settings icon
share icon
प्रश्न

परमेश्वरका छोराहरु मानिसका छोरीहरु को हुन् उत्पति ६:१-४?

उत्तर


उत्पति ६:१-४ ले परमेश्वरका छोराहरु र मानिसका छोरीहरुको उल्लेख गर्दछ। परमेश्वरका छोराहरु को थिए र मानिसका छोरीहरुसँग तिनीहरुले जन्माएका सन्तानहरु किन दैत्यको वंशमा बढे (नपीली शब्दले त्यस्तै संकेत गरेको जस्तो देखिन्छ) भन्ने विषयमा त्यहाँ कैयौं सुझावहरु छन्।

परमेश्वरका छोराहरुको परिचयमाथि तीनओटा प्रमुख दृष्टिकोणहरु छन् १) तिनीहरु फालिएका दूतहरु थिए, २) तिनीहरु शक्तिशाली मानव शासकहरु थिए, अथवा ३) तिनीहरु कयिनका दुष्ट वंशसँग विवाह गरेका सेतका धर्मी वंशहरु थिए। पहिलो सिद्धान्तलाई जोड दिनको लागि एउटा सत्यता छ कि पूरानो करारका “परमेश्वरका छोराहरु” वाक्याँशले जहिले पनि स्वर्गका स्वर्गदूतहरुको उल्लेख गर्दछ (अयूब १:६; २:१; ३८:७)। यससँग उत्पन्न हुने एउटा समस्याचाहिँ मत्ती २२:३० मा छ, जसले स्वर्गदूतहरुले विवाह गर्दैनन् भनेर संकेत गर्दछ। स्वर्गदूतहरुको पनि कुनै लिंग हुन्छन् अथवा सन्तान उत्पन्न गर्न सक्षम हुन्छन् भनेर कुनै कुरामा विश्वास गर्ने कारण बाइबलले दिँदैन। अरु दुई दृष्टिकोणहरुमा यो समस्या छैन।

२) र ३) दृष्टिकोणको कमजोरीचाहिँ यो छ कि जन्मेका सन्तानहरु किन “दैत्यहरु” अथवा “उहिलेका” शूरबीरहरु भए भनेर भन्न साधारण मानव पुरुषहरुले साधारण मानव स्त्रीहरुलाई विवाह गरेको घटनालाई अभिलेख गर्दैन। अझ, परमेश्वरले पृथ्वीमा जलप्रलय ल्याउने निर्णय किन गर्नुभयो (उत्पति ६:५-७) जबकि परमेश्वरले शक्तिशाली मानव पुरुषहरु अथवा वंशहरुलाई साधारण मानव स्त्रीहरु अथवा कयिनको वंशसँग विवाह गर्न कहिले प्रतिबन्ध लगाउनु भएको थिएन? उत्पति ६:५-७ को आउन लागेको इन्साफचाहिँ उत्पति ६:१-४ मा भएका घटनाहरुसँग गाँसिएको छ। केवल फ्याँकिएका दूतहरुको मानव स्त्रीहरुसँगको अश्लिल र विकृत विवाहलेमात्र, त्यस्तो कठोर इन्साफलाई पुष्टि गरेको जस्तो देखिदछ।

अघिबाटै टिप्पणी गरिएझैं, पहिलो दृष्टिकोणको कमजोरीचाहिँ त्यो हो कि मत्ती २२:३० ले यसरी घोषणा गर्दछ, “किनकि मृतकहरुको, पुनरुत्थानमा मानिसहरुले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरु स्वर्गका स्वर्गदूतहरु जस्ता हुन्छन्।” तापनि, “स्वर्गदूतहरु विवाह गर्न योग्य छैनन्” भनेर अध्यायले भन्दैन। बरु, यसले त स्वर्गदूतहरुले विवाह गर्दैनन् भनेर मात्र संकेत गर्दछ। दोस्रो, मत्ती २२:३० ले “स्वर्गका स्वर्गदूतहरु” को उल्लेख गर्दैछ। यसले फालिएका दूतहरुको उल्लेख गरेको छैन, जसले परमेश्वरको सृष्टिको क्रमलाई वास्ता गर्दैन र परमेश्वरको योजनालाई भंग गर्न सक्रियरुपमा उपायहरु खोज्दछ। परमेश्वरका पवित्र दूतहरुले विवाह नगर्ने अथवा यौन सम्बन्ध नराख्ने वास्तविकताको अर्थ शैतान र त्यस्का दूतहरुमा पनि त्यही कुरो हुँदछ भन्ने लाग्दैन।

१) दृष्टिकोणमा प्रायः जसो ठीक हो भन्ने देखिन्छ। हो, स्वर्गदूतहरु यौनविहीन हुन्छन् र त्यसपछि “परमेश्वरका छोराहरु” चाहिँ फालिएका स्वर्गदूतहरु हुन् जसले मानव स्त्रीहरुसँग सन्तान उत्पन्न गरे भनेर भन्नुचाहिँ एउटा रोचक “खण्डन” हुँदछ। तापनि, स्वर्गदूतहरु आत्मिकी प्राणीहरु भएका हुनाले (हिब्रू १:१४), तिनीहरु शारीरिकरुपमा, मानिसकहाँ देखा पर्न सक्छन् (मर्कूस १६:५)। सदोम र गमोराका मानिसहरुले लोतसँग भएका दुईजना स्वर्गदूतहरुसँग यौनक्रिया गर्न चाहेका थिए (उत्पति १९:१-५)। मानव यौनिकताको दुरुस्तै नक्कल गर्ने र सम्भवत् सन्तान उत्पन्न गर्ने बिन्दुमा समेत स्वर्गदूतहरुले मानवको रुप धारण गर्न सक्षम रहेका कुरा पत्यारलाग्दो छ। फालिएका स्वर्गदूटहरुले यसलाई घरिघरि किन गरेका छैनन् त? यस्तो देखिँदछ कि नराम्रो पाप गर्ने फालिएका दूतहरुलाई परमेश्वरले कैद गर्नुभयो; ताकि अरु फालिएका दूतहरुले त्यस्तै कुराहरु नगरुन् (यहूदा ६ मा वर्णन गरिएको अनुरुप)। शुरुवाती हिब्रू व्याख्याकारहरु, र मिथ्या र अप्रमाणिक पुस्तकहरुको लेखहरु उत्पति ६:१-४ मा उल्लेख गरिएका “परमेश्वरका छोराहरु” चाहिँ फालिएका दूतहरु हुन् भन्ने विचारलाई मान्नमा अनजान रहेका छन्। यसले यो विवादलाई समाप्त गर्दैन। तापनि, फालिएका दूतहरु मानव स्त्रीहरुसँगको सहवासमा संलग्न रहेको उत्पति ६:१-४ का दृष्टिकोणचाहिँ एउटा निकै नै सान्दर्भिक, व्याकरणीय र एतिहासिक आधार हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

परमेश्वरका छोराहरु मानिसका छोरीहरु को हुन् उत्पति ६:१-४?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries