settings icon
share icon
प्रश्न

बाइबलले सम्बन्धविच्छेद र पुनर्विवाहको सम्बन्धमा के भन्दछ?

उत्तर


सर्वप्रथम, केहि छैन सम्बन्धविच्छेदको विषयमा कसैले कुनै पनि किसिमको सोच लिए तापनि, मलाकी २:१६ पद स्मरण गर्न महत्वपूर्ण छ जहाँ लेखिएको छ, “सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु,” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। बाइबल अनुसार, विवाह एक जीवनभरको समर्पणता हो। “ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टयओस्” (मत्ती १९:६)। परमेश्वरले महसुस गर्नुहुन्छ, तथापि, एउटा विवाहमा दुई जना पापी मानिसहरु सम्लग्न हुने भएको कारण, सम्बन्धविच्छेद हुने वाला नै थियो। पुरानो करारमा, परमेश्वरले सम्बन्धविच्छेदको अधिकारलाई रक्षा गर्न केहि व्यवस्थाहरु निमार्ण गर्नु भयो, विशेषगरी स्त्रीको सम्बन्धमा (व्यवस्था २४:१-४)। येशूले बताउनुहुन्छ कि यी व्यवस्थाहरु मानिसहरुको हृदयको कठोरताले गर्दा नै दिएका थिए परमेश्वरको इच्छा भएको कारणले होइन (मत्ती १९:८)।

बाइबल अनुसार सम्बन्धविच्छेद र पुनर्विवाह छुट गरिएको छ कि छैन भन्ने बहस येशुले मत्ती ५:३२ र १९:९ पदमा भन्नु भएको वचनको वरिपरि मुख्य परिक्रमा गर्दछ। “व्यभिचारको कारण बाहेक” भन्ने वाक्यंश मात्र धर्मशास्त्रमा भएको कुरा हो जसले सम्बन्धबिच्छेद र पुनर्विवाहको निम्ति परमेश्वरको अनुमति प्रदान गर्दछ। धेरै दोभाषेहरुले यो “अपवाद उपवाक्यलाई” विवाह निम्ति वचनवद्ध हुने” समयावधिको बेला हुने “व्यभिचार” लाई नै संकेत गरिरहे झै बुझ्दछन्।

यद्यपि, यूनानी शब्दमा उल्था गरिएको “वैवाहिक बैमानी” एउटा यस्तो शब्द हो जसले व्यभिचार अथवा यौन अनैतिकताको कुनै पनि रुपको अर्थ दिन्छ। यसको अर्थ परस्त्रीगमन वा परपुरुषगमन, वेश्यावृत्ति, व्यभिचार, आदिको हुन्छ। येशुले शायद व्यभिचार गरिएको खण्डमा वैवाहिक सम्बन्धविच्छेद गर्न मिल्छ भनी भनीरहेको हुन सक्छ। यौन सम्बन्ध वैवाहिक बन्धनको एउटा अभिन्न भाग हो: “तिनीहरु एउटै शरीर हुन्छन्” (उत्पत्ति २:२४; मत्ती १९:५; एफिसी ५:३१)। यसकारण, विवाह बाहिर हुने यौन सम्बन्धद्वारा विवाह बन्धन तोडिने हुदा यसलाई सम्बन्धविच्छेदको निम्ति अनुमतिको कारणको रुपमा लिएको हुन सक्छ। यदि यस्तो हो भने, यो खण्डमा येशूको सोचाइमा पुनर्विवाहको कुरा पनि छ। “अर्कासँग विवाह” (मत्ती १९:९) भनले वाक्यांश सम्बन्धविच्छेद र पुनर्विवाहलाई अपवाद उपवाक्यको एक उदाहरणमा अनुमति दिएका छन् भन्ने संकेत गर्दछ, जसरी यसलाई उल्था गरेता पनि। निर्दोष पक्षलाई मात्र पुनर्विवाह गर्न अनुपति दिएको छ भन्ने कुरालाई ध्यान दिनु महत्वपूर्ण हुन्छ। यो खण्डमा उल्लेखित नभएता पनि, सम्बन्धविच्छेद पश्चात जसको विरुद्ध पाप गरिएको छ उसको वा उनीको निम्ति पुनर्विवाहको अनुमति परमेश्वरको कृपा हो, तर यो व्यभिचार गर्नेको निम्ति चाहिँ होइन। “देाषी पक्ष” लाई पुनर्विवाह गर्न अनुमति दिएको उदाहरणहरु हुन सक्छ, तर यस किसिमको धारणा चाहिँ यस खण्डमा सिकाईएको छैन।

कसैले पुनर्विवाहलाई अनुमति दिने अर्को एउटा “अपवाद” को रुपमा १ कोरिन्थी ७:१५ पदलाई बुझाऊँदछ यदि अविश्वासीले विश्वासी पति वा पत्नीलाई सम्बन्धविच्छेद दिन्छ भने। यद्यपि, यस सन्दर्भले पुनर्विवाह नै भनेर उल्लेख गर्दैन तर यो मात्र भन्दछ कि यदि एउटा अविश्वासी पति वा पत्नीले छोड्न चाहन्छ भने एउटा विश्वासी पति वा पत्नी विवाहको सम्बन्धमा रही रहन मजबूर छैन। अरुले दाबी गर्दछन् कि दुरुपयोग वा व्यभिचारी (पति, पत्नी वा बालक) नै सम्बन्धविच्छेद को निम्ति मान्य कारण हुन् यद्यपि यो यस्तो भनेर बाइबलले उल्लेख गर्दैन। यो धेरै राम्रो मामला हुन सक्ला तर परमेश्वरको वचनलाई अनुचित फाइदा उठाउनु कहिले पनि बुद्धिमानी हुदैन।

अपवाद उपवाक्य माथिको बहसमा कहिले काहिँ हारेको तथ्य नै हो कि “वैवाहिक बैमानि वा व्यभिचार” को अर्थ जेसुकै भएता पनि, यो एक सम्बन्धविच्छेदको निम्ति छुट हो, यो सम्बन्धविच्छेदको निम्ति चाहिने कुरा चाहिँ होइन। व्यभिचार नै गरेको भएता पनि, एक दम्पत्तिले, परमेश्वरको अनुग्रहद्वारा, क्षमा दिन र तिनीहरुको विवाहलाई पुन निर्माण गर्न सक्छन्। निश्चय पनि हामीले उहाँको उदाहरणलाई पछ्याउन सक्छौँ र व्यभिचारको पापलाई पनि क्षमा गर्न सक्छौँ (एफिसी ४:३२)। यद्यपि, धेरै उदाहरणहरुमा, एउटा पति वा पत्नीले पश्चताप नगरेर निरन्तर व्यभिचारमा नै लागिरहेका छन्। त्यहाँ चाहिँ मत्ती १९:९ पद प्रयोग भएको हुन सक्छ। धेरैले सम्बन्धविच्छेद पश्चात एकदमै छिटो फेरि विवाह गर्न पनि खोज्छन् जब कि परमेश्वरले तिनीहरुलाई विवाह नगरि बसेको चाहनु भएको हुनसक्छ। परमेश्वरले कहिलेकाहिँ कसैलाई एक्लो रहन बोलाउनु हुन्छ ताकि उसको मन दुइपट्टि नलागेको होस् (१ कोरिन्थी ७:३२-३५)। पुनर्विवाह कुनै-कुनै परिस्थितिमा सम्बन्धविच्छेद पछि एउटा विकल्प हुन सक्छ, तर यसको मतलब यो होइन कि यो एउटै मात्र विकल्प हो।

यो विश्वास नलाग्ने कुरो हो कि संसारमा विश्वासहिरुको सम्बन्धविच्छेदको दर अन्यजाति जति नै रहेको छ। बाइबलले यो स्पष्ट पार्नु भएको छ कि परमेश्वरले सम्बन्धविच्छेदलाई घृणा गर्नुहुन्छ (मलाकी २:१६) र पुनमिलाप र क्षमा चाहिँ विश्वासीहरुको जीवनको लक्ष्यहरु हुनु पर्दछ (लुका ११:४; एफिसी ४:३२)। तापनि, परमेश्वरलाई सम्बन्धविच्छेदको जस्ता घटनाहरु घट्ने छन् भन्ने थाहा छ, उहाँका जनहरुको माझमा पनि। एउटा सम्बन्धविच्छेद भएको विश्वासी वा पुनर्विवाह गर्ने विश्वासीले परमेश्वरबाट थोरै प्रेम पाएको महशुश गर्नु हुदैन, यदि तिनीहरुको सम्बन्धविच्छेद वा पुनर्विवाह मत्ती १९:९ पदको ग्रहण गर्न सकिने अपवाद उपवाक्य अन्तगत नआए तापनि। परमेश्वरले प्रायः विश्वासीहरुको पापपूर्ण अनाज्ञाकारितालाई पनि ठूलो भलाई गर्न प्रयोग गर्नुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले सम्बन्धविच्छेद र पुनर्विवाहको सम्बन्धमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries