settings icon
share icon
प्रश्न

बाइबल ले जातिवाद, पूर्वाग्रह र पक्षपातको बारेमा के भन्दछ?

उत्तर


यस बहसमा सबैभन्दा पहिलो बुझ्ने कुरा यो हो कि यहाँ केवल एक मात्र जात वा जाति- मानव जाति हो। श्वत मानिस, अफ्रीकी, एशियाई, भारतीय, अरबी, यहूदीहरु भिन्न जातिहरु होइनन। बरु, यी मानव जातिहरुको विभिन्न उपजातिहरु हुन। सबै मानिसहरुको एकै जस्तो शारीरिक विशेषताहरु हुन्छ (अवश्य, केहि भिन्नताको साथमा)। सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि, सबै मानिसहरु परमेश्वरको स्वरूप र समानतामा सृष्टि गरिएका छन् (उत्पत्ति 1:26-27)। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई आफ्नो जीवन दिन पठाउनु भयो (यूहन्ना 3:16)। यो "संसार" ले स्पष्ट रूपमा सबै जातिहरुको समूहलाई सम्मिलित गर्दछ।

परमेश्वरले कुनै पनि पक्षपात वा कृपावाद देखाउनु हुँदैन (व्यवस्था 10:17; प्रेरित 10:34; रोमी 2:11; एफिसी 6:9), र न त हामीलाई यसको आवश्यकता छ। याकूब 2:4 ले त्यी पक्षपाती मानिहरुको वर्णन "कुविचार भएका न्यायकर्ता" को रूपमा गर्दछ। बरु, हामीले आफ्नो छिमिकीलाई आफुलाई जस्तै प्रेम गर्नु पर्दछ (याकूब 2:8)। पुरानो करारमा, परमेश्वरले मानवतालाई दुई "जाति" को समूह: यहूदी र अन्यजातिहरुमा विभाजित गरि दिनुभएको थियो। परमेश्वरको यहुदीहरुको लागि चाहना याजकहरुको एक राज्य थियो, जो अन्यजाति राष्ट्रहरुको सेवा गर्ने छन्। बरु, अधिकांश भागहरुमा, यहूदीहरु आफ्नो पदको कारणले घमण्डी भए र अन्यजातिहरुलाई तिरस्कृत गरे। येशू ख्रीष्टले यसलाई अन्त गर्नुभयो, शत्रुताले विभाजित गरिएको पर्खाललाई नाश गरि दिनुभयो (एफिसी 2:14)। सबै किसिमको जातिवाद, पूर्वाग्रह, र पक्षपातको रूप क्रूसमा मसीहले गर्नुभयोको कार्यको लागि अपमान हो।

येशूले हामीलाई आदेश दिनुभयो कि एक अर्कालाई प्रेम गर जसरी उहाँले हामीलाई गर्नु हुन्छ (यूहन्ना 13:34)। यदि परमेश्वर निष्पक्ष हुनुहुन्छ र हामीलाई निष्पक्षता भएर प्रेम गर्नु हुन्छ भने, तब हामीले पनि उहाँको स्तरमा एक अर्कालाई प्रेम गर्नु पर्दछ। येशूले मत्ती 25 मा हामीलाई शिक्षा दिनु हुन्छ कि यदि हामीले आफ्नो भाइहरुको साथमा थोरै पनि असल गर्दछौ भने, हामीले यो उहाँको साथमा गर्दछौं। यदि हामीले एक व्यक्तिलाई अपमानित व्यवहार गर्दछौं भने, तब हामीले एक यस्तो व्यक्तिसँग गलत व्यवहार गर्छौँ जो कि परमेश्वरको स्वरूपमा सृष्टि भएको छ; हामीले त्यस व्यक्तिलाई ठेस पुराउछौँ जसलाई परमेश्वरले प्रेम गर्नु हुन्छ र जसको लागि येशू मर्नु भयो।

जातिवाद, विभिन्न रूपहरुमा विभिन्न स्तरमा, हजारौँ वर्ष देखि मानिसको लागि एक महामारी जस्तै रहेको छ। सबै जातिको भाइहरु र बहिनीहरु, यस्तो हुनु हुँदैन। जातिवाद, पूर्वाग्रह र पक्षपात देखिको पीड़ितहरुलाई क्षमाको आवश्कता छ। एफिसी 4:32 ले घोषणा गर्दछ कि, "जसरी परमेश्वर ले ख्रीष्टमा तिमीहरुलाई क्षमा गर्नुभयो, त्यसरीनै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरु एउटा अर्का प्रति कोमल मनका र दयालु होओ।" हुनसक्छ कि जातिवाद क्षमाको योग्य न होला, तर हामी परमेश्वरको क्षमाको लागि कुनै पनि तरिकाले योग्य थिएनौं। त्यो जो जातिवाद, पूर्वाग्रह र पक्षपातलाई व्यवहारमा ल्याउद छन् उनीहरुलाई पश्चातापको आवश्यकता छ। "आफ्ना शरीरका अंगहरु दुष्टताका साधनको रुपमा पाप गर्नलाई सम्पर्ण न गर, तर मृत्यु बाट जीवनमा ल्याएका मानिसहरु जस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरको अंगहरुलाई धार्मिकताका साधन जस्तै परमेश्वरकहाँ सम्पर्ण गर (रोमी 6:13)।" प्रार्थना छ कि गलाति 3:28 पूर्ण तरिकाले वास्तविक बनोस्, "अब नता यहूदी छ न ग्रीक, न कमारा छ, न फुक्का, नता पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरु सबै एउटै हौ।"


नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबल ले जातिवाद, पूर्वाग्रह र पक्षपातको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries