मैले संगठित धर्ममा किन विश्वास गर्नु त ?




प्रश्न: मैले संगठित धर्ममा किन विश्वास गर्नु त ?

उत्तर:
“धर्म” को एउटा शब्दकोषीय परिभाषाचाहिँ “आराधना गरिनको लागि परमेश्वरअथवा देवहरुमा रहेको विश्वास, साधारणतय् व्यवहार र संस्कारमा व्यक्त गरिएको; प्रायःजसो नैतिकताहरुको नियमावलीमा संलग्न भएको विश्वास, आराधना इत्यादिको जुनै पनि विशेष प्रणाली” संग केही मिल्दोजुल्दो हुँदछ । यस परिभाषाको प्रकाशमा, बाइबलले संगठित धर्मको विषयमा बताउँदछ, तर थुप्रै अवस्थाहरुमा “संगठित धर्म” को उद्धेश्य र प्रभाव परमेश्वरमा मनपर्दो कुरो हुँदैन ।

उत्पति ११ मा, जुनचाहिँ शायद संगठित धर्मको पहिलो उदाहरण हुनुपर्दछ, नोआका वंशहरुले सम्पूर्ण पृथ्वीलाई भर्नू भन्ने परमेश्वको आज्ञालाई पालन गर्नको सट्टा बाबेलको धरहरा बनाउनको लागि आफै–आफलाई संगठित गरे । तिनीहरुको एकताचाहिँ परमेश्वरसंगको तिनीहरुको सम्बन्धभन्दा अझ महत्वपूर्ण थियो भनेर तिनीहरुले विश्वास गरे । परमेश्वर अगि आउनुभयो र तिनीहरुको भाषालाई खलबलाई दिनुभयो, यसोस्ले यस संगठित धर्मको विभाजन भयो ।

प्रस्थान ६ अध्याय र त्यस पछिका अध्यायहरुमा, परमेश्वरले इस्राएल राष्ट्रको लागि एउटा धर्मलाई “संगठित” गर्नुभयो । दश आज्ञा, छाप्रोवासको सम्बन्धका व्यवस्थाहरु र बलिदान चढाउने प्रथा सबै नै परमेश्वरबाटै स्थापना गरिएको थियो र इस्राएलीहरुले यसको पालन गर्नुपर्दथ्यो । नयाँ करारको अरु अध्ययनले यस धर्मको अभिप्रायचाहिँ एउटा उद्धारकत्र्ता–मसिहको आवश्यकतालाई देखाउनु थियो भनेर स्पष्ट पार्दछ (गलाती ३; रोमी ७) । तरैपनि, धेरैले यसलाई गलत अर्थ लगाएका छन् र परमेश्वरलाई भन्दा व्यवस्थाहरु र संस्कारहरुलाई पुजेका छन् ।

इस्राएलीहरुको इतिहासभरी नै, इस्राएलीहरुले अनुभव गरेका थुप्रै संघर्षहरु संगठित धर्महरुसंगको संघर्षसंग संलग्न हुन्थ्यो । उदाहरणको लागि, बाल देवताको पूजा (न्यायकत्र्ता ६; १ राजा १८), दागोन (१ शमूएल ५) र मोलेख (२ राजा २३:१०) आदि थिए । परमेश्वरले आफ्नो सार्वभौमता र सर्वशक्तिमत्ताको प्रदर्शन गर्दै यस्ता धर्महरुको अनुयायीहरुलाई हराइदिनुभयो ।

सुसमचारहरुमा, फरिसीहरु र सदूकीहरुलाई ख्रीष्टको समयमा संगठित धर्मका प्रतिनिधीहरुको रुपमा अंकित गरिएका छन् । येशूले तिनीहरुका झूटा शिक्षाहरु र आडम्बरी जीवनशैलीको विषयमा तिनीहरुसित निरन्तर सामना गर्नुभयो । प्रेरितहरुको पत्रहरुमा, त्यहाँ त्यस्ता संगठित झूण्डहरु हुन्थे जसले सुसमचारलाई आवश्यक कामहरु र धर्महरुको निश्चित सूचिहरुसंग सुसमचारलाई मिसाएका थिए । तिनीहरुले विश्वासीहरुलाई परिवत्र्तन हुन र यस्ता “ख्रीष्टियनीटिदेखि बाहिरको” धर्मलाई ग्रहण गर्नलाई जबरजस्ती गर्नलाई पनि खोजेका थिए । गलाती र एफिसीले त्यस्ता धर्महरुको विषयमा चेतावनी दिँदछ । प्रकाशको पुस्तकमा, संगठित धर्मले संसारमा एउटा प्रभाव पार्नेछ जसै एन्टिक्राइष्टले संसारमा एउटै धर्म भन्ने कुरालाई स्थापित गर्दछ ।

धेरै मामलाहरुमा, संगठित धर्मको अन्तिम परिणामचाहिँ परमेश्वरको अभिप्रायबाट विमुख गराउने हुँदछ । तरैपनि, बाइबल संगठित विश्वासीहरुको विषयमा बोल्दैन जो उहाँका योजनाका भाग हुन् । परमेश्वरले संगठित विश्वासीहरुका यस्ता झूण्डलाई “मण्डलीहरु” भनी बताउनुहुन्छ । प्रेरितको पुस्तकको विवरण र प्रेरितहरुका अरु पुस्तकहरुले मण्डली संगठित हुनुपर्दछ र अन्तरआश्रित हुनुपर्दछ भनेर संकेत गर्दछ । संगठनले सुरक्षा, उत्पादन र नपुगेको ठाउँमा पुग्नु भन्ने कुरालाई अगुवाई गर्दछ (प्रेरित २:४१–४७) । मण्डलीको सम्बन्धमाचाहिँ, यसलाई “संगठित सम्बन्ध” भन्न सकिन्छ ।

धर्मचाहिँ परमेश्वरसंग सम्पर्कमा हुनको लागि गरिएको मानिसको प्रयत्न हो । ख्रीष्टियन विश्वासचाहिँ येशू ख्रीष्टको बलिदानमार्फत परमेश्वरले हाम्रो निम्ति गर्नुभएको कुराको कारण उहाँसंगको एउटा सम्बन्ध हो । परमेश्वरसमक्ष पुग्नलाई त्यहाँ कुनै योजना छैन (उहाँ हामीकहाँ आउनुभएको छ — रोमी ५:८) । त्यहाँ कुनै घमण्ड छैन (सबैकुरा अनुग्रहबाटै प्राप्त गरिएको हो — एफिसी २:८–९) । नेतृत्व गरिने कुराप्रति त्यहाँ कुनै द्वन्द हुनुहुँदैन ख्रीष्ट नै (सबैकुराको शिर हुनुहुन्छ — कलस्सी १:१८) । त्यहाँ कुनै पूर्वाग्रह हुनुहुँदैन (ख्रीष्टमा हामी सबै एक हौं — गलाती ३:२८) । संगठित हुनु कुनै समस्या होइन । एउटा धर्मको नियमहरु र संस्कारहरुप्रति ध्यान केन्द्रित गर्नुचाहिँ समस्या हो ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



मैले संगठित धर्ममा किन विश्वास गर्नु त ?