settings icon
share icon
प्रश्न

मुक्तिको योजना वा बाटो भनेको के हो?

उत्तर


के तपाईं भोको हुनुहुन्छ? शारीरिक भोको होइन, तर तपाईंसँग जीवनमा केही धेरै अरू कुराको भोs छ? यदि तपाईंका भित्री गहिराइमा केही कुराहरू छन्, जसले तपाईंलार्इ सन्तुष्ट पार्न सकेको छैन? यदि त्यसो हो भने येशू मात्रै बाटो हुनुहुन्छ! येशूले भन्नुभयो, "म जीवनको रोटी हुँ, मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन" (युहन्ना ६:२५)।

के तपाईं अल्मलिनुभएको छ? जीवनमा उद्देश्य अथवा बाटो पत्ता लगाउन सक्नुभएको छैन? कसैले बत्ती निभाइदिएको छ र – तपाईंले त्यसको स्वीच पत्ता लगाउन सक्नुभएको छैन? यदि यस्तै हो भने येशूले तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँडडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ" (युहन्ना ८:१२)।

के तपाईंले जीवनको बाटो बन्द भएकोजस्तै महसुस गर्नुहुन्छ कि? के तपाईंले धेरै ढोकाहरू कोसिस गर्नुभयो र पत्ता लगाउनुभयो कि तिनीहरूको पछाडि खाली र अर्थहीन मात्र छ? के तपाईंले भरिपूर्ण जीवनमा प्रवेश गर्न बाटो हेरिरहनुभएको छ? त्यसो हो भने येशू बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, "ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र-बाहिर आउने-जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ" (युहन्ना १०:९)।

के अरू मानिसहरूले तपाईंलाई होच्याउँछन्? के तपाईंका सम्बन्धहरू रित्तिएका र निलिएका छन्? के प्रत्येकले तपाईंको फाइदा लिने कोसिस गरिरहेका छन्? यदि हो भने येशू बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, "म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्" (युहन्ना १०:११, १४)।

यो जीवनपछि के हुन्छ भनेर छक्क पर्नुहुन्छ? - तपाईंले ती सड्ने र कुहिने चीजहरूका निम्ति जीवन जिउने कोसिस गर्नुभएको छ? के जीवनको कुनै अर्थ छ भनेर कहिलेकाहीं शंका गर्नुहुन्छ? के तपाईंको मृत्युपछि तपाईं बाँच्न चाहनुहुन्छ? यदि हो भने येशू बाटो हुनुहुन्छ। येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ । अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन" (युहन्ना ११:२५, २६)। बाटो के हो? सत्य के हो? जीवन के हो? येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (युहन्ना १४:६)।

भोक तपाईंले महसुस गर्नुहुन्छ र यो आत्मिक भोक हो र येशूद्वारा मात्र भरिन सक्छ। येशू एकमात्र हुनुहुन्छ, जसले अन्धकारलाई उठाउन सक्नुहुन्छ। येशू सन्तुष्ट जीवनको ढोका हुनुहुन्छ। येशू तपाईंले खोजी रहनुभएको असल मित्र र गोठालो हुनुहुन्छ। येशू अर्को र यस संसारको जीवन हुनुहुन्छ। येशू मुक्तिको बाटो हुनुहुन्छ।

तपाईंले भोको महसुस गर्नुको कारण तपाईं अन्धकारमा हराइरहेको, जीवनको अर्थ पत्ता लगाउन नसक्नु र तपाईं परमेश्वरबाट अलग हुनु हो। बाइबलले हामीलाई भन्छ, हामी सबैले पाप गरेका छौँ र त्यसकारण परमेश्वरबाट अलग भएका छौँ (उपदेशक ७:२०, रोमी ३:२३)। तपाईंले हृदयमा महसुस गर्ने खालीपन परमेश्वर तपाईंको जीवनबाट टाढा हुनुभएकोले हो। हामी परमेश्वरसँग सम्बन्ध गाँस्न सृष्टि गरिएका थियौँ। हाम्रो पापको कारणले हामी परमेश्वरसँग सम्बन्ध गाँस्नबाट अलग भयौँ। सबैभन्दा नराम्रो यो हो कि हाम्रो पापले यो जीवन र अर्को जीवनलाई अनन्तको लागि परमेश्वरबाट अलग गराएको छ (रोमी ६:२३, युहन्ना ३:३६)।

यो समस्याको समाधान कसरी हुन सक्छ? येशू बाटो हुनुहुन्छ। येशूले हाम्रो पाप आफैंमा लिनुभयो (२ कोरिन्थी ५:२१)। येशू हाम्रो साटोमा मर्नुभयो (रोमी ५:८-), हामीले भोग्नुपर्ने दण्ड आफैमा लिनुभयो। तीन दिनपछि येशू मृत्युबाट बौरिउठ्नुभयो, उहाँले मृत्यु र पापमाथि विजय प्रमाणित गर्नुभयो (रोमी ६:४, ५)। उहाँले यो किन गर्नुभयो? येशूले यस प्रश्नको उत्तर आफैं दिनुभयो, "आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन" (युहन्ना १५:१३)। येशूको मृत्युको कारणले हामी बाँच्न सकेका छौं। यदि हामीले येशूमाथि र उहाँको मृत्युमा भरोसा राख्छौँ भने हाम्रा सबै पाप क्षमा हुनेछ र पखालिनेछ र त्यसपछि मात्र आत्मिक भोकोपनबाट सन्तुष्ट हुनेछौँ। बत्ती फेरि बल्नेछन्। हामी भरिपूर्ण जीवन जिइरहेका हुनेछौँ। हामीले जान्नेछौँ कि हाम्रो सबभन्दा असल मित्र र राम्रो गोठालो को हुनुहुन्छ। हामीले थाहा पाउँछौँ कि मृत्युपछि पनि हामीसँग जीवन हुनेछ - येशूसँग अनन्तका लागि पुर्नस्थापना गरिएको नयाँ जीवन स्वर्गमा हुनेछ। "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" (युहन्ना ३:१६)।

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मुक्तिको योजना वा बाटो भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries