settings icon
share icon
प्रश्न

नयाँजन्म पाएको ख्रीष्टियन भन्नुको अर्थ के हो?

उत्तर


नयाँजन्म पाएको ख्रीष्टियन भन्नुको अर्थ के हो? बाइबलबाट लिइएको एक उत्कृष्ट दृष्टान्तमा यस प्रश्नको उत्तर युहन्ना ३:१-२१ ले दिन्छ। यो कुरा प्रभु येशू ख्रीष्टले एक प्रमुख फरिसी र यहुदीहरूका महासभाका एक सदस्य निकोदेमसलार्इ भन्नुभयो । निकोदेमस राति येशूकहाँ आए र केही प्रश्न गरे?

येशूले निकोदेमससँग कुरा गरिरहँदा उहाँले भन्नुभयो, "‘साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँगरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।' 'निकोदेमसले उहाँलार्इ भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र?' ‘के त्यो आफ्नी आमाको कोखमा दोस्रो पटक पसेर जन्मन सक्छ र!' येशूले जवाफ दिनुभयो, 'साँच्चै म तिमीहरूलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, तर पवित्र आत्माबाट जन्मेको आत्मा हो।' मैले तिमीलाई नयाँगरी जन्मनुपर्छ भन्दा अचम्म नमान," त्यसैले तिमी नयाँगरी जन्मनुपर्छ"" (युहन्ना ३:३-७)।

"नयाँजन्म" भन्ने शब्दको अर्थ "माथिबाट जन्मनु हो।" निकोदेमसलाई यसको साँच्चै आवश्यकता थियो। पवित्र आत्माद्वारा उनले आफ्नो — हृदय परिवर्तन गर्नु आवश्यक थियो। नयाँजन्म परमेश्वरको यस्तो कार्य हो, जसले उहाँमाथि विश्वास गर्छ, उसलाई अन्नत जीवन दिइनेछ (२ कोरिन्थी ५:१७; तितस ३:५; पत्रुस १:३; १ युहन्ना २:२९; ३:९; ४:७; ५:१-४; १८)। युहन्ना १:१२, १३ ले संकेत गर्दछ कि येशूको नाउँमा विश्वास गरी “नयाँजन्म” लिएमा हामी परमेश्वरको सन्तान हुन्छौँ।

यहाँ तर्कपूर्ण प्रश्न आउन सक्छ, "मानिस नयाँ गरी किन जन्मनु आवश्यक छ?" प्रेरित पावलले एफिसी २:१ मा भनेका छन्, "तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।" उनले रोमीलाई लेख्छन्, "किनकी सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्" (रोमी ३:२३)। पापीहरू आत्मिक रूपमा "मरेका" हुन्छन्; जब तिनीहरूले येशू ख्रीष्टमा विश्वासद्वारा आत्मिक जीवन प्राप्त गर्छन्, बाइबलले यसलार्इ नयाँजन्म भन्छ, यदि कोही नयाँगरी जन्मिन्छ भने उसले पापको क्षमा पाउनेछ र परमेश्वरसँग सम्बन्धमा रहनेछ।

यो कसरी हुन सक्छ? एफिसी २:८ ले भन्छ, "किनभने अनुग्रहबाट, विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौँ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।" "जब कोही बचाइन्छ भने उ आत्मिक रूपमा नयाँ गरी जन्मेको हुन्छ र नयाँजन्मद्वारा परमेश्वरको छोरा-छोरी कहलाइन्छ। उहाँ क्रुसमा मर्नुभयो, सबै पापको मोल उहाँले तिर्नुभयो भनेर जसले येशूमा विश्वास राख्छ, "नयाँजन्म" भन्नुको अर्थ यही हो। "यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ!" (२ कोरिन्थी ५:१७)।

प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता भनी कहिल्यै विश्वास गर्नुभएको छैन भने के तपाईं पवित्र आत्मालाई स्वीकार गर्न तत्पर हुनुहुन्छ, उहाँले तपाईंको हृदयमा बोल्नुहुन्छ? तपाईं नयाँगरी जन्मनु अवाश्यक छ। के म आज ख्रीष्टमा नयाँ सृष्टि हुन चाहन्छु भनी यो प्रार्थना गर्नुहुन्छ? "तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलार्इ परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्" (युहन्ना १:१२-१३)।

यदि तपाईं प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्न र नयाँ गरी जन्मन चाहनुहुन्छ भने यहाँ प्रार्थनाको एउटा उदाहरण छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउन होः “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुद्धमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजायँ भोग्नुभयो, जसको म योग्य थिएँ, ताकि उहाँमा विश्वास गरेर मेरो पाप क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

नयाँजन्म पाएको ख्रीष्टियन भन्नुको अर्थ के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries