settings icon
share icon
प्रश्न

अन्तिम समयहरु चिन्हहरु के हुन्?

उत्तर


मत्ती २४:५-७ ले हामीलाई केही महत्वपूर्ण संकेतहरु दिँदछ ताकि हामी अन्तिम समयको आगमनलाई चिन्न सकौं, “किनभने धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। तिमीहरुले युद्धहरु र युद्धहरुका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ–ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।” झूटा मसीहहरुको वृद्धि, युद्धहरुको वृद्धि, अनिकाल, महामारी र प्राकृतिक प्रकोपहरुको वृद्धि— यिनीहरुचाहिँ अन्त्यका दिनका चिन्ह हुन्। यस परिच्छेदमा हामीलाई चेतावनी दिए तापनि, हामीले धोका खानु हुँदैन किनभने यी सब त प्रसववेदनाको शुरुमात्र हो; समय आउन त अझ बाँकी नै छ।

कोही-कोही व्याख्याकारहरुले इस्राएलमाथिको हरेक आक्रामणलाई, हरेक राजनैतिक परिवर्तन र हरेक भूकम्पलाई अन्तिम समय दूरतगतिमा आइरहेको छ भन्ने कुराको निश्चित चिन्ह हो भनेर देखाउँछन्। यस्ता घटनाहरुले अन्तिम दिनहरुको आगमनलाई संकेत दिएको भए तापनि, यिनीहरु आवश्यकरुपले अन्तिम समय आइपुगेको छ भन्ने कुराको सूचक भने होइन। पावल प्रेरितले यसरी चेतावनी दिए कि अन्तिम दिनहरुले झूटा शिक्षामा उल्लेखनीय वृद्धि ल्याउनेछ। “पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लगाएर कोही विश्वासबाट तर्किजानेछन्” (१ तिमोथी ४:१)। मानिसहरुको सक्रियरुपमा “सत्यताको विरोध गर्ने” दुष्ट चरित्रको कारण अन्तिम दिनहरुलाई “डरलाग्दो समय” को रुपमा वर्णन गरिएको छ (२ तिमोथी ३:१९; २ थेसलोनिकी २:३ लाई पनि हेर्नुहोस्)।

अरु सम्भवत् चिन्हहरुमा, येरुशलेममा यहू्दी मन्दिरको पुनर्निमाण, इस्राएलप्रति बढ्दो शत्रुता र संसारमा एउटैमात्र सरकारतर्फको अग्रसरताहरु समावेश हुनेछन्। तापनि, अन्तिम समयको सबैभन्दा उत्कृष्ट चिन्हचाहिँ इस्राएल राष्ट्र हुनेछ। १९४८ मा, सन् ७० देखि आवश्यकरुपमा पहिलो पटक इस्राएललाई एउटा सार्वभौम राष्ट्रको रुपमा मान्यता दिइयो, परमेश्वरले अब्राहामलाई यसरी प्रतिज्ञा गर्नुभएको थियो कि तिनका भावी-पिढीले कनानलाई “एउटा अनन्त सम्पति” को रुपमा प्राप्त गर्नेछ (उत्पति १७:८), र इजकिएलले इस्राएलको भौतिक र आत्मिक आगरणको भविष्यवाणी गरेका थिए (इजकिएल ३७ अध्याय)। इस्राएल यसको आफ्नै भूमिमा एउटा राष्ट्र बनिनुचाहिँ मृत्यु र इन्साफ सम्बन्धीमा इस्राएलको विशिष्टताको कारण अन्तिम समयको प्रकाशमा महत्वपूर्ण रहेको छ (दानिएल १०:१४; ११:४१; प्रकाश ११:८)।

यस्ता चिन्हहरुलाई मनमा लिएर, अन्तिम समयका प्रत्याशाको सम्बन्धमा हामी ज्ञानी र चिन्नसक्ने बन्न सक्दछौं। तापनि, यस्ता कुनै पनि घटनालाई अन्तिम समयका चाँडो आगमनको एउटा स्पष्ट संकेतको रुपमा हामीले व्याख्या गर्नुहुँदैन। हामी तयार रहनलाई त परमेश्वरले हामीलाई प्रशस्तै जानकारीहरु दिनुभएको छ, र हामी त्यसैको लागि बोलाइएका हौँ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अन्तिम समयहरु चिन्हहरु के हुन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries