settings icon
share icon
प्रश्न

मसीह उपवास – यसको बारेमा बाइबलले के भन्छ?

उत्तर


पवित्र धर्मशास्त्रले विश्वासीहरुलाई उपवास राख्नको लागि आदेश दिदैन। परमेश्वरलाई यसको आवश्यकता छैन वा उहाँ मसीहहरुसँग यस कुराको मांग गर्दैन। ठीक यसै समय, बाइबलले उपवास गर्नेलाई यस्तो प्रस्तुत गर्छ कि यस्तो गर्न राम्रो र लाभदायक हो।प्रेरितको पुस्तकमा यो विवरण मिल्छ कि धेरै नै महत्वपूर्ण निर्णय लिनु भन्दा पहिले विश्वासिहरुले उपवास गरे (प्रेरित 13:2,14:23)। उपवास र प्रार्थना अक्सर एकै साथमा जोडिएको छ (लूका 2:37; 5:33)। धेरै जस्तो, उपवासको ध्यान भोजनको कमीमा हुन्छ। बरु, उपवासको उद्देश्य आफ्नो आँखालाई यस संसारको वस्तुहरुबाट हटाएर आफुलाई पूर्ण तरिकाले परमेश्वरको तर्फ ध्यान लगाउनु हो। उपवास परमेश्वर र स्वयंलाई यो प्रदर्शित गर्ने एउटा तरिका हो कि हामी उहाँको साथ हाम्रो सम्बन्धको लागि गंभीर छौ। उपवासले हामीलाई एउटा नयाँ दृष्टिकोण र परमेश्वरको माथि निर्भरतालाई प्राप्त गर्नको लागि सहायता गर्दछ।

जब कि पवित्र धर्मशास्त्रमा उपवास लगभग भोजनदेखि टाढा रहनु हो भनि बताएको छ, तर उपवास गर्ने अन्य तरीका पनि छन्।कुनै पनि कुरा अस्थायी रूपमा छोडने ताकि हाम्रो ध्यान परमेश्वरमा मात्र केन्द्रित रहोस त्यसलाई उपवास मान्न सकिन्छ (1 कोरन्थी 7:1-5)। उपवास एउटा निर्धारित समयसम्म मात्र सीमित हुनु पर्दछ, विशेषगरि जब भोजनको उपवास गरिन्छ। भोजन नगरि एउटा लामो समयसम्म रहन शरीरको लागि हानिकारक हुन सक्छ। उपवासको उद्देश्य शरीरलाई दण्डित गर्नु होइन, तर परमेश्वरको तर्फ पुन: ध्यान लगाउनु हो। उपवासलाई "परहेजको एउटा" तरीका पनि समझनु हुदैन। बाइबल आधारित उपवासको उद्देश्य वजन घटाउनु होइन, तर यसको अपेक्षा परमेश्वरको गहिरो संगतिलाई प्राप्त गर्नु हो। कुनै पनि व्यक्तिले उपवास गर्न सक्छ, तर केहि मानिसहरु भोजनको उपवास राख्न का योग्य हुदैन (उदाहरणको लागि मधुमेहले पीड़ित)। कोहि पनि अस्थाई रूपले जे पनि परमेश्वरको निकटतामा आउनुको लागि छोड़न सक्छ।

यस संसारको वस्तुहरुबाट आफ्नो आँखाहरुलाई हटाएर, हामी अधिक सफलतासँग मसीहको माथि हाम्रो ध्यान लगाउन सक्छौँ। उपवास त्यो तरीका होइन जसमा हामीले जे पनि चाहन्छौं त्यसको लागि परमेश्वरलाई मजबूर गरौ। उपवासले हामीलाई परिवर्तित गर्दछ, न कि परमेश्वरलाई। उपवास अन्यहरुको सामने अधिक आत्मिक हुनुलाई देखाउने तरीका होइन। उपवासलाई नम्रताको आत्मा र आनन्दले भरिएको व्यवहारको साथमा गर्नु पर्दछ। मत्ती 6:16-18 घोषणा गर्दछ कि, "जब तिमीहरु उपवास बस्तछौ, तब पाखण्डीहरुजस्ता उदासी चेहरा नदेखाओ। किनकी मानिसहरुलाई उपवास बसेका देखाउनलाई तिनीहरु आफ्ना मोहड़ा अँध्यारा पार्छन। साँच्चै, म तिमीहरुलाई भन्दछु, तिनीहरुले आफ्ना इनाम पाइसकेका छन्। तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। र तिम्रो उपवास मानिसहरुले होइन, तर गुप्तमा हुनुहुने, तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मसीह उपवास – यसको बारेमा बाइबलले के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries