settings icon
share icon
प्रश्न

मैले आफ्नो विश्वास येशूमा राखेको छु ...अब के?

उत्तर


मैले आफ्नो विश्वास येशूमा राखेको छु ...अब के?

उत्तर: बधाई छ! तपाईंले जीवन परिवर्तन हुने निश्चय गर्नुभएको छ। सायद सोध्दै हुनुहुन्छ, “अब के? परमेश्वरसँगको यो यात्रा कसरी सुरुवाट गर्ने?” बाइबलबाट तल दिइएका पाँच कदमहरूले तपाईंलाई प्रत्यक्ष पथमा लानेछ। तपाईंको जीवन यात्रामा जब प्रश्नहरू आउँछन्, कृपया https://www.gotquestions.org/Nepali मा जानुहोला।

१. मुक्तिको अर्थ तपाईंले स्पष्टसँग बुझ्नुहोस्।

१ युहन्ना ५:१३ ले हामीलाई भन्छ, “तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु।” परमेश्वरले हामीले मुक्तिको बारेमा बुझेको चाहनुहुन्छ। परमेश्वर हामीले पाएको मुक्तिमा ढुक्क भएको चाहनुहुन्छ। छोटकरीमा मुक्तिको बारेमा केही मुख्य शीर्षकहरू दोहोर्याऊँ:

(क) हामी सबैले पाप गरेका छौँ। हामी सबैले परमेश्वरलाई मन नपर्ने काम गरेका छौँ (रोमी३:२३)।

(ख) हाम्रो पापको कारणले हामी सजायँ भोग्ने योग्यका थियौँ र अनन्तसम्म परमेश्वरबाट टाढा भएका थियौँ (रोमी ६:२३)।

(ग) येशू हाम्रो पापको सजायँ तिर्न क्रुसमा मर्नुभयो (रोमी ५:८; २ कोरिन्थी ५:२१)। येशू हाम्रो साटो मारिनुभयो। हाम्रो लायकको दण्ड उहाँले नै लिनुभयो। येशूको मृत्यु हाम्रो पापको ऋण तिर्न काफी थियो, उहाँको पुनरुत्थानले यो साबित गर्छ।

(घ) परमेश्वरले सबैलाई माफी र मुक्तिदान दिनुहुन्छ, जसले येशूमा विश्वास गर्दछ - उहाँको मृत्युबाट हाम्रो पापको मूल्य चुक्ता भयो भन्ने भरोसा गर्दछ (युहन्ना ३:१६; रोमी ५:१; रोमी ८:१)।

त्यही नै मुक्तिको सन्देश हो। यदि तपाईंले आफ्नो मुक्तिदाता भनेर येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने तपाईं बचाइनुभएको छ! तपाईंका सबै पापको क्षमा भएको छ र परमेश्वरले वचन दिनुहुन्छ कि तपाईंलाई उहाँले कहिल्यै छोड्नुहुन्न न कि त्याग्नु नै हुनेछ (रोमी ८:३८-३९; मत्ती २८:२०)। नबिर्सनुस्, तपाईंको मुक्ति येशू ख्रीष्टमा सुरक्षित छ (युहन्ना १०:२८-२९)। यदि तपाईंले येशूलाई मात्र आफ्नो मुक्तिदाताको रूपमा भरोसा गर्नहुन्छ भने अनन्तसम्म परमप्रभुको साथ स्वर्गमा बिताउन निर्धक्क हुन सक्नुहुन्छ!

२. बाइबलबाट सिकाउने असल मण्डलीको खोजी गर्नुहोस्।

मण्डलीलार्इ भवन हो भनेर नसोच्नुहोस्। मण्डली मानिसहरूको समूह हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरू एकअर्कासँग संगति गर्नु धेरै महत्वपूर्ण हुन्छ। यो नै मण्डलीको मुख्य उद्देश्य हो। अब तपाईंले आफ्नो विश्वास येशू ख्रीष्टमा राख्नुभएको कारण तपाईंको समुदायमा बाइबलमा पूर्ण विश्वास गर्ने मण्डली खोज्न र अगुवासँग कुराकानी गर्न हामी जोडले प्रोत्साहन गर्दछौँ। उहाँलाई येशू ख्रीष्टमा गर्नुभएको तपाईंको नयाँ विश्वासबारे बताउनुहोस्।

मण्डलीको दोश्रो उद्देश्य बाइबलबाट सिकाउनु हो। तपाईंले परमेश्वरले जीवनका लागि दिनुभएका शिक्षा कसरी अपनाउने भनेर सिक्न सक्नुहुन्छ। बाइबल राम्ररी बुझ्न सक्नु नै सफल र प्रभावशाली ख्रीष्टियन जीवनको मुख्य आधार हो। २ तिमोथी ३:१६-१७ ले भन्छ, “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।”

मण्डलीको तेश्रो उद्देश्य आराधना गर्नु हो। आराधना गर्नु भनेको परमेश्वरलाई सबै कुराको लागि धन्यवाद दिनु हो! परमेश्वरले हामीलाई बचाउनुभयो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले हाम्रो खाँचो पूरा गर्नुहुन्छ। परमेश्वरले हामीलाई डोर्याउनु र निर्देशन दिनुहुन्छ। उहाँलाई हामीले कसरी धन्यवाद नदिने? परमेश्वर पवित्र, धर्मी, प्रेमिलो, दयालु र अनुग्रहले पूर्ण हुनुहुन्छ। प्रकाश ४:११ घोषणा गर्दछ, “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो।”

३. हरेक दिन परमेश्वरसँग बिताउने समय छुट्याउनुहोस्।

हरेक दिन परमेश्वरसँग हाम्रो समय बिताउन अति आवश्यक छ। कसैले यसलार्इ “शान्त समय” भन्दछन्। कोही “आराधना गर्ने” भन्दछन् किनकि यो समय परमेश्वरको भक्तिमा हामी बिताउँछौँ। कसैले बिहानको समय छुट्याउने चाहना गर्दछन् भने कसैले बेलुकिको समय ठीक ठान्दछन्। यो समयलाई के भन्ने वा कहीले गर्ने भन्ने कुरा मुख्य होइन। तर तपाईं परमेश्वरसँग दिनका दिन समय बिताउनुको असर पक्कै हुन्छ। कुन घटनाहरूले परमेश्वरसँगको हाम्रो समय असल बनाउँछ?

(क) प्रार्थनाः साधारण शब्दमा प्रार्थना परमेश्वरसँग कुराकानी गर्नु हो। परमेश्वरसँग तपाईंको आफ्नो गुनासो र कठिनाइको बारेमा कुरा गर्नुहोस्। परमेश्वरसँग तपाईं विवेक र निर्देशन माग्नुहोस्। परमेश्वरसँग तपाईंका आवश्यकताहरूमा जुटाइदिन बिन्ती गर्नुहोस्। तपाईंले परमेश्वरलाई कति धेरै प्रेम गर्नुहुन्छ र उहाँले तपाईंलाई गरिरहनुभएका सबै चीजका लागि कति आभारी हुनुहुन्छ भनेर भन्नुहोस्। प्रार्थना यही हो।

(ख) बाइबल अध्ययनः मण्डलीमा, बाल संगति वा बाइबल अध्यन झुण्डमा - बाइबलबाट सिकाइनुका साथसाथै तपाईं आफैंले पनि बाइबल पढिरहनुहोस्। बाइबलमा तपाईंले जान्नुपर्ने सफल ख्रीष्टियन जीवनबारे सबै कुराहरू समावेश छन्। त्यसमा विवेकपूर्ण निश्चय कसरी गर्ने, परमेश्वरको इच्छा कसरी जान्ने, अरूलाई कसरी सेवकाई गर्ने र आत्मिक जीवनको कसरी वृध्दि गर्ने भन्ने बारेमा परमेश्वरको वचनमा शिक्षाहरू समावेश छन्। बाइबल हाम्रो लागि परमेश्वरको वचन हो। हाम्रो जीवन उहाँलाई खुसी पार्ने र आफैंलाई खुसी नपार्ने किसिमले कसरी जिउने भनी दिइएको बाइबल वास्तवमा परमेश्वरको निर्देशन पुस्तक हो।

४. आत्मिक जीवनमा सहायता गर्न सक्ने व्यक्तिहरूसँग सम्बन्धहरू विकास गर्नुहोस्।

१ कोरिन्थी १५:३३ ले हामीलाई भन्दछ, “भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।” बाइबलभरि हामीलाई “खराब” मानिसहरूको प्रभावबारे चेतावनी दिइएको छ। हामी पापमय गतिविधिमा लागेकाहरूसँग समय बिताउँछौँ भने ती गतिविधिको कारणले हामी पनि लोभिन्छौँ। हामीसँग बसेका व्यक्तिका लक्षणहरू हामीमा “सर्न जान्छ”। त्यसैले हामीलाई प्रभुमा प्रेम गर्ने र उहाँमा समर्पित जनहरूसँग हिंडडुल गर्नु अत्यावश्यक हुन्छ।

तपाईंको मण्डलीमा एक वा दुई जना साथी खोज्ने प्रयास गर्नुहोस्, जसले तपाईँलाई मद्दत गर्न वा प्रोत्साहन दिन सक्छन् (हिब्रू ३:१३; १०:२४)। तपाईंका साथीहरूलाई तपाईंको शान्त समय, गतिविधि र प्रभुसँगको हिंडाईको बारेमा लेखाजोखा राख्नुहोस् भनेर आग्रह गर्नुहोस्। तपाईंले पनि उहाँको लागि यसै प्रकारको चासो राख्न सक्नुहुन्छ कि भनेर सोध्नुहोस्।

यसरी तपाईंका सबै साथीहरू, जसले प्रभु येशूलाई मुक्तिदाता भनेर नचिनेकाहरुलाई गुमाउनुपर्दैन। उनीहरूलाई पनि साथ र माया दिन याद राख्नुहोस्। केवल यो बताउनुहोस् कि येशूले तपाईंको जीवन बद्लिदिनुभएको छ र तपाईंले पहिले गर्नुभएका चीजहरू सबै गर्न सक्नुहुन्न। तपाईंको साथीसँग येशूको बारेमा बताउने मौका दिनुहोस् भनेर परमेश्वरसँग बिन्ती गर्नुहोस्।

५. बप्तिस्मा लिनुहोस्

धेरै मानिसहरूमा बप्तिस्माको बारेमा गलत धरणा हुन्छ। “बप्तिस्मा” शब्दको अर्थ पानीमा डुब्नु हो। बप्तिस्मा बाइबलको एकमात्र पथ हो, जसले येशूमा गरेको नयाँ विश्वास र तपाईंले उहाँलाई पछ्याउन गरेको प्रतिबद्धता सार्वजनिक गर्दछ। यसरी पानीमा डुबाइनु भनेको येशूसँगै गाडिनु हो। पानीबाट बाहिर निस्कने क्रियाद्वारा ख्रीष्टको बौरिउठाइमा सहभागी बन्नु हो। बप्तिस्मा लिनु भनेको तपाईं येशूको मृत्यु, दफन र पुनरुत्थानमा एक हुनु हो (रोमी ६:३-४)।

बप्तिस्मा लिएर तपाईं बाँच्न सक्नुहुन्न। बप्तिस्माले तपाईंका पापहरू पखाल्न सक्दैन। बप्तिस्मा मुक्तिको लागि येशूमा मात्र भएको विश्वासको सार्वजनिक घोषणा हो। बप्तिस्मा यसकारण महत्वपूर्ण छ किनकि यो आज्ञापालनाको एक कदम हो- येशूमा गरेको विश्वास र उहाँमाथिको प्रतिबद्धता सार्वजनिक गराउने घोषणा। यदि तपाईं बप्तिस्माका लागि तयार हुनुहुन्छ भने पास्टर (अगुवा) सँग कुरा गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले आफ्नो विश्वास येशूमा राखेको छु ...अब के?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries