settings icon
share icon
प्रश्न

के परमेश्वर अहिले पनि आजको मानिसहरुलाई दर्शनहरु दिनु हुन्छ?

उत्तर


के परमेश्वरले आज पनि मानिसहरुलाई दर्शन दिनु सक्नुहुन्छ? हो दिनुहुन्छ! के परमेश्वरले आज पनि मानिसहरुलाई दर्शनहरु दिनुहुन्छ? संभावना छ। के हामीले दर्शनहरुलाई सामान्य प्रगटीकरणको रुपमा अपेक्षा गर्नु पर्छ? हुदैन। जसरी बाइबलमा उल्लेख गरिएको छ, परमेश्वरले धेरै पटक मानिसहरुसँग दर्शनहरुलाई दिने तरिकाहरुबाट कुरा गर्नु भयो। उदाहरणको लागि याकूबको पुत्र योसुफ; मरियमको पति योसुफ; सोलोमन; यशैया; इजकिएल; दानियल; पत्रुस; र पावल। योएल भविष्द्वक्ताले दर्शनहरुलाई पोखिने गरि भविष्यद्वाणी गरे, र यसको पुष्टि प्रेरित पावल द्वारा प्रेरित अध्याय 2 मा गरियो। यो ध्यान दिनु महत्वपूर्ण छ कि एउटा दर्शन र एउटा स्वप्नमा भिन्नता यो हो कि एउटा दर्शन त्यस समय दिइन्छ, जब एउटा व्यक्ति जागि रहेको हुन्छ, जब कि एउटा स्वप्न त्यस समय दिइन्छ, जब एउटा व्यक्ति सुतिरहेको हुन्छ।

संसारको धेरे भागहरुमा, परमेश्वरले स्वप्नहरु र दर्शनहरुलाई ठूलो मात्रामा उपयोग गर्दै प्रतीत भइ रहेको छ। यस्तो क्षेत्र जहाँ निर सुसमाचारको सन्देश थोरै वा एकदमै छैन, र जहाँ निर मानिसहरुसँग बाइबल छैन, परमेश्वरले उहाँको सन्देशलाई मानिसहरुमा प्रत्यक्षमा स्वप्नहरु र दर्शनहरुद्वारा लैजानु हुन्छ। यो पूर्ण तरिकाले दर्शनहरुको माथि बाइबल आधारित उदाहरण अनुरूप छ, जसमा परमेश्वर अक्सर उहाँको सत्यहरुलाई ख्रीष्टको आरम्भिक दिनहरुमा मानिसहरुको माथि प्रकाशित गर्नको लागि यसको उपयोग गर्नु हुन्थ्यो। यदि परमेश्वरले उहाँको सन्देशलाई एउटा व्यक्तिलाई सम्पर्क गर्नको इच्छा राख्नु हुन्छ, तब उहाँले कुनै पनि तरिकालाई उपयोग गर्न सक्नु हुन्छ, जुन उहाँलाई आवश्यक लाग्दछ– एउटा मिशनरीलाई, एउटा स्वर्गदूतलाई, एउटा दर्शनलाई, वा एउटा स्वप्नलाई। यसमा कुनै सन्देह छैन, कि परमेश्वरसँग दर्शनहरुलाई त्यी क्षेत्रहरुमा दिनको क्षमता छ, जहाँ निर सन्देश पहिला देखि नै शीघ्रताको साथ उपलब्ध छ। परमेश्वरले जेपनि गर्नु सक्नुहुन्छ, उहाँको लागि त्यसको कुनै सीमा छैन।

ठीक त्यसै समय, हामीलाई सावधान रहनु पर्छ जब कुरा दर्शनहरु र दर्शनहरुको व्याख्याको आउदछ। हामीले हाम्रो मनमा यो ध्यान राख्नु पर्छ कि बाइबल पूरा भएको छ, र यसले हामीलाई त्यो सबै कुराहरुलाई बताउछ, जसको हामीलाई आवश्यकता छ। मुख्य सत्य यो हो कि यदि परमेश्वरलाई एउटा दर्शन दिनु नै छ भने, तब त्यो जेपनि उहाँको वचनमा पहिला देखि नै प्रकाशित गरि दिएको छ, उहाँको साथ पूर्ण सहमतिमा हुनेछ। दर्शनहरुलाई कहिल्यै पनि परमेश्वरको वचन भन्दा धेरै वा बराबर अधिकार दिनु हुदैन। परमेश्वरको वचन नै हाम्रो अन्तिम अधिकार हो। यदि तपाईंको विश्वास यो छ कि तपाईंले दर्शन पाउनु भएको छ र तपाईंले महसूस गर्नु हुन्छ, शायद यसलाई परमेश्वरले तपाईंको लागि दिनुभएको हो, तब प्रार्थनापूर्वक परमेश्वरको वचनको साथ यसको जाँच गरौँ र यो सुनिश्चित गरौँ कि यो पवित्र शास्त्रको साथ सहमतिमा छ वा छैन। तब प्रार्थनापूर्वक यो ध्यान दिनुहोस् कि परमेश्वरले यस दर्शनको प्रति तपाईंबाट कस्तो प्रतिक्रिया चाहनुहुन्छ (याकूब 1:5)। परमेश्वरले कहिल्यै पनि एउटा दर्शनलाई एउटा व्यक्तिलाई दिनुहुन्न र फेरी त्यसको अर्थलाई त्यसको लुकाई राख्नु हुन्छ। पवित्र शास्त्रमा, जहिलेपनि एउटा व्यक्तिले परमेश्वरसँग दर्शनको अर्थलाई मांग गरे, तब परमेश्वरले सुनिश्चित गर्नुभयो कि यो त्यस व्यक्तिलाई वर्णन गरि दिने छ (दानियल 8:15-17)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के परमेश्वर अहिले पनि आजको मानिसहरुलाई दर्शनहरु दिनु हुन्छ? के विश्वासीहरुले दर्शनलाई ख्रीष्टियन अनुभवको एउटा भागको रूपमा अपेक्षा गर्नु पर्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries