settings icon
share icon
प्रश्न

बाइबलले तपाईंको वित्त साधनहरुको प्रबंधनको बारेमा के भन्दछ?

उत्तर


बाइबलले वित्त अर्थात् पूँजीको साधनहरुको प्रबंधनको बारेमा धेरै कुराहरु भन्दछ। उधार लिनुको सम्बन्धमा, बाइबलले सामान्य रूपले यसको विरूद्ध परामर्श दिन्छ। हितोपदेश 6:1-5; 20:16; 22:7; 26-27 लाई हेर्नुहोस ("धनीले, गरीबमाथि प्रभुत्व जमाउंछ, र ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ... बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस; यदि त सँग तिर्ने उपाय छैन भने, त सुतेको खाट समेत तँबाट खोसिनेछ")। पटक पटक, बाइबलले धनको संचय गर्ने विरूद्ध चेतावनिहरु दिन्छ र यसको अपेक्षा हामीलाई आत्मिक धनको खोजी गर्नको लागि उत्साहित गर्छ। हितोपदेश 28:20: "एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।" हितोपदेश 10:15; 11:4; 18:11; 23:5 लाई पनि हेर्नुहोस।

हितोपदेश 6:6-11 ले, आलस्य र आर्थिक बर्बादीको सम्बन्धमा ज्ञान प्रदान गर्छ, जो कि अनिवार्य रूपले यसको परिणामस्वरूप आउदछ। हामीलाई यो भनिएको छ कि हामी परिश्रमी कमिलाको माथि ध्यान दिउ जो स्वयंको लागि भोजन संचय गर्नको लागि कार्य गरि रहन्छन। साथै यो संदर्भले हामीलाई सुति राख्नको विरूद्ध चेतावनी दिन्छ जब कि हामीले कुनै लाभकारी कार्यलाई गर्नु पर्छ। एउटा "अल्छी" एउटा यस्तो सुस्त व्यक्ति हुद्छ जो काम गर्नको अपेक्षा अराम गर्न चाहन्छ। उसको अन्त – गरीबी र आवश्यकता निश्चित छ। दृश्यको दोस्रो भागमा एउटा यस्तो व्यक्ति छ जसको माथि पैसाको प्राप्तिको लागि जुनून सवार छ। यस प्रकारको व्यक्तिसँग, उपदेशक 5:10 अनुसार, आफ्नो सन्तुष्टिको लागि कहिल्यै पनि पर्याप्त मात्रामा धन हुदैन र त्यो लगातार धेरै भन्दा धेरै लोभी हुदै जान्छ। पहिलो तिमोथी 6:6-11 ले, हामीलाई धनको लोभको जालमा फस्नको विरूद्ध चेतावनी दिन्छ।

धनको अधिक लोभ आफ्नो लागि संचय गर्नुको इच्छाको अपेक्षा, बाइबल आधारित नमूना दिनु हो, न कि अझै प्राप्तिको। " याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ। हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिओस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ" (2 कोरिन्थी 9:6-7)। हामीलाई जे पनि परमेश्वरले दिनु हुन्छ त्यसको लागि एउटा असल भण्डारे हुनको लागि पनि उत्साहित गरेका छ। लूका 16:1-13 मा, यीशुले एउटा बेइमान भण्डारेको दृष्टांत गरीब भण्डारेपनको विरूद्ध हामीलाई चेतावनी दिने हेतुले गरिएको हो। यस कहानीको सबक यो हो कि: "यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ?" (वचन 11)। हामीले हाम्रो घरानाको आवश्कताहरुलाई पूरा गर्नको दायित्व पनि हो जस्तै 1 तिमोथी 5:8 ले हामीलाई चेतावनी दिन्छ: "मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेको छ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।"

सारांशमा, बाइबल धनको प्रबंधनको बारेमा के भन्छ? उत्तरलाई केवल एउटा नै शब्दमा संक्षेप रूपमा प्रस्तुत गर्न सकिन्छ– बुद्धिमानी। हामी हाम्रो धनको विषयमा बुद्धिमान हुनु पर्छ। हामीलाई धन बचाउनु पर्छ, तर यसलाई संगाल्नु होइन। हामीले धनलाई खर्च गर्नु पर्छ, तर विवेक र नियंत्रणको साथ। हामीले प्रभुलाई फिर्ता, आनन्दले भरिएर र बलिदानपूर्वक दिनु पर्छ।हामीले हाम्रो धनलाई अरुको सहायताको लागि उपयोग गर्नु हो, तर, समझ र परमेश्वरको आत्माको मार्गदर्शनमा। धनी हुनु गलत होइन, तर धनले प्रेम गर्नु गलत हो। धनी हुनु गलत होइन, तर तुच्छ कुराहरुमा र पैसा बर्बाद गर्न गलत हो। बाइबल लगातार धनको प्रबंधनलाई बुद्धिमानीले गर्नुको लागि सन्देश दिनु हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले तपाईंको वित्त साधनहरुको प्रबंधनको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries