settings icon
share icon
प्रश्न

बाइबल अध्ययन गर्ने सही तरिका के हो?

उत्तर


धर्मशास्त्रको अर्थलाई निर्धारण गर्ने कुराचाहिँ यस जीवनमा एउटा विश्वासीले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम हो। हामीले बाइबललाई पढ्नुमात्र पर्दछ भनेर परमेश्वरले हामीलाई भन्नुहुन्न। हामीले यसलाई अध्ययन गर्नु पर्दछ र यसको सही तरिकाले उपयोग गर्नु पर्दछ (२ तिमोथी २:१५)। वचनलाई अध्ययन गर्नुचाहिँ एउटा कठीन कार्य हो। वचनलाई संक्षिप्तमा निरिक्षण गर्नाले कहिलेकाहीं एकदमै गलत निष्कर्षहरु निस्कन सक्दछ। त्यसैकारण, वचनको सठीक अर्थलाई निर्धारण गर्नको लागि कैयौं सिद्धान्तहरुलाई बुझ्न महत्वपूर्ण हुँदछ।

प्रथममा, बाइबलका विधार्थीहरुले प्रार्थना गर्न पर्दछ र पवित्र आत्मालाई बुभ्ने ज्ञान दिऊन् भनी माग्न पर्दछ, किनकि त्योचाहिँ उहाँको एउटा कार्य हो। “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरुलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरु तिमीहरुलाई घोषणा गरिदिनुहुनेछ” (यूहन्ना १६:१३)। नयाँ करारलाई लेख्नको लागि जसरी पवित्र आत्माले प्रेरितहरुलाई अगुवाई गर्नुभयो, त्यसरी नै उहाँले हामीलाई पनि वचनलाई बुझ्नमा अगुवाई गर्नुहुन्छ। याद गर्नुहोस्, बाइबल परमेश्वरको वचन हो, र यसको अर्थ के हो भनेर हामीले उहाँलाई सोध्न आवश्यक छ। यदि तपाईं एउटा ख्रीष्टियन हुनुहुन्छ भने, धर्मशास्त्रका लेखक— पवित्र आत्मा— तपाईंभित्र वास गर्नुहुन्छ, र उहाँले लेख्नुभएको कुरा तपाईंले बुझून् भनी उहाँ चाहनुहुन्छ।

दोस्रो, हामीले पदहरुबाट एउटा वचनलाई लिएर त्यस पदको अर्थलाई सन्दर्भबाहिर गएर निर्धारण गर्ने कोशिष गर्नु हुँदैन। सन्दर्भलाई बुझ्नको लागि हामीले जहिलेपनि अरु पदहरु र अध्यायहरुलाई पढ्नुपर्दछ। सम्पूर्ण वचन परमेश्वरबाटै आएको भए तापनि (२ तिमोथी ३:१६; २ पत्रुस १:२१), यसलाई लेख्न परमेश्वरले मानिसहरुलाई प्रयोग गर्नुभयो। यी मानिसहरुको मन एउटा विषय थियो, लेख्नको लागि एउटा उद्धेश्य थियो र तिनीहरुले सम्बोधन गर्ने एउटा विशेष विषय थियो। कसले पुस्तकलाई लेखे, यो कसलाई लेखिएको थियो, यसलाई कहिले लेखियो, अनि यो किन लेखियो भन्ने पता लगाउनको लागि हामीले अध्ययन गरिरहेका बाइबलका पुस्तकहरुको पृष्ठभूमिलाई हामीले पढ्नुपर्छ। फेरि, पाठले आफै नै बोलून् भनेर पनि हामीले विचार गर्नुपर्दछ। कहिलेकाहीं मानिसहरुले तिनीहरुले इच्छाएको व्याख्या पाउनको लागि वचनहरुमा तिनीहरुका आफ्नै अर्थलाई लगाउँदछ।

तेस्रो, हामीले हाम्रो बाइबल अध्ययन गराइमा पूर्णरुपले स्वातन्त्र हुने प्रयत्न गर्नु हुँदैन। वचनलाई पढ्नेहरुका जीवनभरीका कामहरुद्वारा हामीले ज्ञान प्राप्त गर्न सक्दैनौं भनेर सोंच्नुचाहिँ अहंकारी कुरा हुँदछ। भूलवश् नै, केही मानिसहरु, केवल पवित्र आत्मामा मात्र तिनीहरु भर पर्नेछन् र तिनीहरुले वचनका सबै लुकाइएका सत्यताहरुलाई पत्ता लगाउनेछन् भन्ने विचारसँग बाइबलसमक्ष आउँदछन्। पवित्र आत्मा दिनुहु्ँदा, ख्रीष्टले मानिसहरुलाई आत्मिकी वरदानहरु सहित ख्रीष्टको शरीरमा दिनुभएको छ। यस्ता आत्मिकी वरदानहरु मध्य एउटाचाहिँ शिक्षा दिनु हो (एफिसी ४:११-१२; १ कोरिन्थी १२:२८)। वचनलाई ठीकसँग बुझ्न अनि आज्ञा पालन गर्न हामीलाई सहायता गर्नको लागि परमेश्वरबाटै यस्ता शिक्षकहरुलाई दिइएका छन्। परमेश्वरको वचनको सत्यतालाई बुझ्न अनि लागु गर्न एक–अर्कालाई सहायता गर्दै अरु विश्वासीहरुसँग बाइबल अध्ययन गर्नु जहिलेपनि बुद्धिमानी कुरो हुँदछ।

त्यसैले, संक्षिप्तमा भन्नुपर्दा, बाइबल अध्ययन गर्ने उचित तरिकाचाहिँ के हो? पहिले, हामीलाई समझशक्ति दिऊन् भनी प्रार्थना र नम्रताद्वारा हामीले पवित्र आत्मामा भरपर्नु पर्दछ। दोस्रो, बाइबलले यसको बयान आफै गर्दछ भनेर बुझ्दै हामीले वचनलाई जहिले पनि यसको सन्दर्भमा अध्ययन गर्नुपर्दछ। तेस्रो, हामीले विगतका र वर्तमानका अरु ख्रीष्टियनहरुका कोशिषलाई आदर गर्नुपर्दछ, जसहरुले पनि सठीकरुपमा बाइबल अध्ययन गर्ने कोशिष गरेका छन्। याद गर्नुहोस्, बाइबलका लेखक परमेश्वर हुनुहुन्छ, र हामीले यसलाई बुझौं भनी उहाँले चाहनुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबल अध्ययन गर्ने सही तरिका के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries