settings icon
share icon
प्रश्न

अन्तरजातीय विवाहरजातीय विवाहको विषयमा के भन्दछ?

उत्तर


पूरानो करारको व्यवस्थाले इस्राएलीहरुलाई अन्तरजातीय विवाह नगर्नु भनेर आज्ञा गरेको थियो (व्यवस्था ७:३-४)। तैपनि, यसको कारण कुनै छालाको रंग वा जातीय प्राथमिक होइन। बरु, यो धार्मिक थियो। परमेश्वरद्वारा यहुदीहरुलाई अन्तरजातीय विवाहको मनाई गरिएको थियो किनकिअन्यजातिहरु झुठो देवताको मुर्तिपूजकहरु थिए। यदि इस्राएलीहरुले मुर्तिपूजक, गैरधर्मीहरु र अन्यजातिहरुसँग अन्तरजातीय विवाह गरेको भए उनीहरुपरमेश्वरबाट टाढा हुने थिए। यस्तै नै इस्राएलमा भयो, मलाकी २:११ अनुसार।

यस्तै सिद्धान्त नयाँ करारमा राखिएको छ, तर त्यस्तो जातिसँग कुनै सरोकार छैन: “अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अर्धमको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? (२ कोरिन्थी ६:१४)। इस्राएलीहरु जस्तै (एक सत्य परमेश्वरमा विश्वास गर्नेहरु) लाई पनि अविश्वासीहरुसित विवाह नगर्नु भनिएको थियो, त्यस्तै गरि ख्रिष्टियनलाई (एक सत्य परमेश्वरमा विश्वास गर्नेहरु) अविश्वासीहरुसित विवाह नगर्नु भनि आदेश दिएको छ। बाइबलले कहिल्यै भन्दैन कि अन्तरजातीय विवाह गलत हो। जो कोहिले पनि अन्तरजातीय विवाह इन्कार गर्दछ उसले बाइबलको अधिकार बिना गर्दछ।

जसरी मार्टिन लुथर किंग, ले भन्दछ, एउटा व्यक्तिलाई उसको वा उसको चरित्रद्धारा न्याय गरिनु पर्छ, उसको रंग वा वर्ण होइन। जातिको आधारमा ख्रिष्टियनहरुको जीवनमा पक्षपातको लागी कुनै स्थान छैन (याकुब २:१-१०), वास्तवमा बाइबलको दृष्टिकोण अनुसार त्यहाँ कुनै पनि “जति” छैन— मानव जाति, जो आदम र हव्वा द्वारा निस्किएर आएका हुन्। जब जीवन साथी रोज्ने, एक ख्रीष्टियनले यो पत्ता लगाउनु पर्दछ कि त्यो हुने जीवन साथीले येशू ख्रिष्टमा विश्वास गरि नयाँ गरी जन्मेको छ वा छैन (यूहन्ना ३:३-५)। ख्रीष्टमाथिको विश्वास, छालाको रंग नभएर, एउटा जीवन साथीको चयन गर्ने बाइबलिय स्तर हो। अन्तरजातीय विवाह सहि वा गलत विषय होइन, तर ज्ञान, विवेक र प्रार्थनाको विषय हो।

एक जोडी जो विवाह गर्न चाहन्छ उनिहरुले धेरै तथ्यहरुलाई तौलिन अवश्यक छ। जबकि छालाको रगंलाई अनदेखा गर्नु मिल्दैन, तर यो तथ्य नै विवाहको निर्णय हुनुहुदैन। अन्तरजातीय विवाह दाम्पतिलाई कठिनाईहरुको अनुभूति गर्न सक्ने सम्भावना हुन्छ, तर तिनीहरु चाहिँ एस किसिमका पूर्वाग्रहलाई बाइबलीय आधारमा उत्तर दिन् तैयार हुनु पर्दछ। “किनकियहुदी र अन्यजतिमा केहि भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरु सबैलाई आफ्नो प्रसस्त आशिष दिनु हुन्छ” (रोमी १०:१२)। एउटा मण्डली जस्मा कुनै रंगको भेदभाव छैन वा एक अन्तरजातीय दाम्पति हामीहरु एक अर्कामा बराबर हुनुको शक्तिशाली उदाहरण हुन् सक्छौँ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अन्तरजातीय विवाहरजातीय विवाहको विषयमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries