settings icon
share icon
प्रश्न

सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्त के हो?

उत्तर


सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्तले यो भन्छ कि जीव विज्ञानको जटिल, गहन-सूचनाहरुले भरिएको ढ़ाचाको वर्णन गर्नको लागि बुद्धमत्तापूर्ण कारणहरुको आवश्यकता छ र यी कारण अनुभवजन्य रूपमा खोज्नु सकिन्छ। केहि निश्चित जीव-विज्ञान आधारित गुण डार्विनवादको अनियमिताले चुनिएको– अवसरको सिद्धान्तको व्याख्याको मापदण्डको अवहेलना गर्दछ, किनकी यो पहिला देखि नै निर्मित गरिएको आभासित प्रगट हुद्छ। किनकी रूपरेखा कुनै एक बुद्धिमानीले रूपरेखाकारको तार्किक रूपसँग हुने आवश्यकता माथि जोड दिन्छ, रूपरेखा प्रगट हुनु नै एउटा रूपरेखाकारको हुनुको एक प्रमाण दिएको छ। सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको दलीलको पछि तीन मौलिक तर्क दिएको छ: 1) अलघुकरणीय जटिलता, 2) निर्दिष्ट जटिलता, र 3) मानवीय सिद्धांत।

अलघुकरणीय जटिलताको परिभाषा... "एउटा यस्तो पद्धतिले दिएको छ जसमा धेरै आपसमा परस्पर क्रिया गर्दै भाग सही-रूपमा मिलान गरेर जोडिएको छ जसले मूल कार्यप्रणालीलाई योगदान दिन्छ, जब कि कुनै पनि एउटा भागलाई हटाउनुले सबै कार्यप्रणाली प्रभावशाली तरिकाले कार्य बन्द हुनेछ। सरल रूपमा भन्दा, जीवन आफैमा एक अर्काको साथ बुनेको भागमा मिलेर बनेको छ जुन फलदायी हुनको लागि एक अर्काको माथि निर्भर हुन्छ। अनियमिताले चुनिएको - परिवर्तन कुनै एक नयाँ भागको विकासको कारण बन्न सक्छ, तर यो एक कार्यरत् प्रणालीको लागि आवश्यक असंख्या भागहरुको समवर्ती विकासको कारण बन्न सक्दैन। उदाहरणको लागि, मानवीय आँखा स्पष्ट रूपले धेरै नै उपयोगी प्रणाली हो। आँखाको पुतलीको बिना, दृष्टि नारी, र देखिने पत्र, एक अनियमिताले चुनिएको - परिवर्तित अपूर्ण आँखाको वास्तवमा विभिन्न जातिहरुको प्राणिहरुको जीवनको संभावनामा विपरीत उत्पादन हुनेछ र परिणामस्वरूप स्वभाविक चुनावको प्रक्रियाको माध्यमबाट समाप्त हुने छ। एउटा आँखा तब सम्म उपयोगी प्रणाली हुदैन जब सम्म यसको सारा भाग प्रस्तुत हुदैन र एउटा नै सयममा उचित तरिकाले कार्य नगर्नु हो।

निर्दिष्ट जटिलता एउटा उस्तो अवधारण हो, किनकी निर्दिष्ट जटिल पद्धतिहरु जीवहरुमा पाउदछ, उनीहरुको उत्पत्तिको लागि कुनै प्रकारको मार्गदर्शनको आवश्यकता भयो होला। निर्दिष्ट जटिलताको दलीलले यो भन्दछ कि जटिल पद्धितहरुलाई अनियमिताद्वारा छान्ने प्रक्रियाद्वारा विकसित हुनु असंभव छ। उदाहरणको लागि, एउटा कोठामा 100 बादरहरु र 100 कम्पयुटरहरुले भरिएको शायद नै केहि शब्दहरुलाई उत्पन्न गर्छन, वा हुन सक्छ कि एउटा वाक्यलाई नै उत्पन्न गर्छन, तर यो कुनै पनि तरिकाले शेक्सपीयरको एउटा नाटकलाई उत्पन्न गर्न सक्दैन। र फेरी शेक्सपीयरको नाटक भन्दा कति धेरै महत्वपूर्ण जैविक जीवन जटिल हुदछ?

मानवीय सिद्धांतले यो भन्दछ कि यो संसार र ब्रह्माण्ड़ यस पृथ्वीमा जीवन हुनुको अनुमति दिन को लागि "राम्रोसँगले तालमेल" मा छ। यदि यस पृथ्वीमा हावाको तत्वहरुको मात्राको अनुपातलाई थोरै पनि बदलियो भने, तब धेरै प्रजातिहरु शीघ्रताको साथ अस्तित्वमा रहन देखि समाप्त हुनेछ। यदि पृथ्वी सूर्यबाट थोरै मील पनि टाढा वा निकट भएको भए, तब धेरै प्रजातिहरु अस्तित्वमा रहन देखि समाप्त हुनेछ। यस पृथ्वीमा जीवनको अस्तित्व र विकासको लागि धेरै भिन्नताहरुलाई पूर्ण रूपले तालमेलमा बनि रहनु पर्दछ जसको लागि यो असंभव छ कि सबै विभिन्न कुराहरु अनियमिताद्वारा चुनिएको मा र निर्देशनरहित घटनाहरुद्वारा एकजुट भइ आउनु हो।

जब कि सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्त बुद्धिमानीको स्त्रोतको रूपमा कुनै एउटा (चाहे त्यो परमेश्वर वा अलौलिक शक्ति वा कोहि अरु नै) को पहिचानको अनुमान लगाउदैनन, यसमाथि पनि सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्तकार ईश्वरवादी हो। यसले एउटा यस्तो रूपरेखालाई देखाउछ जुन यस जैविक संसारमा परमेश्वरको अस्तित्वको प्रमाण व्याप्त हुनुमा प्रगट भएको देख्दछौं। तर फेरी पनि, केहि नास्तिकवादी, जसले सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको शक्तिशाली प्रमाणलाई इन्कार गर्न सक्दैनन, तर फेरी पनि सृष्टिकर्ता परमेश्वरलाई स्वीकार गर्ने इच्छा राख्दैनन। उनीहरु आंकडाको व्याख्या यस्तो प्रमाणको रुपमा गर्ने प्रवृत्ति राख्दछन कि यो पृथ्वी केहि अतिरिक्त अंतरिक्षवासी प्राणिहरु (अर्को ग्रहको प्राणी) को विशेष जातिहरुको बीज देखि उत्पन्न भएको हो। यसमा कुनै सन्देह छैन कि, उनीहरु यस अंतरिक्षवासिहरुको उत्पत्तिलाई पनि सम्बोधित गर्दैनन, त्यसैले उनीहरु फेरी त्यही वास्तविक दलीलको तर्फ बिना कुनै विश्वसनीय उत्तर लिएर फर्की आउंछन्।

सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्त बाइबल आधारित सृष्टिवाद होइन। यी दुई अवधारणाहरु मध्य एउटा महत्वपूर्ण भिन्नता छ। बाइबल आधारित सृष्टिवादी यस निष्कर्षको साथ आरम्भ गर्दछन कि बाइबलको सृष्टि सम्बन्धी विवरण विश्वसनीय र सही हो, यो कि यस पृथ्वीमा जीवन एक बुद्धिमान मध्यस्थ – अर्थात् परमेश्वरद्वारा रूपरेखित गरिको छ। उनीहरु यस निष्कर्षको सर्मथनमा प्राकृतिक लोकबाट प्रमाणलाई लिन्छन। सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्त प्राकृतिक लोकबाट आरम्भ भएको हो र यस निष्कर्षमा पुग्दछ कि यस पृथ्वीमा जीवनको रूपरेखा एक बुद्धिमानी मध्यस्थले नै गरेका थिए (उनि चाहे कोई पनि किन न हुन)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

सृष्टिलाई बुद्धिमानीले सृजिएको रूपरेखाको सिद्धान्त के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries