settings icon
share icon
प्रश्न

ख्रीष्टियनहरु को लागि गर्भ नियन्त्रण को उपयोग को बारेमा बाइबलले के भन्दछ? के ख्रीष्टियनहरुलाई गर्भ निरोधहरुको उपयोग गर्नु पर्छ?

उत्तर


मानिसलाई परमेश्वरले "फूलो-फलो र पृथ्वी भरि नै फैली जाओ" भनि अधिकार दिएको थियो (उत्पत्ति 1:28)। विवाहको स्थापना परमेश्वरले एउटा स्थाई वातावरणको लागि गर्नु भएको थियो जसमा बच्चाहरुलाई उत्पन्न गर्ने र उनीहरुलाई पालन पोषण गर्नु हो। दुर्भाग्यले, बच्चाहरुलाई आजको समय धेरै पल्ट एउटा फालतू वा एउटा बोझको रूपमा लिइन्छ। उनीहरु मानिसहरुको प्रगती र लक्ष्यहरुको प्राप्तिको मार्गहरुमा आउने र हाम्रो "जीवन शैलीलाई" सामाजिक रुपले समेटी दिन्छन। अक्सर, यसप्रकारको स्वार्थले गर्भ निरोधहरुको उपयोगलाई आधार बनाउद छ।

कोहि गर्भ निरोधहरुको उपयोगको लागि आत्म-कोन्द्रित स्वार्थको विपरीत, बाइबलले बच्चाहरुलाई परमेश्वरको तर्फ बाट एउटा उपहारको रूपमा प्रस्तुत गर्दछ (उत्पत्ति 4:1; उत्पत्ति 33:5)। बच्चा प्रभुले दिएको भाग हो (भजन संग्रह 127:3-5)। बच्चाहरु परमेश्वरको आशीष हुन (लूका 1:42)। बच्चाहरु बुढाहरुको शोभा हुन (हितोपदेश 17:6)। परमेश्वरले बांझहरुलाई बच्चाहरुको आशीष दिनु हुन्छ (भजन संग्रह 113:9; उत्पत्ति 21:1-3; 25:21-22; 30:1-2; 1 शमूएल 1:6-8; लूका 1:7, 24-25)। परमेश्वर बच्चाहरुलाई गर्भमा रच्नु हुन्छ (भजन संग्रह 139:13-16)। परमेश्वरले बच्चाहरुलाई उनीहरुको जन्म भन्दा पहिले नै जान्नुहुन्छ (यर्मिया 1:5; गलाती 1:15)।

उत्पत्ति अध्याय 38 मा गर्भ निरोधकहरुको उपयोगको विशेष रुपले निन्दा गर्नेको लागि सबै भन्दा निकट पाइने पवित्र शास्त्रको संदर्भ, जहाँ यहूदाको पुत्रहरु एर र ओनानलाई विवरण पढ़न पाउछौ। एरले एउटा स्त्री तामारलाई विवाह गरेको थिए, तर त्यो दुष्ट थियो र परमेश्वरले उनलाई मार दिनु भयो, जसले तामार बिना पति र बिना कुनै बच्चा रही, व्यवस्था 25:5-6 अनुसार लेवीहरुको विवाहको व्यवस्थाको अनुसार, ओनान आफ्नो विरासतलाई कुनै पनि अन्य पुत्रहरुसँग बाँटना चाहान्नु थिएन्न जसलाई भाईको बदलमा उत्पन्न गरोस,त्यसैले उसले गर्भ नियन्त्रणको सबै भन्दा पुरानो तरिका, अर्थात् वीर्यलाई भूमिमा खसाली नाश गर्ने उपयोग गरेको थिए। उत्पत्ति 38:10 भन्दछ कि, " यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।" ओनानको मंशा स्वार्थले भरीएको थियो: त्यसले तामारलाई आफ्नो आनन्दको प्राप्तिको लागि उपयोग गरे, तर आफ्नो मरेको भाईको लागि एउटा उत्तराधिकारीलाई उत्पन्न गर्नेको आफ्नो वैधानिक उत्तराधिकारलाई उयगोग गर्नेलाई इन्कार गरि दियो। यस संदर्भलाई अक्सर एउटा प्रमाणको लागि उपयोग गरिन्छ कि परमेश्वरले गर्भ नियन्त्रणको अनुमति दिनु हुन्न। तर, स्पष्ट रुपले यो गर्भ निरोधकलाई नै कार्य थियो जसको कारण परमेश्वरले ओनानलाई मारिदिनु भयो; यस कार्यको पछि ओनानको स्वार्थी उद्देश्य थियो।

बच्चाहरुलाई यसरी हेर्नु जसरी परमेश्वरले हेर्नु हुन्छ त्यो अति महत्वपूर्ण छ, न कि यसरी जसरी यो संसारले हामीलाई भन्दछ त्यस तरिकाले हेर्नु। यति भने पछि पनि, बाइबलले गर्भ नियन्त्रण को लागि मनाहि गरेको छैन। गर्भ निरोधक, आफ्नो परिभाषाको अनुसार नै, सन्तान उत्पत्तिको उल्टो हो। यो आफैमा गर्भ निरोधकको कार्य होइन जसले यो निर्धारित गर्दछ कि यो गलत हो वा सही। जस्तै हामीले ओनानको कहानीबाट सिकौ, यो गर्भ नियन्त्रणको त्यो उद्देश्य हो जसले यो निर्धारित गर्दछ कि यो गलत हो वा सही। यदि एउटा वैवाहिक जोडीले गर्भ निरोधहरुलाई उपयोग केवल आफ्नो नै आनन्द को लागि गरि रहेको छ, तब यो गलत हो। यदि एउटा जोडी गर्भ निरोधहरुलाई उपयोग अस्थाई रुपले बच्चा प्राप्तिलाई टाल्नको लागि गरि रहेको छ जब सम्म उनीहरु परिपक्व हुदैन्न र अधिक आर्थिक र आत्मिक रुपले तैयार हुदैन्न, तब कदाचित् केहि समयको लागि गर्भ निरोधहरुको उपयोग स्वीकार गर्न सकिन्छ। यो फेरी, सब कुरा उद्देश्यको माथि निर्धारित छ।

बाइबलले सदैव बच्चाहरुलाई राम्रो वस्तुको रूपमा प्रस्तुत गर्दछ। बाइबलले यो "अपेक्षा" गर्दछ कि एउटा पति र पत्नीको साथमा बच्चा हुनु पर्छ। बच्चाहरु नहुने अयोग्यतालाई पवित्र शास्त्रमा एउटा नराम्रो कुराको रूपमा प्रस्तुत गरिएको छ। बाइबलमा यस्तो कही पनि पाउन सकिदैन कि कसैले कुनै पनि बच्चा नहुने इच्छालाई व्यक्त गरेका छन। ठीक त्यही समय, बाइबलले यस्तो दलीललाई कहिँ पनि प्रस्तुत गरेको छैन कि एउटा सीमित समय सम्मको लागि गर्भ निरोधहरुलाई उपयोग स्पष्ट रुपले गलत हो। तापनि वैवाहिक जोडीलाई यस सम्बन्धमा परमेश्वरको इच्छाको खोजी गर्नु पर्दछ कि कहिले उनीहरु बच्चाहरुको प्राप्तिको लागि कोशिश गर्नु पर्दछ र उनीहरुको कति बच्चा हुनु पर्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियनहरु को लागि गर्भ नियन्त्रण को उपयोग को बारेमा बाइबलले के भन्दछ? के ख्रीष्टियनहरुलाई गर्भ निरोधहरुको उपयोग गर्नु पर्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries