settings icon
share icon
प्रश्न

मैले कसरी मेरो मित्र र परिवारको सदस्यलाई बिना कुनै ठेस पुराई वा अपमानजनक तरीकाले सुसमाचार प्रचार गर्न सक्छु ?

उत्तर


कुनै समयमा, प्रत्येक मसीह विश्वासीको परिवारमा यस्तो सदस्य, मित्र, सहकर्मी, वा परिचित हुन्छन जो कि मसीह विश्वासी हुदैन्न। अरुको साथ सुसमाचारलाई साझा गर्न कठिन हुन सक्छ, र यो अझै बढी मुश्किल हुन्छ जब यसले कसै यस्तो व्यक्तिलाई सम्मिलित गर्छ जोसँग आफ्नो गहिरो भावनात्मक संबंध हुन्छ। बाइबलले हामीलाई यो बताउदछ कि कोहि मनिस सुसमाचार (लूका 12:51-53) सुनेर रिसाउद छन्। जब कि, हामीलाई सुसमाचार बाड्न को आदेश दिइएको छ, र यस्तो नगर्नको लागि कुनै बहाना छैन (मत्ती 28:19-20; प्रेरित 1:8; 1 पत्रुस 3:15)।

त्यसै कारण, हामीले कसरी आफ्नो परिवारको सदस्यहरु, मित्रहरु, सहकर्मिहरु र परिचितहरुलाई सुसमाचारको प्रचार गर्न सक्छौ? सब भन्दा महत्वपूर्ण कुरा जुन हामी गर्न सक्छौ त्यो यो हो कि हामीहरुले उनीहरुको लागि प्रार्थना गर्न सक्छौ। प्रार्थनाले उनीहरुको हृदयलाई परिवर्तित गरि दिन्छ सुसमाचारको सत्यताको लागि उनीहरुको आँखा (2 कोरन्थी 4:4) लाई खोलि दिन्छ। प्रार्थनाद्वारा परमेश्वर उनीहरुको लागि आफ्नो प्रेमलाई र येशू ख्रीष्टद्वारा मुक्तिको आवश्यकतालाई बुझ्न सक्दछन (यूहन्ना 3:16)। बुद्धिको लागि प्रार्थना गर्नुहोस् जब पनि तपाईं उनीहरुलाई सुमसाचार सुनाउने सेवा गर्नुहुन्छ (याकूब 1:5)।

हामीले सुसमाचारलाई वास्तविक रूपबाट बाड्नुमा इच्छित र साहसी हुनु पर्छ।येशू ख्रीष्टद्वारा उद्धारको संदेशलाई आफ्नो मित्रहरु र परिवारको सदस्यहरुलाई सुनाउनु पर्छ (रोमी 10:9-10)। सदैव आफ्नो विश्वासलाई बाड्नुको लागि (1 पत्रुस 3:15), नम्रता र सम्मानको साथमा तैयार रहौं। व्यक्तिगत सुसमाचार बाड्नुको लागि त्यहाँ कुनै विकल्प छैन: त्यसैले सुसमाचार सुने पछि विश्वास आउदछ, अनि यदि कसैले मानिसलाई ख्रीष्टको विषयमा बताए, तिनीहरुले सुसमाचार सुन्ने छन्(रोमी 10:17)।

प्रार्थना गर्नुको अतिरिक्त, हामीलाई उनीहरुको सामने धार्मिक मसीह जीवनलाई यापन गर्नु पर्छ, ता कि उनिहरुले त्यी परिवर्तनलाई देख्न सकुन जसलाई परमेश्वर हाम्रो स्वयंको जीवनमा ल्याउनु हुन्छ (1 पत्रुस 3:1-2)। अन्त्यमा हामीहरुले हाम्रो प्रिय जनको उद्धार परमेश्वर माथि छोड्नु पर्छ। यो केवल परमेश्वरको शक्तिन वा अनुग्रह हो जसले मनिसहरुलाई बचाउन सक्छ, हाम्रो आफ्नो प्रयासदवारा होइन। हामीहरुले उनीहरुको लागि गर्न सक्ने असल काम यही हो कि हामी उनीहरुको लागि प्रार्थना गर्न सक्छौ, उनीहरुको गवाही हेर्न सक्छौ र एउटा असल ख्रीष्टियन जीवन जिउन सक्छौ। त्यो परमेश्वर हो जसले बढाउनु हुन्छ (1 कोरन्थी 3:6)।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले कसरी मेरो मित्र र परिवारको सदस्यलाई बिना कुनै ठेस पुराई वा अपमानजनक तरीकाले सुसमाचार प्रचार गर्न सक्छु ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries