settings icon
share icon
प्रश्न

बाइबलले प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट/प्रेमालाप गर्नुको बारेमा के भन्दछ?

उत्तर


यद्यपि "प्रेमालाप" वा प्रणय निवेदन र प्रेम सम्बन्ध बनाउनको लागि "भेट-घाट" अर्थात् डेटिंग गर्ने शब्द बाइबलमा पाइदैन, हामीलाई केहि सिद्धांतहरु दिएको छ जसको अनुसार विश्वसीहरुलाई विवाह भन्दा पूर्व जीवन व्यतीत गर्न पर्छ। पहिलो हो यो कि हामी स्वयं यस संसारमा प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाटको विचारधारा देखि अलग हुनु पर्दछ किनकी परमेश्वरको मार्ग यस संसारको विरोधमा छ (2 पत्रुत 2:20)। जबकि यस संसारमा हुन सक्छ कि प्रेम सम्बन्ध बनाउनको लागि मानिसले धेरै भन्दा धेरै भेट-घाट गर्न चाहन्छन, महत्वपूर्ण कुरा कुनै पनि प्रतिज्ञालाई कुनै केटा वा केटीको साथ गर्नु भन्दा पहिला उसको चरित्रको खोजी गर्नु हो। हामीलाई यो थाहा हुनु पर्छ कि त्यो व्यक्ति ख्रीष्टको आत्मामा नयाँ जन्म प्राप्त गरेको छ वा छैन (यूहन्ना 3:3-8) र ऊ ख्रीष्ट जस्तै स्वरूपलाई पाउने इच्छा राख्छ वा राख्दैन (फिलिप्पी 2:5)। प्रेम सम्बन्धको लागि भेट-घाट वा प्रेमालापको अन्तिम लक्ष्य एउटा जीवन साथीको खोजी गर्नु हो। बाइबलले हामीलाई यो भन्दाछ कि, मसीह विश्वासी हुनुको नाताले, हामीले कुनै अविश्वासीलाई विवाह गर्नु हुदैन (2 कोरिन्थी 6:14-15) किनकी यसले ख्रीष्टको साथ हाम्रो सम्बन्धहरुलाई कमजोर र हाम्रो नैतिकताहरु र आदर्शहरुको साथ समझौता गर्छ।

जब कोई एक समर्पित सम्बन्धमा हुन्छ, चाहे त्यो प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट वा प्रेमालाप नै किन नहोस्, सबै कुरा भन्दा माथि प्रभुलाई प्रेम गर्न स्मरण राख्नु महत्वपूर्ण कुरा हो (मत्ती 10:37)। यो भन्न र विश्वास गर्न कि अन्य व्यक्ति नै "सबै थोक" हो वा कसैको जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा मूर्ति पूजा हो, जो कि पाप हो (गलाती 5:20; कलस्सी 3:5)। यसको अतिरिक्त, हाम्रो शरीरलाई विवाह पूर्व यौनमा सम्मिलित भएर अशुद्ध गर्नु हुदैन (1 कोरिन्थी 6:9, 13; 2 तीमुथी 2:22)। यौन अनैतिकता न केवल परमेश्वरको विरूद्ध पाप हो तर हाम्रो आफ्नो शरीरहरुको विरूद्ध पनि पाप हो (1 कोरिन्थी 6:18)। जसरी हामी स्वयंलाई प्रेम गर्छौँ त्यसै गरि अन्यहरुलाई प्रेम र आदर दिन महत्वपूर्ण छ (रोमी 12:9-10), र यो प्रेमालाप वा प्रणय निवेदन वा प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट अर्थात् डेटिंग गर्न निश्चित रूपमा सत्य हो। चाहे हामी प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट गरौं वा प्रेमालाप नै किन नगरौं, बाइबल आधारित यी सिद्धान्तहरुको अनुसरण एक विवाहको लागि सुरक्षित नींवलाई पाउन सबै भन्दा उत्तम तरीका हो। यो हाम्रो जीवनमा अहिले सम्म गरिएको सबै भन्दा महत्वपूर्ण निर्णयहरु मध्य एक हो, किनकी जब दुईजना विवाह गर्छन, तब एक अर्कासँग मिल्छन र एउटा यस्तो सम्बन्धमा एक तन हुन्छन् जसलाई परमेश्वरले स्थाई र न टूटने इरादाले बनाउन भएको हो (उत्पत्ति 2:24; मत्ती 19:5)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट/प्रेमालाप गर्नुको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries