्लाम साथैमा एउटा अर्को संघर्षको परिचय गराउदछ कि अब्राहमको कुन पुत्र वास्तवमा प्रतिज्ञाको पुत्र थिए। हिब्रू पवित्र शास्त्रले भन्दछ कि त्यो इसहाक थिए। कुरआनले भन्दछ छ कि त्यो इश्माएल थिए। कुरआनले यो शिक्षा दिन्छ कि त्यो इश्माएल थियो न कि इसहाक (उत्पत्ति अध्याय 22 विरोधाभासमा) जसलाई अब्राहमले लगभग यहोवाको बलिदानमा चढ़ाउने वाला थिए। यो विवाद कि कुन प्रतिज्ञाको सन्तान थियो, आजको समयको शत्रुतामा योगदान दिन्छ।

तर फेरी पनि, इसहाक र इश्माएलको मध्य तितोपनाको प्राचीन जड़ आजको समयको यहुदिहरु र अरबको मध्यको सबै शत्रुताको विवरण दिदैन। सत्य त यो हो, कि मध्य पूर्वको हजारौँ वर्षको इतिहासमा, यहूदी र अरब एक अर्काको साथ शान्ति र उदासीनताको साथ रहेका छन्। यस शत्रुताको प्राथमिक कारण आजको आधुनिक घटनाक्रम हो। दोस्रो विश्व युद्ध पश्चात्, सुयक्त राष्ट्रले यहूदी मानिसहरुलाई इस्राएलको लागि भूमिको एक टुक्रा दिएको थिए, र त्यो जमीन मूल रूपमा अरबहरुको (फिलीस्तीन)को निवास स्थान थियो। अधिकतर अरबहरुले इस्राएलको राष्ट्रलाई यस जमीनलाई कब्जा गर्नुको लागि प्रबल विरोध गरे। अरब देश एकत्र भए र उनीहरुले इस्राएललाई त्यस जमीनबाट भगाई दिनको लागि त्यस माथि आक्रमण गरे, तर उनीहरु हारे। तब देखि अहिले सम्म, इस्राएल र अरब छिमेकि मध्यमा निकै धेरै शत्रुता पाईन्छ। इस्राएल एउटा सानो जमीनको टुक्रा माथि एक अर्कोमा धेरै ठूलो विस्तृत अरब राष्ट्रहरु मध्यमा घेरिएको छ जस्तै जोर्डन, सीरिया, सऊदी अरब, इराक र मिस्र। यो हाम्रो दृष्टिकोण हो कि, बाइबलमा आधारित भइ बोल्नु, इस्राएललाई एउटा राष्ट्रको रूपमा आफ्नो जमीनको माथि बस्नको अधिकार छ जसलाई परमेश्वरले अब्राहमको नाति याकूबको वशज्लाई दिनु भयो। ठीक त्यसै समय, हामीले दृढ़ता साथ विश्वास गर्छौ कि इस्राएललाई शान्तिको स्थापना गर्नु पर्छ र आफ्नो अरब छिमेकीहरु प्रति सम्मान देखाउनु पर्छ। भजनसंग्रह 122:6 घोषणा गर्दछ कि, "यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर; तँलाई माया गर्नेहरु सुरक्षित रहून्।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

किन यहूदी र अरब/मुस्लिम एक अर्कामा घृणा गर्छन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries