settings icon
share icon
प्रश्न

संकष्टकाल भनेको के हो? संकष्टकाल चाहिँ सात वर्षसम्म हुनेछ भनेर हामीले कसरी जान्दछौं?

उत्तर


संकष्टकाल चाहिँ भविष्यको सातवर्षे समयावधी हो जब परमेश्वरले इस्राएलप्रतिको उहाँका अनुशासनलाई पूरा गर्नुहुनेछ र अविश्वासी संसारप्रतिको उहाँको इन्साफलाई अन्तिमरुप दिनुहुनेछ। आफूहरुलाई पापको लागि दिइने दण्डबाट बचाउनलाई प्रभु येशूको व्यक्तित्व र उहाँका काममाथि विश्वास गर्ने सबै मानिसहरुबाट बनिएको मण्डली, संकष्टकालको अवधिमा अपस्थित रहने छैन। मण्डलीलाई र्याप्चरको रुपमा चिनिने एउटा घटनामा पृथ्वीबाट हटाइनेछन् (१थेसलोनिकी ४:१३-१८; १कोरिन्थी १५:५१-५३)। आउन लागेको क्रोधबाट मण्डली सुरक्षित रहने छ (१थेसालोनिकी ५:९)। धर्मशास्त्रभरी नै, संकष्टकाललाई परमप्रभुको दिन (यशैया २:१२; १३:६-९; योएल १:१५; २:१-३१; ३:१४; १थेसलोनिकी ५:२); समस्या वा संकष्ट (व्यवस्था ४:३०; सपन्याह १:१); महा-संकष्टकाल, जसले सातवर्षे अविधको अझ प्रचण्ड दोस्रो अर्धको उल्लेख गर्दछ (मत्ती २४:२१); कष्टको समय वा दिन (दानिएल १२:१; सपन्याह १:१५); याकुबको कष्टको समय (यर्मिया ३०:७) जस्ता अरु नाउँहरुद्वारा उल्लेख गरिएको छ।

संकष्टकालको उद्धेश्य र समयलाई बुझ्नको लागि दानिएल ९:२४-२७ लाई बुझ्न आवश्यक छ। यस परिच्छेदले ७० हप्ताहरुको बारेमा बोल्दछ जसलाई “तिम्रो जाति” को विरुद्धमा घोषणा गरिएको छ। दानिएलको जातिहरु चाहिँ यहूदीहरु, इस्राएलीहरुको राष्ट्र, र दानिएल ९:२४ ले समयको एउटा अवधिको विषयमा बोल्दछ जसलाई परमेश्वरले “अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महा–पवित्रस्थानलाई अभिषेक गर्न” दिनुभएको छ। “सत्तरी सातहरु” ले यी कुराहरुलाई पूरा गर्नेछन् भनेर परमेश्वरले घोषणा गर्नुहुन्छ। योचाहिँ ७० सातहरुको वर्ष अथवा ४९० वर्षहरु हो। (केही अनुवादहरुले वर्षको ७० सप्ताहलाई उल्लेख गर्दछ)। यसलाई दानिएलको यस परिच्छेदको अर्को भागले पुष्टि गर्दछ। २५ र २६ पदमा, दानिएललाई भनिएको छ कि यरुशलेमलाई पुननिर्माणको उर्दीको शुरुवातसंगै “सात सातहरु र बयसट्ठी सातहरु” (सबै गरेर ६९), पछि मसीहलाई हटाइनेछ। अर्को शब्दमा, येरुशलेमलाई पुननिर्माणको उर्दी पछि ६९ सात वर्षहरु ४८३ वर्ष पछि ख्रीष्टलाई मारिने छ। ४८३ वर्षचाहिँ यरुशलेमलाई पुननिर्माण गरिने उर्दीको समयदेखि येशूलाई क्रूसमा टाँगिएको समयसम्म हुन आएको थियो भनेर इतिहासकारहरुले पुष्टि गरेका छन्। मृत्यु र इन्साफको विषयप्रतिको तिनीहरुको दृष्टिकोषलाई ध्यानमा राखेर प्रायः जसो ख्रीष्टियन विद्वानहरुले दानिएलका ७० सातहरुको असल ज्ञान पाएका छन्।

यरुशलेमको पुननिर्माणको उर्दीदेखि मसीहलाई हटाइनेसम्म ४८३ वर्ष बितेर गएको हुनाले यसले दानिएल ९:२४ को सम्बन्धमा एउटा सात वर्षे अवधीलाई पूरा गर्नको लागि छोडेको छ: “अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महा–पवित्रस्थानलाई अभिषेक गर्न...।” यस अन्तिम सातवर्षे अवधीलाई संकष्टकालको अवधी भनेर चिनिन्छ— जुन समयमा परमेश्वरले इस्राएललाई त्यसको पापको लागि इन्साफको कार्य समाप्त गर्नुहुनेछ।

दानिएल ९:२७ ले सात वर्षे संकष्टकालको अवधीको बारेमा केही विशेष कुराहरु दिन्छ: “धेरैजनासित एक ‘सात’ - को लागि तिनले एउटा करारको सदर गर्नेछन्। ‘सात’ - को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खडा गर्नेछन्, जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइनेछैन।” यस पदले जुन व्यक्तिको विषयमा बोल्दैछ त्यस व्यक्तिलाई येशूले “विनाशकारी घृणित थोक” (मत्ती २४:१५) भनी भन्नुहुन्छ, र प्रकाश १३ मा यसलाई “पशु” भनिएको छ।

दानिएल ९:२७ ले भन्दछ कि त्यस पशुले सात वर्षको लागि एउटा करारको बाँधने छ, तर यस हप्ताको माझमा (संकष्टकालको आधा भाग अर्थात साँढे तीन वर्ष), बलिदानलाई समाप्त पार्दै, त्यसले करारलाई भंग गर्नेछ। प्रकाश १३ ले व्याख्या गर्दछ कि त्यस पशुले मन्दिरमा त्यस्को आफ्नै आकृति राख्नेछ र संसारले त्यसको पूजा गर्नुपर्नेछ। प्रकाश १३:५ ले भन्दछ कि योचाहिँ ४२ महिनासम्म हुनेछ, (जुनचाहिँ साँढे तीन वर्ष हो)। किनकि दानिएल ९:२७ ले योचाहिँ हप्ताको माझमा हुनेछ भनेकाले, र प्रकाश १३:५ ले त्यस पशुले यस कार्यलाई ४२ महिनाको एउटा अवधीसम्म गर्नेछ भनेर भनेकाले, समयको पूर्ण लम्बाइचाहिँ ८४ महिना अथवा सात वर्ष हो भनेर बुझ्न सजिलो भएको छ। दानिएल ७:२५ लाई पनि हेनुहोस्, “जहाँ साँढे तीन वर्ष ले पनि महा-संकष्टकालको उल्लेख गर्दछ” (सयम=१ वर्ष; समय=२ वर्ष; आधा वर्ष= १/२ वर्ष; कुल ३½ वर्ष), जसले “महा-संकष्टलाई” संकेत गर्दछ, जुनचाहिँ पशु त्यस्को शक्तिमा भएको सात वर्षे संकष्टकालको अवधीको अन्तिम अर्ध हो।

संकष्टकालको विषयमा अरु सन्दर्भहरुका लागि प्रकाश ११:२-३ मा हेर्नुहोस्, जसले १२६० दिन र ४२ महिनाको विषयमा बोल्दछ, र दानिएल १२:११-१२ लाई हेर्नुहोस् जसले १२९० दिन र १३३५ दिनहरुको विषयमा बोल्दछ। यी दिनहरुको संकष्टकालको माझप्रति एउटा सन्दर्भ छ। दानिएल १२ मा भएको थप दिनमा पनि राष्ट्रहरुका लागि इन्साफको समयको अन्त (मत्ती २५:३१–४६) र ख्रीष्टको हजार वर्षे राज्यलाई स्थापित गर्ने समयलाई समावेश गरेको हुन सक्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

संकष्टकाल भनेको के हो? संकष्टकाल चाहिँ सात वर्षसम्म हुनेछ भनेर हामीले कसरी जान्दछौं?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries