settings icon
share icon
प्रश्न

विवाह अन्त सम्म स्थाई बनी रहोस– यसको कुञ्जी के हो?

उत्तर


प्रेरित पावलले भन्छन कि पत्नी आफ्नो पतिको साथ तब सम्म जब सम्म ऊ जीवित छ "बाँधिएकी" हुन्छे (रोमी 7:2)। यहाँ निर सिद्धान्त यो हो कि विवाहको का बन्धन टुट्नु भन्दा अघि पति वा पत्नी कुनै एकको मृत्यु हुनु पर्छ। यो परमेश्वरको आज्ञा हो, तर हाम्रो आधुनिक समाजमा विवाह 51 प्रतिशत समय सम्बन्धविच्छेदमा नै समाप्त हुन्छ। यसको अर्थ यो हो कि लगभग आधा जोडी जसले यो शपथ लिन्छन कि "जब सम्म मृत्युले हामीलाई अलग गर्दैन" यस शपथलाई तोडी दिन्छन।

एक वैवाहिक जोडीलाई यो सुनिश्चित गर्नु कि के उनीहरुको विवाह स्थाई रूपले अन्त सम्म बनी रहनेछ? प्रथम र अन्तिम महत्वपूर्ण विषय परमेश्वर र उहाँको वचनको आज्ञा पालन गर्नु हो। यो एउटा यस्तो सिद्धान्त हो जसलाई विवाह भन्दा पहिले नै लागू गर्नु पर्छ। परमेश्वरले भन्नु हुन्छ, "के दुइ जनाको आपसमा सहमत् नभएसम्म सँग-सँगै हिँड्छन र?" (आमोस 3:3)। नयाँ-जन्म पाएका विश्वासिहरुको लागि, यसको अर्थ कुनैपनि यस्तो साथीको साथ निकटताको सम्बन्धमा आरम्भ गर्नु होइन जो कि विश्वासी होइनन। "अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारोसँग उज्यालोको के सहभागिता?" (2 कोरिन्थी 6:14)। यदि केवल यही एउटा सिद्धान्त अनुसरण गरे मात्र, तब यो धेरै विवाहहरुमा पछि हुने धेरै अधिक हृदयको चोट र दुखहरु बाट बचाउन सक्छ।

एउटा अर्को सिद्धान्त जसले एउटा विवाह समय सम्म बचाएर राख्नमा सुरक्षा प्रदान गर्छ त्यो यो हो कि पतिले परमेश्वरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई आफ्नो शरीरको जस्तै प्रेम, आदर र सुरक्षा प्रदान गर्नु पर्छ (एफिसी 5:25-31)। एउटा मिल्दो-जुल्दो सिद्धान्त यो हो कि पत्नीले परमेश्वरको आज्ञाको पालन गर्नु र आफ्नो पतिको अधीन जस्तै "प्रभुको अधीन भएझैं" गरि रहनु पर्छ (एफिसी 5:22)। एउटा पुरूष र स्त्रीको मध्यमा विवाह ख्रीष्ट र मण्डलीको मध्यको सम्बन्धको चित्र हो। ख्रीष्टले स्वयंलाई मण्डलीलाई दिनुभयो र उहाँले आफ्नो "दुल्ही" लाई प्रेम, आदर र सुरक्षा दिनु हुन्छ (प्रकाश 19:7-9)।

जब परमेश्वरले हव्वालाई पहिलो विवाहमा आदमको नजिक लिएर आउनु भयो, तब उनी "मासु र हड्डी" ले मिलेर बनेकी थिए (उत्पत्ति 2:21) र उनीहरु "एक तन" भए (उत्पत्ति 2:23-24)। एक तन हुनुको अर्थ शरीरिक एकता भन्दा बढी हो। यसको अर्थ मन र प्राणलाई एकसाथ मिलेर एउटा एकाईमा निर्मित हुनु। यो सम्बन्ध कामुक वा भावनात्मक आकर्षण भन्दा बाहिर र आत्मिक "एकता" को लोकमा जानु हो जो केवल तब मात्र प्राप्त हुनसक्छ जब दुबै साथी स्वयंलाई परमेश्वर र एक अर्कालाई समर्पित गरि दिन्छन। यो सम्बन्ध "म र मेरो" को माथि होइन तर "हामी र हाम्रो" को माथि केन्द्रित छ। यो विवाहको स्थाई बनी रहनको रहस्यहरु मध्य एउटा हो। एउटा विवाहलाई मृत्यु सम्म स्थाई बनी रहन केहि यस्तो हो जसमा दुई साथीहरुलाई प्राथमिकता निर्मित गर्नु पर्दछ। परमेश्वरको साथ आफ्नो सपाट सम्बन्धलाई ठोस बनाउन एक लामो दूरीको तर्फ हिड्दै यो सुनिश्चित गर्नु हो कि पति र पत्नीको मध्यको समतल सम्बन्ध लामो समयसम्म को लागि स्थाई हुन्छ, र यसले परमेश्वरलाई सम्मान दिन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

विवाह अन्त सम्म स्थाई बनी रहोस– यसको कुञ्जी के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries