settings icon
share icon
प्रश्न

अन्तिम समयका अगमवाणी अनुसार के हुन गइरहेको छ?

उत्तर


बाइबलले अन्तिम समयका विषयमा धेरै कुरा भनेको छ। बाइबलका हरेकजसो पुस्तकहरुमा अन्तिम समयको सम्बन्धमा अगमवाणी रहेको छ। यस्ता सबै अगमवाणीहरुलाई लिएर तिनीहरुलाई संगठित गर्नुचाहिँ कठीन हुन सक्दछ। निम्नलिखित कुराहरुचाहिँ बाइबलले अन्तिम समयमा के हुनेछ भनेर घोषणा गरेका कुराको एउटा एकदमै संक्षिप्त विवरण हो।

र्याप्चर भनिने एउटा घटनामा ख्रीष्टले सबै नयाँ जन्म पाएका विश्वासीहरुलाई पृथ्वीबाट हटाउनु हुनेछ (१थेसलोनिकी ४:१३-१८; १कोरिन्थी १५:५१-५४)। ख्रीष्टको न्याय-आसनमा, यी विश्वासीहरुलाई पृथ्वीमा तिनीहरुको समयको अवधीमा असल कामहरु र विश्वासनीय सेवाका लागि इनाम दिइनेछ अथवा इनाम गुमाउनेछ, तर सेवाको कमी र अनाज्ञाकारीताको कारण अनन्त जीवन भने होइन (१कोरिन्थी ३:११-१५; २कोरिन्थी ५:१०)।

एन्टिक्राईष्ट (पशु) शक्तिमा आउनेछ र सात वर्षको लागि इस्राएलसँग एउटा करारमा हस्ताक्षर गर्नेछ (दानिएल ९:२७)। यस सातवर्षे समयको अवधीलाई “संकष्टकाल” को रुपमा जानिन्छ। संकष्टकालको अवधीमा, त्यहाँ डरलाग्दो लडाईंहरु, अनिकालहरु, महामारीहरु र प्राकृतिक प्रकोपहरु हुनेछन्। परमेश्वरले पाप, दुष्ट र दुष्टताको विरुद्धमा उहाँको क्रोध खन्याउनुहुनेछ। संकष्टकालमा विध्वाँस गर्ने चारजना घोरसवारहरुको प्रकटीकरण, सातओटा मोहोर, तुरही र इन्साफका कचौरा समावेश हुनेछन्।

सात वर्षको लगभग आधा सयममा, एन्टिक्राईष्टले इस्राएलसँग गरेको शान्ति सम्झौतालाई भंग गर्नेछ र यसको विरुद्धमा युद्ध गर्नेछ। एन्टिक्राईष्टले “उजाड-स्थानमा घृणित थोकहरु” खडा गराउनेछ र यरुशलेमको मन्दिरमा पूजा गरिनको लागि आफ्नै आकृतिलाई स्थापित गर्नेछ (दानिएल ९:२७; २थेसलोनिकी २:३-१०) जसको पुननिर्माण भएको हुनेछ। संकष्टकालको दोस्रो अर्ध भागलाई “महा-संकष्टकाल” (प्रकाश ७:१४) र “याकूबको कष्टको समय” (यर्मिया ३०:७) भनिन्छ।

सातवर्षे संकष्टकालको अन्तमा, एन्टिक्राईष्टले आर-मागेड्डोनको युद्धमा पराकाष्ठमा पुग्दै यरुशलेममाथि अन्तिम आक्रामण गर्नेछ। येशू ख्रीष्ट फर्कनुहुनेछ, एन्टिक्राईष्ट र त्यस्का सेनाहरुलाई नष्ट गर्नुहुनेछ र तिनीहरुलाई आगोको कुण्डमा फालिदिनुहुनेछ (प्रकाश १९:११-२१)। त्यसपछि ख्रीष्टले शैतानलाई पातालमा १००० वर्षसम्मको लागि बाँध्नुहुनेछ र उहाँले यस हजार वर्षको अवधीमा आफ्नो संसारिक राज्यलाई शासन गर्नुहुनेछ (प्रकाश २०:१-६)।

हजार वर्षको अन्त्यमा, शैतानलाई छोडिनेछ, फेरि परास्त गरिनेछ, र त्यसपछि सदाकालको लागि आगोको कुण्डमा फ्याँकिनेछ (प्रकाश २०:७-१०)। त्यसपछि ख्रीष्टले ठूलो सेतो सिंहासनमा सबै अविश्वासीहरुको इन्साफ गर्दै तिनीहरुलाई आगोको कुण्डमा फ्याँकिदिनुहुनेछ (प्रकाश २०:१०-१५)। त्यसपछि नयाँ आकाश र नयाँ पृथ्वी र नयाँ यरुशलेमको प्रारम्भ गर्नुहुनेछ— जुनचाहिँ विश्वासीहरुको अनन्त वासस्थान हो। त्यहाँ कुनै पाप, दुख अथवा मृत्यु हुनेछैन (प्रकाश २१-२२)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अन्तिम समयका अगमवाणी अनुसार के हुन गइरहेको छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries