settings icon
share icon
प्रश्न

मैले यस्तो के गरु कि परमेश्वरले मेरो प्रार्थनाहरुको उत्तर दिउन?

उत्तर


धेरै मानिसहरुको विश्वास छ कि उत्तर प्राप्त प्रार्थना एउटा यस्तो प्रार्थना बिन्ती हो जसको उत्तर परमेश्वरको तर्फ दिइएको थियो। यदि प्रार्थनाको बिन्तीको उत्तर नदिएको भएता, यो बुझ्नु पर्ने हो कि यो एउटा "उत्तररहित प्रार्थना" हो। तर, यो प्रार्थनाको प्रति एक गलत बुझई हो। परमेश्वर प्रत्येक प्रार्थनाको उत्तर दिनु हुन्छ जुन उहाँको अघि आउद छ। धेरै पल्ट परमेश्वरको उत्तर "नाई" वा "प्रतीक्षा" गर मा हुन्छ। परमेश्वर केवल त्यति बेला हाम्रो प्रार्थनाहरुको उत्तर दिनेको प्रतिज्ञा गर्नु हुन्छ जब हामी उहाँको इच्छाको अनुसार माग्द छौ। "परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे ता पनि परमेश्वरले सुन्नु भनि हामी जान्दछौ भने, यो पनि जान्दछौ उहाँले हामीले जे मागेका छौ त्यो हामीलाई प्राप्त भएको छ" (1 यूहन्ना 5:14-15)।

यसको के अर्थ हो कि परमेश्वरको इच्छाको अनुसार प्रार्थना गर्नु? परमेश्वरको इच्छाको अनुसार प्रार्थना गर्नको अर्थ त्यी वस्तुहरुको लागि प्रार्थना गर्नु हो जसले परमेश्वलाई महिमा र सम्मान दिन्छ/वा त्यी कुराहरुको लागि प्रार्थना गर्नु जसले स्पष्टसँग हामीलाई प्रकट गर्छ कि परमेश्वरको हाम्रो लागि के इच्छा छ। यदि हामी कुनै पनि कुराको लागि प्रार्थना गर्छौ जसले परमेश्वरलाई सम्मान दिदैन वा हाम्रो जीवनमा परमेश्वरका इच्छा छैन भने, तब परमेश्वरले हामीलाई त्यो कुरा दिनुहुन्न जे पनि हामी माग्द छौ। हामीले कसरी थाहा गर्नु कि परमेश्वरको इच्छा के हो? परमेश्वरले हामीलाई बुद्धि दिने प्रतिज्ञा गर्नु भएको छ जब कि हामी यसको मांग गर्दछौ। याकूब 1:5 ले घोषणा गर्दछ कि, "तर यदि तिमीहरुमध्य कसैलाई बुद्धिको अभाव छ भने उदार-चितसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागो र त्यसलाई त्यो दिइनेछ।" आरम्भको लागि एउटा राम्रो स्थान 1 थेसलोनिकी 5:12-14 मा, जसले हाम्रो लागि परमेश्वरको धेरै इच्छाहरुको रूपरेखा दिन्छ। जति धेरै हामी परमेश्वरको वचनलाई बुझ्दछौ, त्यति नै धेरै हामी जान्दछौ कि हामीले के प्रार्थना गर्नुपर्ने हो (यूहन्ना 15:7)। जति धेरै हामी जान्दछौ कि कसको लागि प्रार्थना गर्नु पर्छ, त्यी नै धेरै परमेश्वर हाम्रो बिन्तीहरुको उत्तर "हुन्छ" मा दिनु हुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले यस्तो के गरु कि परमेश्वरले मेरो प्रार्थनाहरुको उत्तर दिउन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries