settings icon
share icon
प्रश्न

जीवनको अर्थ के हो?

उत्तर


जीवनको अर्थ के हो? कसरी जीवनमा उद्देश्य, पूर्णता, र सन्तुष्टि, पाउन सकिन्छ? कसरी कुनै अन्तिम अर्न्तनिहित प्राप्त गर्न सकिन्छ? धेरै मानिसहरुले यस्ता प्रश्नहरुको बारे सोच्न कहिल्यै छोड्दैनन्। तिनिहरु केहि वर्षहरु पछि पछाडि हेर्छन र अचम्म मान्छन् किन तिनिहरुको सम्बन्ध टुटेको छ र किन तिनिहरु रित्तिएको महसूस गर्छन्, यद्यपि तिनिहरुले त्यो सबै प्राप्त गर्छन जुन प्राप्त गर्न उनीहरु लागि परेका हुन्छन्। एउटा खेलाडी जो निकै उच्च शिखरमा पुगिसकेका थिए उनलाई सोधियो कि जब उनले खेल्न सुरु गर्दा उनको इच्छा कोसले उनलाई सल्लाह भन्ने थियो। उसले प्रतिउत्तर दियो, “म इच्छा गर्छुकि कसैले मलाई भन्न सकेको भए, जब टुप्पामा पुग्छौँ, त्यहाँ केहि पनि छैन”। अनेकौ लक्ष्यहरुले रित्तोपनलाई तब प्रकाश पार्छ जब त्यसको प्राप्तिको लागि धेरै वर्षहरु व्यर्थमा सकी जान्छ।

हाम्रो मानविय समाजमा, मानिसहरु अनेकौ कुराहरुको पछि लाग्छन, यो सोचेर कि तिनीहरुले त्यस कुराहरुमा अर्थ पत्ता ल्याउछन्। कोहि व्यापारिक सफलता, धनसम्पत्ति, असल सम्बन्धहरु, यौन सम्बन्ध, मनोरञ्जन, अरुलाई राम्रो गर्ने पछि लागेका छन्। मानिसहरुले प्रमाणित गरेका छन् कि जब तिनिहरु धनसम्पत्ति, सम्बन्धहरु र आनन्दको लक्ष्य प्राप्ति गरे, त्यहाँ उनीहरु भित्र गहिरो शून्यता थियो, त्यो रित्तोपनको भावना जसलाई कहिले पनि भिर्न सकिदैन।

बाइबलिय किताबका उपदेशकका लेखकले यो भावना वर्णन गर्छन्, जब उसले भने, “व्यर्थ! नै व्यर्थ! ...पूर्ण रुपमा व्यर्थ! सबै व्यर्थ हुन्” (उपदेशक १:२)। राजा सोलोमन, उपदेशक का लेखकसँग, नाप भन्दा बढी धनसम्पत्ति, उसको र हाम्रो समयको मान्छेको भन्दा बढी बुद्धि थियो, सयौँ आइमाइहरु, महलहरु र बगैँचाहरु जुन अरु राज्यको इर्ष्या को कारण थियो, असल खानकुरा र दाखरस, र प्रत्येक मनोरंजनका साधन उपलब्ध थिए। उसले एक समयमा भन्यो उसको हृदयबाट चाहेको, उनि पछि लागे। र यो सारमा पुगे “जीवन सुर्य मुनि”— हाम्रो आँखाद्वारा जे हामी हेर्न सक्छौँ र चेतनाद्वारा हामी अनुभव गर्न सक्छौँ त्यो सबै त्यहाँ जीवनका लागि— व्यर्थ छन्। त्यहाँ किन शून्यत छ? किनभने परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो केहीकुराका अतिरिक्तका निम्ति जे हामी अनुभव गर्न सक्छौँ यस जीवनमा-र-अहिले। सोलोमनले परमेश्वरको बारेमा भने, “मानिसको हृदयमा अनन्तता पनि राखिदिनुभएको छ...” (उपदेशक ३:११)। हाम्रो हृदयमा हामी सचेत छौँ, कि यो “यस जीवनमा र अहिले” सम्पुर्ण होइन, जुन त्यहाँ छ।

उत्पत्तिमा, बाइबलको पहिलो पुस्तक, हामी पत्ता लगाउन सक्छौँ कि परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो (उत्पत्ति १:२६)। यसको अर्थ यो हो कि हामी अरु कुनै चीजवस्तु भन्दा अलि बढि परमेश्वर जस्तै छौँ (कुनै अरु जीवन रुपी)। हामीले यो पत्ता लगाउन सक्छौँ कि मानिस पापमा पर्नु भन्दा पहिले र पृथ्वीमा श्राप आउनु भन्दा पहिले, निम्न उल्लेखित कुराहरु सत्य थिए: १) परमेश्वरले मानिसलाई सामाजिक प्राणी बनाउनुभयो (उत्पत्ति २:१८-२५); २) परमेश्वरले मानिसलाई काम दिनुभयो (उत्पत्ति २:१५); ३) परमेश्वरले मानिससँग संगति गर्नु भयो (उत्पत्ति ३:८); र ४) परमेश्वरले मानिसलाई पृथ्वीमाथि अधिकार दिनुभयो (उत्पत्ति १:२६)। यी कुराहरुको के महत्व छ? परमेश्वरले ति प्रत्येक कुरा हाम्रो जीवनमा परिपूर्णताको लागी थप्न चाहनु भयो, तर यी सबैको कारण (विशेष गरी मानिसको परमेश्वरसँगको संगति) मानिस पापमा परेको कारण र परिणाम स्वरुप यस पृथ्वीमा श्राप आएको कारणले विपरित तरिकाले असर पर्यो (उत्पत्ति ३)।

प्रकाशमा, बाइबलको अन्तिम पुस्तक, परमेश्वरले यो प्रकट गर्नु भएकोछ कि वर्तमान पृथ्वी र स्वर्गलाई विनाश गरि नया पृथ्वी र स्वर्ग सृष्टि गर्नुहुनेछ। त्यसैबेला, उहाँले छुटकारा पाएका मानिस जातिसँग पूर्ण संगतिको पुर्णस्थापना गर्नुहुनेछ, जबकि छुटकारा न पाएकाहरु न्याय गरिने छन् र अग्नीकुण्डमा फ्याकिनेछन् (प्रकाश २०:११-१५)। पापका श्रापहरु वितेर गएका हुनेछन्; त्यहाँ कुनै पनि पाप, दुःख, रोग, मृत्यु, वा पिडा (प्रकाश २१:४) हुनेछैन। परमेश्वर तिनिहरुसँग बास गर्नुहुनेछ, र तिनिहरु उहाँका छोराहरु हुनेछन् (प्रकाश २१:७)। यसरी, हामी त्यो पूर्ण घेराभित्र आउँछौँ: परमेश्वरले हामीलाई उहाँसँग संगति गर्नलाई सृजना गर्नुभयो, मानिसले पाप गर्यो, त्यो संगति टुट्यो, परमेश्वरले त्यो संगतिलाई उहाँको अनन्त राज्यमा पूर्ण रुपले पुर्नस्थापना गर्नुभयो। परमेश्वरसँग अनन्तकालसम्म अलग हुनको लागि केवल मर्नको निम्ति जीवनको यात्रामा केही वा सबै कुरा पाउन को लागी सबै कुरा गर्न व्यर्थता भन्दा बढी नराम्रो हो! तर परमेश्वरले केवल अनन्तको परम आनन्द सम्भव बनाउनको लागी मात्रै होइन (लूका २३:४३) तर संसारमा यो जीवन सन्तुष्टिपूर्ण र अर्थपूर्ण पार्नको लागि हो। कसरी यो अनन्तको परम आनन्द “र्स्वर्ग र पृथ्वीमा” प्राप्त गर्न सकिन्छ?

येशू ख्रीष्टद्वारा पुनस्थापना गरिएको जिवनको अर्थ

जीवनको सत्य अर्थमा, दुबै अहिले र अनन्ता, परमेश्वरसँगको सम्बन्धको पुर्नस्थापनामा पाइन्छ जुन आदम र हब्बाले पापमा परेर हराएको थियो। त्यो परमेश्वरसँगको सम्बन्ध उहाँको पुत्र, येशू ख्रीष्टद्वारा मात्र सम्भव छ (प्रेरित ४:१२; यूहन्ना १:१२; १४:६)। अनन्त जीवन तब मात्र प्राप्त हुन्छ जब हामी पापको पश्चाताप गर्छौँ (लामो समयसम्म यसमा निरन्तर लागि रहन चाहदैनौँ) र ख्रीष्टले हामीलाई परिवर्तन गर्न गर्नु भयो, हामीलाई नयाँ सृष्टि गरि, र हामी येशू ख्रीष्ट हाम्रो मुक्तिदाताको रुपमा भर्र पर्छौं।

जीवनको साँचो अर्थ येशू ख्रीष्टलाई मुक्तिदाताको रुपमा मात्र स्वीकार गरेर पाईदैन, यो आश्चर्यपूर्ण कुरा हो। बरु, जीवनको साँचो अर्थ ख्रीष्टको चेलाको रुपमा उहाँको पछि लग्नु हो, उहाँबाट सिक्नु, उहाँसँग उहाँको वचनमा समय बिताएर, प्रार्थनामा उहाँसँग कुराकानी गरेर, र उहाँसँगै हिंडेर उहाँको आज्ञाहरुमा आज्ञाकारी भएर। यदि तपाईं अविश्वासी हुनुहुन्छ (अथवा नयाँ विश्वासी), तपाईंले आफैसँग भन्न सक्नु हुनेछ छ, “त्यो मेरो निम्ति रोमान्चक र भरिभराऊ सुनिदैन!” तर येशुले निम्न कुराहरु भन्नु भएको छ:

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु। मेरो जुवा आफुमाथि लेओ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरुले आफ्ना आत्मामा विश्राम पाउँनेछौ, किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ” (मत्ति ११:२८-३०)।” “म त तिनिहरुले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रमा पाऊन् भन्ने हेतुले आएँ (यूहन्ना १०:१० दोश्रो हरफ)।” “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफुलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ” (मत्ति १६:२४-२५)। “परमप्रभुमा आनन्दित होऊ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ” (भजनसंग्रह ३७:४)।

यि सबै पदहरुले यो भन्न खोजेको हो कि हामीसँग छनौँट छ। हामीले निरन्तर हाम्रो जीवनको लागि मार्गदर्शन खोज्न सक्छौँ, जसको परिणाम रित्तोपन हो, अथवा हामीले पूर्ण हृदयसहित परमेश्वरलाई र उहाँको इच्छालाई हाम्रो जीवनमा पछ्याउनलाई छनौँट गर्न सक्छौँ, जसको परिणाम पूर्ण जीवन जिउनु हो, हाम्रो हृदयहरुको इच्छा मिल्नु, र सन्तोष र सन्तुष्टि पाउनु हो। यो यस कारण हो कि हाम्रो सृष्टिकर्ताले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो निम्ति सबैभन्दा असल इच्छा राख्नुहुन्छ (यो आवश्यक छैन कि सजिलो जीवन, तर भरिपुर्न भएर)।

विश्वासी जीवनलाई यस छनौँटसँग तुलना गर्न सकिन्छ कि तपाईं धेरै रुपैयाँ खर्च गरेर खेल नजिक मैदानबाट हेरन चाहनुहुन्छ, वा कम रुपैयाँमा टाढाबाट हेरन चाहनुहुन्छ। परमेश्वरको कम “पहिलो पङ्क्ति” बाट हेर्नु नै हाम्रो चुनाव हुनु पर्छ तर, दु:खको कुरा, हो कि सबैले हो चुनाव गर्दैन्। परमेश्वरले प्रथमहातमा काम गर्नुहुन्छ भनेर हेरिरहनु यो पूर्ण हृदय सुम्पेका ख्रीष्टका चेलाहरुको निम्ति हो, जसले साँच्चैनै जीवनका आफ्ना इच्छाहरुलाई अनुसरण गर्न रोकेका छन्। ता कि परमेश्वरको उद्देश्यहरु जीवनमा अनुसरण गर्न सकुन्। तिनिहरुले मुल्य तिरेका छन् (उहाँको इच्छामा सम्पूर्ण कुरा ख्रीष्टमा समर्पण गर्नु); तिनिहरुले जीवनको पूर्णता अनुभव गरिरहेका छन्; तिनिहरुले आफैलाई सामना गर्न सक्छन्; तिनिहरुको सँगी मानिस, र तिनिहरुको निर्मातासँग पछुतो गर्दैन्। के तपाईंले मुल्य तिर्नुभएको छ? के तपाईं इच्छा गर्नुहुन्छ? यदि हो भने, तपाईं फेरि अर्थ र उद्देश्यको पछि भोको हुनुहुनेछैन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

जीवनको अर्थ के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries