settings icon
share icon
प्रश्न

के नरक वास्तविक हो? के नरक अनन्तकालको लागि हो?

उत्तर


यो एउटा चासो लाग्दो कुरा हो कि मानिसहरुले धेरै उच्च प्रतिशतमा स्वर्गको अस्तित्वमा भन्दा धेरै नरकको अस्तित्वमा विश्वास गर्दछन्। यद्यपि, बाइबल अनुसार, नरक तेतिनै वास्तविक छ जति नै स्वर्ग। बाइबलले सफा र स्पष्ट रूपले शिक्षा दिन्छ कि नरक एउटा यस्तो वास्तविक स्थान हो जहाँ मृत्यु पश्चात् दुष्ट/अविश्वासीहरुलाई पठाइन्छ। हामी सबैले परमेश्वरको विरूद्धमा पाप गरेका छौँ (रोमी 3:23)। पापको लागि न्यायले भरिएको दण्ड मृत्यु हो (रोमी 6:23)। किनकी हाम्रो सबै पाप आखिरकार परमेश्वरको विरूद्धमा छ, र किनकी परमेश्वर असीमित र अनन्तकालको प्राणी हुन्, त्यसैले पापको दण्ड, मृत्युलाई पनि असीमित र अनन्तकालको हुनु पर्दछ। नरक असीमित र अनन्तकालको मृत्यु हो जसलाई हामीले हाम्रो पापको कारणले कमाएका हौँ।

दुष्टको लागि दण्ड नरकको मृत्यु हो जसलाई पुरै पवित्र शास्त्रमा "अनन्तकालको आगो" (मत्ती 25:41), "न निभ्ने आग” (मत्ती 3:12), "केहि अनन्त जीवनको लागि र अरुहरु चाहिँ शर्म र अनन्त तिरस्कारको लागि" (दानिएल 12:2), एउटा यस्तो स्थान "जहाँ न त आगो नै निभ्द छ" (मर्कूस 9:44-49), एउटा "विलाप" र "आगो" को स्थान (लूका 16:23-24), "अनन्त विनाश" (2 थेसलोनिकी 1:9), एउटा यस्तो यातनाको स्थान जहाँ "धुआँ सदासर्वदा मास्तिर गइ रहनेछ" (प्रकाश 14:10-11), र "गन्धकको कुण्ड" जहाँ निर दुष्ट "रात र दिन सदासर्वदा यातना भोग्ने छन्" को रूपमा वर्णन गरिएको छ (प्रकाश 20:10)।

नरकमा दुष्टको लागि दिएको दण्ड कहिल्यै पनि समाप्त हुने छैन ठीक त्यसै गरि जसरी स्वर्गमा धर्मिहरुको लागि आनन्द छ। येशू स्वयंले संकेत दिनु हुन्छ कि नरकको दण्ड स्वर्गमा सदाको जीवन जस्तै अनन्तकालको लागि हुनेछ (मत्ती 25:46)। दुष्ट सदैवको लागि परमेश्वरको प्रकोप र क्रोधको अधीन हुनेछ। त्यो जो नरकमा हुनेछन् परमेश्वरको धार्मिकताले भरिएको पूर्ण न्यायलाई स्वीकार गरिनेछ (भजन संग्रह 76:10)। त्यो जो नरकमा हुनेछन् तिनीहरुले जान्ने छन् कि उनीहरुको दण्ड न्यायसंगत हो र यसको लागि केवल उनीहरु नै दोषी हुनेछन् (व्यवस्था 32:3-5)। हो, नरकको विलाप र दण्डको यस्तो स्थान हो जुन सदैवको लागि, बिना कुनै अन्तको बनी रहने छ। परमेश्वरको स्तुति होस्, कि येशूद्वारा, हामी यस अनन्त दुर्भाग्य बाट बाच्न सक्छौँ (यूहन्ना 3:16, 18, 36)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के नरक वास्तविक हो? के नरक अनन्तकालको लागि हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries