settings icon
share icon
प्रश्न

प्रतिस्थापित प्रायश्चित भनेको के हो?

उत्तर


प्रतिस्थापित प्रायश्चितले पापीहरुको सट्टामा येशू ख्रीष्टको मृत्युलाई उल्लेख गर्दछ। धर्मशास्त्रले यो सिकाउँदछ कि सबै मानिसजाति पापी छन् (रोमी ३:९-१८, २३)। हाम्रो पापको दण्डचाहिँ मृत्यु हो। रोमी ६:२३ मा हामीले पढछौँ, “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।”

यस पदले हामीलाई थुप्रै कुराहरु सिकाउँदछ। ख्रीष्ट बिना, हामी मर्नेछौँ र हाम्रा पापहरुको मोल स्वरुप नरकमा एउटा अनन्तता बिताउनेछौँ। धर्मशास्त्रमा मृत्युलाई एउटा “अलग” को रुपमा उल्लेख गर्दछ। सबैजना मर्नेछन्, तर कोही-कोही अनन्तताको लागि प्रभुसँग स्वर्गमा बस्नेछन्, जबकि अरुहरु चाहिँ अनन्तताको लागि नरकमा जिउनेछन्। यहाँ भनिएको मृत्युले नरकको जीवनलाई उल्लेख गर्दछ। तापनि, यस पदले हामीलाई सिकाउने दोस्रो कुरोचाहिँ त्यो हो कि येशू ख्रीष्टद्वारा अनन्त जीवन उपलब्ध छ। यो चाहिँ उहाँको प्रतिस्थापित प्रायश्चित हो।

जब येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँ हाम्रो स्थानमा मर्नुभयो। त्यस क्रूसमा मर्नको योग्यको त हामी थियौँ किनभने पापपूर्ण जीवन जिउने हामी थियौँ। तर हाम्रो स्थानमा ख्रीष्टले आफैमाथि दण्ड लिनुभयो— उहाँ हाम्रो निम्ति प्रतिस्थापित व्यक्ति बन्नुभयो र हामीले पाउनुपर्ने दण्ड उहाँले लिनुभयो। “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२कोरिन्थी ५:२१)।

“हामी पापको लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरुद्वारा तिमीहरु निको भयौ” (१पत्रुस २:२४)। यहाँ हामी फेरि पनि देख्दछौँ कि हाम्रो लागि मोल तिर्नलाई हामीले गरेको पापलाई ख्रीष्टले आफैमा लिनुभयो। केही पदहरुपछि हामी पढ्छौँ, “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरुका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरुका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो” (१पत्रुस ३:१८)। यी पदहरुले हाम्रोलागि ख्रीष्ट प्रतिस्थापित हुनुभयो भन्ने विषयमामात्र हामीलाई सिकाउँदैन, तर तिनीहरुले उहाँ प्रायश्चित हुनुहुन्थ्यो भनेर पनि सिकाउँदछ जसको अर्थ हुन्छ मानिसले पापको लागि चुकाइनुपर्ने मोल उहाँले तिर्नुभयो।

प्रतिस्थापित प्रायश्चितको विषयमा बोल्ने एउटा अर्को पनि परिच्छेद यशैया ५३:५ हो। यस पदले आउनुहुने ख्रीष्टको विषयमा बोल्दछ जो हाम्रो पापको निम्ति क्रूसमा मर्नु पर्ने थियो। भविष्यवाणीलाई विस्तृतरुपमा भनिएको छ, र क्रूसीकरणको भविष्यवाणी गरिएकै तरीकाले हुन आयो। “तर ऊ त हाम्रा अपराधहरुका निम्ति छेडियो। हाम्रा अधर्महरुका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।” प्रतिस्थापितलाई ध्यान दिनुहोस्। यहाँ पनि ख्रीष्टले हाम्रो निम्ति मोल तिर्नुभएको कुरालाई देख्दछौँ।

हामीले आफैले त पापको मोललाई अनन्तताको लागि दण्डित भएर र नरकमा फालिएर मात्र चुकाउन सक्दछौँ। तर हाम्रा पापहरुको मोल चुकाउनको लागि परमेश्वरका पुत्र येशू ख्रीष्ट संसारमा आउनुभयो। किनकि हाम्रो निम्ति उहाँले यो सबै कुरा गर्नुभएकोले, अब हामीसँग हाम्रो पाप क्षमा भएको अवसरमात्र छैन, तर उहाँसँग अनन्तता बिताउने अवसर पनि छ। यसलाई गर्नको लागि क्रूसमा ख्रीष्टले गर्नुभएको कुरामा हामीले हाम्रो विश्वास राख्नैपर्दछ। हामीले आफैलाई बचाउन सक्दैनौँ; हाम्रो स्थान लिनको लागि हामीलाई एकजना प्रतिस्थापित व्यक्तिको खाँचो पर्दछ। येशू ख्रीष्टको मृत्यु चाहिँ प्रतिस्थापित प्रायश्चित हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

प्रतिस्थापित प्रायश्चित भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries