settings icon
share icon
प्रश्न

बाइबलले युद्धको बारेमा के भन्छ?

उत्तर


धेरै मानिसहरुले प्रस्थान 20:13 मा, "तिमीहरूले कसैको हत्या गर्नु हुँदैन," जेपनि बाइबलले भन्दछ, त्यसलाई पढ्नमा गलती गर्दछन, र तब यस आदेशलाई युद्धको माथि लागू गर्दछ। तर फेरी पनि, यस हिब्रू शब्दको शाब्दिक अर्थ "कुनै व्यक्तिले द्वेषको साथ जानी बुझीकन, पूर्वयोजना अनुसार; हत्या गर्नु हो।" परमेश्वरले इस्राएलीहरुलाई अन्य राष्ट्रहरुको विरूद्ध युद्धमा जानलाई आदेश दिनु भयो (1 शमूएल 15:3; यहोशू 4:13)। परमेश्वरले विभिन्न किसिमको अपराधहरुको लागि मृत्युको दण्डलाई दिने आदेश दिनुभएको थियो (प्रस्थान 21:12, 15; 22:19; लेवी 20:11)। त्यसैले, परमेश्वरले सबै किसिमको परिस्थितीहरूमा, हत्यालाई छोड़र, मार्नको विरूद्ध होइन। युद्ध कहिल्यै पनि एउटा राम्रो कुरा होइन, तर यो एउटा आवश्यक कुरा हो। यस्तो संसार जुन पापी मानिसहरुले भरिएको छ (रोमी 3:10-18), युद्ध हुनु आवश्यक छ। धेरै पटक पापले भरिएको मानिसहरुद्वारा निर्देषहरुलाई ठूलो नुक्सान पुराउन बाट टाढा राख्नको लागि युद्ध गर्नु आवश्यक छ।

पुरानो नियममा, परमेश्वरले इस्राएलीहरुलाई यो आदेश दिनुभयो कि उनीहरु "मिद्यानीहरुसँग इस्राएलीहरुको बदला लिए" (गन्ती 31:2)। व्यवस्था 20:16-17 ले घोषणा गर्छ कि, "जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ... परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार नष्ट पार्नु पर्छ। यसको साथ, 1 शमूएल 15:18 भन्दछ कि, "शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे।" स्पष्ट छ कि परमेश्वरले सबै किसिमको युद्धहरुको विरूद्ध हुनुहुन्न। येशू सदैव आफ्नो पिताको साथ पूर्ण सहमतीमा हुनुहुन्छ (यूहन्ना 10:30), त्यसैले हामीले बहस गर्न सक्दैनौ कि युद्ध पुरानो नियममा मात्र केवल परमेश्वरको इच्छा थियो। परमेश्वर कहिलयै पनि बदलिनु हुदैन (मलाकी 3:6; याकूब 1:17)।

येशूको दोस्रो आगमन धेरै अधिक हिंसक हुनेछ। प्रकाश 19:11-12 ख्रीष्टको साथ अन्तिम युद्धको विवरण दिदछ, जो कि विजय योद्धा हो, जो न्याय कर्ता र "न्यायको साथ" युद्ध गर्दछ (वचन 11)। यो रगतले भरिएको हुनेछ (वचन 13) र रक्तपातपूर्ण हुनेछ। पक्षीले त्यी सबैको मांस खानेछ जस्तो उहाँको विरोध गर्ने छ (वचन 17-18)। उहाँले आफ्नो शत्रुहरुको माथि कुनै पनि तरिकाको कुनै पनि दया देखाउनु हुने छैन, जसको माथि उहाँ पूर्ण तरिकाले विजयलाई प्राप्त गर्नु हुनेछ र उहाँले उनीहरुलाई "गन्धकले भरिएको आगोको कुण्ड" मा हाली दिनु हुनेछ (वचन 20)।

यो भन्नु गलत हुनेछ कि परमेश्वरले युद्धलाई समर्थन गर्नु हुन्न। येशू एउटा शांतिवादी व्यक्ति हुनुहुन्न। यस्तो संसार जुन खराब मानिसहरुले भरिएको छ, धेरै पटक युद्ध र अधिक खराबीलाई रोक्नको लागि आवश्यक छ। यदि हिटलर संसारको दोस्रो युद्धद्वारा –पराजित न भएको भए, तब कति अधिक र लाखौं मानिसहरु मर्ने थिए? यदि अमेरिकाको गृह युद्ध नलडेको भए, तब कति लामो समय सम्म अफ्रीकी – अमेरिकीहरुलाई दासत्वमा दुख उठाउनु पर्ने थियो?

युद्ध एउटा भयानक कुरा हो। केहि युद्ध अन्यहरुको अपेक्षा "न्यायसंगत" हुन्छ, तर युद्ध सदैव पापको परिणाम होइन (रोमी 3:10-18)। ठीक त्यसै समय, उपदेशक 3:8 घोषणा गर्दछ कि, "प्रेम... गर्ने एक समय हुन्छ, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा़ गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।" यस्तो संसार जो कि पाप, शत्रुता र खराबी ले भरिएको छ (रोमी 3:10-18), मा युद्ध हुनु आवश्यक छ। ख्रीष्टियन विश्वासीहरुलाई युद्ध गर्नको इच्छा गर्नु हुदैन, तर न त ख्रीष्टियन विश्वासीहरुलाई त्यस सरकारको विरोध गर्नु पर्छ जसलाई परमेश्वरले हाम्रो माथि अधिकारीको रूपमा ठहराउनु भएको छ (रोमी 13:1-4; 1 पत्रुस 2:17)। सबै भन्दा महत्वपूर्ण कुरा जसलाई हामीले युद्धको समय गर्नु पर्छ त्यो यो हो कि हाम्रो अगुवहरुको लागि धार्मिकताले भरिएको ज्ञानको लागि प्रार्थना गर्नु, हाम्रो सैनिकहरुको सुरक्षाको लागि प्रार्थना गर्नु, संघर्षहरुको शीघ्र समाधानको लागि प्रार्थना गर्नु, र नागरिकहरु मध्यमा दुवै तर्फ कम से कम दुर्घटनाहरु होस् भनि प्रार्थना गर्नु पर्छ (फिलिप्पी 4:6-7)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले युद्धको बारेमा के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries