settings icon
share icon
प्रश्न

मैले मेरो विरुद्ध अपराध गर्नेलाई कसरी क्षमा गर्न सक्छु?

उत्तर


हरेक कोहीसँग गलत भएको छ, उनीहरुलाई चोट पुगेको छ, र केहि स्थानमा उहाँको विरूद्धमा अपराध गरेका छौ। ख्रीष्ट विश्वसिहरुलाई यस्तो समय कस्तो प्रतिक्रिया दिनु पर्छ जब उनीहरुलाई ठेस लाग्छ? बाइबलको अनुसार, हामीले क्षमा गर्नु पर्छ। एफिसी 4:32 घोषणा गर्दछ कि, "जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरुलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरु एउटा अर्काप्रति कोमल मनका र दयालु होओ।" यसै प्रकारले, कलस्सी 3:13 घोषणा गर्दछ कि, "एउटाले अर्कालाई रहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरुलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरुले पनि क्षमा गर्नुपर्छ।" पवित्र शास्त्रको यी दुई वचनहरुमा मुख्य कुरा यो हो कि हामीले ठीक यस्तै गरि अरुलाई क्षमा गर्नु पर्छ जसरी परमेश्वरले हामीलाई क्षमा गर्नु भयो। हामीलाई किन क्षमा गर्नु पर्छ? किनकी हामीलाई पनि क्षमा गरियो!

क्षमा सरल हुन सक्छ यदि यसलाई हामीले केवेल त्यी व्यक्तिलाई प्रदान गर्नु पर्यो जो यसको लागि पश्चाताप र दुखको साथमा माग्न आउछन। बाइबलले हामीलाई यो बताउदछ कि हामीले बिना कुनै शर्तमा उनीहरुलाई क्षमा गर्नु पर्छ, जसले हाम्रो विरूद्धमा अपराध गरेका छन्। कुनै एउटा व्यक्तिलाई साचो रुपमा क्षमा प्रदान गर्न देखि इन्कार गर्नुले रिस, तितोपन र क्रोधलाई प्रदर्शित गर्दछ,जुन एउटा साचो ख्रिष्टमा विश्वासीको गुण होइन। प्रभुको प्रार्थना मा, हामीले परमेश्वरसँग प्रार्थना गर्दछौ कि उहाँले हाम्रो पापहरुलाई क्षमा गरिदिनु होस, ठीक यस्तै गरि नै हामिले पनि हाम्रो विरूद्धमा पाप गर्नेहरुलाई क्षमा गर्नु पर्छ (मत्ती 6:12)। येशूले मत्ती 6:14-15 मा यस्तो भन्नुभयो कि, "किनकि तिमीहरुले मानिसहरुका अपराध क्षमा गर्यौ भने तिमीहरुका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरुलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरुले मानिसहरुका अपराध क्षमा गरेनौ भने पिताले तिमीहरुका अपराध क्षमा गर्नु हुनेछैन। परमेश्वरको क्षमाको बारे पवित्र शास्त्रमा अन्य वचनहरुको बारेमा यसरी प्रकाश गरेको छ, मत्ती 6:14-15 यस्तो भनिएको छ कि जसले अन्यलाई क्षमा गर्न इन्कार गर्नछन उनीहरुले साँचो रुपमा स्वयंको जीवनमा परमेश्वरको क्षमाको अनुभव गरेको हुदैन्न।

जब पनि हामी परमेश्वरको आदेशहरु प्रति अनाज्ञाकारी हुन्छौ हामीले उहाँको विरूद्ध पाप गर्छौ। जब पनि हामी कुनै एउटा व्यक्तिको साथमा गलत गर्छौ, हामीले न केवल त्यस व्यक्तिको विरूद्ध अपराध गर्छौ, साथमा परमेश्वरको विरूद्ध पनि। जब हामी कुनै सीमामा परमेश्वरले हाम्रो सबै अपराधहरुलाई क्षमा गर्नु हुन्छ त्यसमा ध्यान ल्याउछौ, तब हामीले यो पाउछौ कि हाम्रो साथमा यस अनुग्रहलाई अरुदेखी वंचित गर्ने कुनै अधिकार छैन।हामीले परमेश्वरको विरूद्ध कुनै पनि व्यक्तिद्वारा हाम्रो विरुद्धमा गरेको अपराधको तुलनामा असीमित रूपमा पाप गरेका छौ। यदि परमेश्वरले हामीलाई यति धेरै पटक क्षमा गर्न सक्नु हुन्छ भने, तब हामीले पनि कुनै न कुनै प्रकारले अरुले गरेको गल्तीलाई क्षमा गर्न सक्छौ? येशूले मत्ती 18:23-35 मा दिएको दृष्टान्तमा यस सत्यको एउटा सशक्त चित्रण गरिएको छ। परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि जबहामी उहाँसँग क्षमा माग्नको लागि आउछौ, तब त यो उहाँले सितैमा प्रदान गर्नु हुन्छ (1 यूहन्ना 1:9)। जुन क्षमालाई हामीले प्रदान गर्नु पर्छ त्यसको कुनै सीमा हुनु हुदैन, ठीक त्यसै गरि परमेश्वरको क्षमा असीमित छ (लूका 17:3-4)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले मेरो विरुद्ध अपराध गर्नेलाई कसरी क्षमा गर्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries