settings icon
share icon
प्रश्न

आत्मिक वृद्धि के हो?

उत्तर


आत्मिक वृद्धि धेरै भन्दा धेरै येशू ख्रीष्टको जस्तै बन्नुको प्रक्रिया हो। जब हामी हाम्रो विश्वासलाई येशू ख्रीष्टमा राख्छौं, तब पवित्र आत्माले हामीलाई उहाँ जस्तै बनाउनु हुन्छ, उहाँ स्वरूपमा समानतामा ल्याउने प्रक्रियालाई आरम्भ गर्दछ। आत्मिक वृद्धिलाई शायद सबसे भन्दा उत्तम तरीकाले 2 पत्रुस 1:3-8 मा वर्णन गरेको छ, जसले हामीलाई यो बताउद छ कि परमेश्वरको सामर्थ्यद्वारा हामीसँग भक्तिमय जीवन यापन गर्नको लागि "त्यी सबै कुरा जसको हामीलाई आवश्यकता छ," जुन कि आत्मिक जीवनको लक्ष्य हो। ध्यान दिनुहोस् कि हामीलाई जुन कुरा आवश्यकता छ त्यी "उहाँको ज्ञानकोद्वारा" आउदछ, जुन त्यी सब कुरा जसलाई प्राप्त गर्नको लागि मुख्य कुँजी हो जसको हामीलाई आवश्यकता छ। हामीमा उहाँको ज्ञान उहाँको वचनद्वारा आउदछ, जुन हाम्रो उन्नति र वृद्धिको लागि दिएको हो।

गलाति 5:19-23 मा दुईवटा सूचि दिएको छ। वचन 19-21 को सूची मा "शरीरको कामहरु" को वर्णन छ। यो त्यो कुरा हो जसले ख्रीष्टमा उद्धारको लागि आउने भन्दा पहिले हाम्रो जीवनको पहिचान थियो। शरीरको काम यस्तो कार्य हो जसलाई हामीले अंगीकार गर्नु पर्छ, पश्चाताप गर्नु हो, र, परमेश्वरको सहायता ले, यि सबै माथि विजय पाउनु हो। जब हामी आत्मिक वृद्धिको अनुभव गर्दछौ, तब "शरीरको काम" हाम्रो जीवनहरुमा कम-कम हुदै जान्छ। दोस्रो सूचीमा "आत्माको फल" बारे दिइएको छ (पद 22-23)।यो त्यी कुराहरु हुन् जसले हाम्रो जीवनहरुको पहिचान हुनु पर्दछ जसलाई हामी येशू ख्रीष्टमा उद्धारको अनुभव गर्दछौ। आत्मिक वृद्धि आत्माको फलद्वारा पहिचान गरिन्छ जुन तेजीसँग एउटा विश्वासीको जीवनमा प्रकट हुन्छ ।

जब मुक्तिको परिवर्तनले आफ्नो स्थानलाई लिन्छ, तब आत्मिक वृद्धिको आरम्भ हुन्छ। पवित्र आत्मा हामीमा वास गर्नु हुन्छ (यूहन्ना 14:16-17)। हामी ख्रीष्टमा नयाँ सृष्टि हुनेछन (2 कोरन्थी 5:17)। पुरानो मनुष्यत्वले नयाँलाई स्थान दिन आरम्भ गर्छ जुन कि ख्रीष्टको जस्तो मनुष्यत्व हुन्छ (रोमी 6-7)। आत्मिक वृद्धि एउटा जीवन भरी चल्ने प्रक्रिया हो जो कि परमेश्वरको वचनको अध्ययन र त्यसलाई आफ्नो जीवनको माथि लागु गरेर (2 तिमोथी 3:16-17) र आत्मामा चल्नलाई निर्भर गर्दछ। जब हामी आत्मिक वृद्धिको खोज गर्छौ, तब हामीले परमेश्वरसँग प्रार्थना गर्नु पर्छ र उहाँसँग त्यी क्षत्रहरुको बारेमा ज्ञानको मांग गर्नु पर्छ जसमा हामी बढ़ने इच्छा राख्द छौ। हामी परमेश्वरको विश्वासमा वृद्धिको र उहाँलाई जान्नको लागि ज्ञानको मांग गर्न सक्छौ। परमेश्वरको हाम्रो लागि इच्छाहरु यो छ कि हामी आत्मिक रूपले वृद्धि होओं, र उहाँले हामीलाई आत्मिक वृद्धिको लागि यो सबै कुरा दिनु भएको छ जुन हामीलाई आवश्यक छ। पवित्र आत्माको सहायताले,हामीले पाप माथि विजय प्राप्त गर्न सक्छौ र तेजीसँग हाम्रो उद्धारकर्ता, प्रभु येशू ख्रीष्टको जस्तै बन्न सक्छौ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

आत्मिक वृद्धि के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries