settings icon
share icon
प्रश्न

एक हजार वर्षको राज्य के हो, र यसलाई यथार्थरुपमा बुझिनु पर्दछ?

उत्तर


एक हजार वर्षको राज्यचाहिँ पृथ्वीमा येशू ख्र्रीष्टको १००० वर्ष शासनकाललाई दिइएको उपाधी हो। कसै-कसैले १००० वर्षलाई एउटा रुपक कथाको रुपमा व्याख्या गर्न खोज्छन्। कसै-कसैले १००० वर्षलाई “एउटा लामो समयको अवधि” लाई केवल आलंकारिकरुपमा मात्र भनिएको हो, तर यथार्थरुपमा, पृथ्वीमा येशू ख्रीष्टको यथार्थ र भौतिक शासनकाल होइन भनेर बुझेका छन्। तापनि प्रकाश २०:२-७, मा एक हजार वर्षको राज्यलाई विशेषरुपले १००० वर्षको लामो अवधी हो भनेर बताएको छ। यदि परमेश्वरले “समयको लामो अवधि” लाई भन्ने इच्छा गर्नु भएको थियो भने, उहाँले त्यसलाई एउटा वास्तविक समयलाई स्पष्टरुपले र दोहोराएर उल्लेख नगरीकन सजिलै गर्न सक्नुहुन्थ्यो।

बाइबलले हामीलाई भन्दछ कि जब ख्रीष्ट पृथ्वीमा फर्कनुहुन्छ, दाऊदको सिंहासनमा बसेर उहाँले आफैलाई यरुशलेमको राजाको रुपमा स्थापित गर्नुहुन्छ (लूका १:३२-३३)। बिना शर्तका करारहरुले राज्यलाई स्थापित गर्न यथार्थ, भौतिक आगमनको माग गर्दछ। अब्राहामलाई दिइएको करारले इस्राएललाई एउटा देश, एउटा भावी-पिढी र शासक र आत्मिकी आशीषको प्रतिज्ञा गरेको थियो (उत्पति १२:१-३)। पलिश्तीहरुसँग गरिएको करारले इस्राएललाई पुनस्थापित देश र देशको पेशाको प्रतिज्ञा गरेको थियो (व्यवस्था ३०:१-१०)। दाऊदसँग गरिएको करारले इस्राएलीहरुलाई क्षमा दिने कुराको प्रतिज्ञा गरेको थियो— जसको अर्थ हुन्छ त्यसैद्वारा राष्ट्र आशीषित बन्न सक्दथ्यो (यर्मिया ३१:३१-३४)।

दोस्रो आगमनमा, यहाँ प्रतिज्ञाहरु पूरा हुनेछन् जसै इस्राएललाई राष्ट्रहरुबाट पुनः एकत्रित गरिन्छ (मत्ती २४:३१), परिवर्तन गरिन्छ (जकरिया १२:१०-१४), र येशू ख्रीष्ट, मसीहको शासनमुनि पुनस्थापित गरिन्छ, यी करारहरु पूरा हुनेछ। बाइबलले एक हजार वर्षको अवधिलाई एउटा सिद्ध वातावरणको भौतिक र आत्मिकी अवस्थाको बारेमा बोल्दछ। यो शान्ति (मीका ४:२४; यशैया ३२:१७-१८), आनन्द (यशैया ६१:७,१०), सान्तवना (यशैया ४०:१-२), र बिना दरिद्रता र रोग-विमारको (आमोस ९:१३-१५; योएल २:२८-२९) समय हुनेछ। बाइबलले हामीलाई यो पनि भन्दछ कि केवल विश्वासीहरुमात्र एक हजार वर्षको राज्यमा प्रवेश गर्नेछन्। यसको कारण, यो पूर्ण धार्मिकता (मत्ती २५:३७; भजन २४:३-४), आज्ञाकारीता (यर्मिया ३१:३३), पवित्रता (यशैया ३५:८), सत्यता (यशैया ६५:१६) र पवित्र आत्माको पूर्णता (योएल २:२८-२९) को समय हुनेछ। ख्रीष्टले दाऊदलाई सहयोगीको रुपमा लिएर (यर्मिया ३३:१५-२१; आमोश ३३:११), राजाको रुपमा शासन गर्नुहुनेछ (यशैया ९:३-७; ११:१-१०)। अरु शासकहरुले पनि शासन गर्नेछन् (यशैया ३२:१; मत्ती १९:२८), र यरुशलेम संसारको राजनैतिक केन्द्र बन्नेछ (जकरिया ८:३)।

प्रकाश २०:२-७ ले, एक हजार वर्षको राज्यको सठीक समयावधीलाई दिँदछ। यी वचनहरु बाहेक पनि, त्यहाँ अरु अनगिन्ती पदहरु छन् जसले पृथ्वीमा मसीहको एउटा वास्तविक शासनकाललाई देखाउँदछ। परमेश्वरका थुप्रै करारहरु र प्रतिज्ञाहरुको पूर्णताचाहिँ एउटा यथार्थ, भौतिक र भावी राज्यमा रहेको छ। एक हजार वर्षको राज्य र यसको अवधी १००० वर्षको हुनेछ भन्ने शाब्दिक व्याख्यालाई इन्कार गर्ने कुनै ठोस आधार त्यहाँ छैन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

एक हजार वर्षको राज्य के हो, र यसलाई यथार्थरुपमा बुझिनु पर्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries