महिला पास्टरहरू/प्रचारकहरू? सेवकाईमा महिलाहरू हुने सम्बन्धमा बाइबलले के भन्दछ?



प्रश्न: महिला पास्टरहरू/प्रचारकहरू? सेवकाईमा महिलाहरू हुने सम्बन्धमा बाइबलले के भन्दछ?

उत्तर:
आज मण्डलीमा, सेवकाईमा महिलाहरू पास्टर वा प्रचारकको भूमिका निर्वाह गर्न मिल्छ कि मिल्दैन भन्ने विषय भन्दा ठूलो बहसको विषय सायद अर्को छैन होला। परिणामस्वरूप, यस विषयलाई पुरुष र महिला बीचको मुद्दाको रूपमा हेरिनु हुदैन। महिलाहरूले पास्टरको रूपमा सेवकाई गर्नु हुदैन र बाइबलले महिलाको सेवकाईमा प्रतिबन्धहरू लगाएको छ भनेर विश्वास गर्ने कति महिलाहरू नै छन्, अनि महिलाहरूले पास्टर वा प्रचारकको रूपमा सेवाकार्य गर्न सक्छन् र सेवकाईमा महिलाहरूलाई प्रतिबन्धहरू छैनन् भनेर विश्वास गर्ने त्यहाँ अर्कातिर कति पुरुषहरू छन्। त्यसैले यो विषय लैङ्गिक उत्कृष्टता वा भेदभावको नभएर। बाइबलीय व्याख्याको विषय हो।

परमेश्वरको वचनले घोषणा गर्दछ, “स्त्रीले पूर्ण दीनतासाथ चुपचाप बसेर सिकून। तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चुपचाप रहुन्” (१ तिमोथी २:११-१२)। मण्डलीमा, परमेश्वरले स्त्री र पुरुषहरूलाई भिन्न भिन्नै भूमिकाहरू निर्दिष्ट गर्नुहुन्छ। जुन कुरा चाहिँ मानव जातिको सृष्टिको ढाँचा र पाप संसारमा पसेको तरिकाको नतीजा हो (१ तिमोथी २:१३-१४)। परमेश्वरले, प्रेरित पावलद्वारा, स्त्रीहरूलाई पुरुषहरूलाई सिकाउने वा पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने भूमिकायुक्त सेवकाईदेखि वन्चित गर्नुभएको छ। यसले स्त्रीहरूलाई पुरुषहरूमाथि पस्टरीय सेवकाई अभ्यास गर्नदेखि रोक लगाउँछ, जसअन्तर्गत पुरुषहरूलाई प्रचार गर्ने, सिकाउने र पुरुषमाथि आत्मिक अधिकार जमाउने कुराहरू निश्चय पनि पर्न आउँछन्।

स्त्रीहरूको सेवकाई सम्बन्धी रहेको उपर्युक्त दृष्टिकोणलाई काट्ने त्यहाँ धेरै तर्कहरू प्रस्तुत गरिएको पाइन्छ। पहिलो शताब्दीमा, स्त्रीहरू प्रायः अशिक्षित थिए त्यसैले पावलले स्त्रीहरूलाई मण्डलीमा सिकाउन निषेध गरे भन्ने तर्क प्रायः सुनिन्छ। यद्यपि, १ तिमोथी २:११-१४ ले शैक्षिक योग्यतालाई कतै पनि उल्लेख गरेको छैन। यदि सेवकाईका लागि शैक्षिक योग्यता आवश्यक हुँदो हो त, येशूका बहुसंख्या चेलाहरू अयोग्य ठहरिन्थे। दोस्रो प्रायः सुनिने तर्कचाहिँ पावलले केवल एफिसी मण्डलीका स्त्रीहरूलाई मात्र सिकाउन निषेध गरेका हुन् भन्ने छ (पहिलो तिमोथीको पत्र तिमोथीलाई लेखेका थिए, एफिसी मण्डलीका पास्टरलाई)। एफिसीको शहर अरितिमिस नाम गरेकी देवीको मन्दिरले चर्चित थियो, र यस देवीको पूजाआजामा स्त्रीहरूले नै नेतृत्व गर्थे— त्यसपछि, पावले केवल एफिसीका मुर्तिपुजकको अगुवाई गर्ने स्त्रीहरुलाई प्रतिबन्ध लगाएका थिए, र मण्डली भिन्न हुने आवश्यक थियो। तरैपनि १ तिमोथी २:११-१२ मा स्त्रीहरूमाथि लगाइएको प्रतिबन्धको सवालमा १ तिमोथीको पुस्तकभरि कहिँ पनि अरितिमिस देवी वा त्यसको पूजाआजा उक्त प्रतिबन्धको कारक भएको सङ्केत छैन।

तेस्रो प्रायः सुनिने तर्क यस प्रकार छ पावलले यहाँ केवल पति-पत्नीको प्रसङ्गमा मात्र चर्चा गरेका हुन्, साझारूपमा सबै स्त्री र पुरुषका प्रसङ्गमा होइन। १ तिमोथी २ मा प्रयोजित ग्रीक शब्द पति वा पत्नीले सामान्य अर्थमा “स्त्री” र “पुरुषलाई” नै जनाउँछन्; तरपनि यी शब्दले सामान्य अर्थमा स्त्री र पुरुष भन्दा बढी जनाउँछन्। अझ, यिनै ग्रीक शब्दहरू पद ८-१० मा प्रयोजित छन्। के पतिहरूले मात्र पवित्र हात उठाएर बिनाक्रोध र बिनाशङ्का प्रार्थना गरून् त (पद ८)? के पत्नीहरूले मात्र सरल पहिरन लगाऊन्, असल-असल काम गरून् र परमेश्वरको भक्ति गरून् त (पदहरू ९-१०)? अवश्य होइन। स्पष्ट गरी नै पद ८-१० ले पति-पत्नीहरूलाई मात्र नभएर साझारूपमा सबै पुरुष र स्त्रीहरूलाई समेट्दछन्। पद ११-१४ को विषयवस्तु स्त्री-पुरुषलाई छोडेर अब पति-पत्नीतिर मोडिएको छ भन्ने कुराको कुनै पनि सङ्केत सन्दर्भमा पाइँदैन।

स्त्रीको सेवकाईको सम्बन्धमा यहाँ गरिएको व्याख्यालाई काट्न अझ अर्को बारम्बार प्रस्तुत हुने गरेको तर्कचाहिँ बाइबलमा नेतृत्व भूमिका निर्वाह गरेका स्त्रीहरूको सम्बन्धमा रहेको छ, विशेषरूपमा पुरानो करारका मिरियम, दबोरा, हुल्दा। यो साँचो हो कि यिनी स्त्रीहरु परमेश्वरको विशेष कार्य गर्नको लागी चुनिएका हुन् र उनीहरुमा विश्वास, उत्साह, र, हो, को एउटा अगुवाको नमुनाको रुपमा थिए। तरपनि पुरानो नियमका स्त्रीहरूको अधिकार मण्डली को पास्टरको विषय सित यस मुद्दाको सरोकारै भएन। नयाँ नियमको पत्रमा परमेश्वरको मानिसहरु— अर्थात् मण्डली, ख्रीष्टको शरीरका निमित्त एउटा नयाँ व्यवस्था रहेको तथ्यलाई प्रस्तुत गर्दछन् अनि त्यस व्यवस्थाभित्र मण्डलीको अधिकार-संरचना पनि समेटिएको छ जुनचाहिँ न इस्राएली जातिका लागि हो न ता पुरानो नियमका कुनै अन्य तत्त्वका लागि।

नयाँ नियमका प्रिस्किल्ला र फिबीलाई लिएर पनि त्यस्तै तर्कहरू अघि सार्ने गरिएको पाइन्छ। प्रेरितको १८ अध्यायमा, प्रिस्किल्ला र अक्विला ख्रीष्टका विश्वासयोग्य सेवकहरूको रूपमा प्रस्तुत गरिएका छन्। प्रिस्किल्लाको नाउँ पहिले उल्लेख गरिएको छ, सायद सेवकाईमा आफ्ना पतिको भन्दा तिनको प्राधान्य रहेकोले होला। के प्रिस्किल्ला र उनका पतिले चेलाहरुलाई येशू ख्रीष्टको सुसमाचारको शिक्षा दिए? हो तिनीहरुको घरमा तिनीहरुले “परमेश्वरको वचन ठीक-ठीकसँग व्याख्या गरिदिए” (प्रेरित १८:२६)। के बाइबलले यस्तो कहिँ भन्छ कि प्रिस्किल्लाले एक मण्डलीमा पास्टरको भूमिका गरिकी थिइन् वा सार्वजनिक रुपमा सन्तहरुलाई शिक्षा दिकी थिइन् वा आत्मिक अगुवाको रुपमा एक मण्डलीमा रहेकी थिइन्? होइन जहाँ सम्म हामीलाई थाह छ, प्रिस्किल्ला १ तिमोथी २:११-१४ लाई खण्डन गर्ने किसिमको क्रियाकलापको सेवकाईमा सहभागी भएको कुरा कतै पाइँदैन।

रोमी १६:१ पदमा, फिबीलाई एक “डिकन” (वा “सेविका”) को रूपमा लिइयो र पावेलद्वारा उच्च प्रशंसा गरेको थियो। तर प्रिस्किल्ला जस्तै, धर्मशास्त्रले त्यस्तो केहि पनि संकेत गर्दैन कि फिबी एक पास्टर वा पुरुषहरुको मण्डलीको शिक्षक थिइन्। “सिकाउनमा सिपालु” एल्डरमा हुनु पर्ने एउटा योग्यता हो, तर डिकनको होइन (१ तिमोथी ३:१-१३; तीतस १:६-९)।

१ तिमोथी २:११-१४ पदले स्पष्ट कारण दिन्छ कि किन महिलाहरु पास्टर हुन् सक्दैन्। १३ पदको पहिलो शब्द “लागि” ले अब त्यसअघिको पावलको भनाइ (पद ११-१२) को “कारण” बताउन लागेको सङ्केत दिन्छ। स्त्रीहरूले पुरुषहरूलाई सिकाउँनु वा उनीहरूमाथि अधिकार जमाउनु किन हुदैन? किनकि “आदम पहिला बनाइए, त्यसपछि हव्वा। अनि आदम बहकाउमा परेनन्; स्त्री बहकाउमा परेर अपराधमा फसिन्” (१३-१४ पदहरु)। परमेश्वरले पहिला आदमलाई सृष्टि गर्नुभयो र त्यसपछि आदमका लागि “सहयोगी” हुन हव्वालाई सृष्टि गर्नुभयो। प्रारम्भिक सृष्टिको यो क्रमचाहिँ विश्वव्यापीरूपमा परिवार (एफिसी ५:२२-३३) लगायत मण्डलीमा लागु हुन्छ।

१ तिमोथी २:१४ मा हव्वा बहकाउमा परेकी तथ्यलाई पनि स्त्रीहरूले पास्टरको रूपमा सेवा गर्न नहुने र पुरुषमाथि अधिकार जमाउन नहुने कारणको रूपमा प्रस्तुत गरिएको छ। यसको यो अर्थ होइन कि स्त्रीहरू सजिलै ठगिने वा पुरुष भन्दा सजिलै बहकाउमा पर्न। यदि स्त्रीहरू सजिलै बहकाउमा पर्न भए, किन तिनीहरूले नानीहरूलाई (जोहरू सजिलै बहकाउमा पर्न सक्छन्) र अन्य स्त्रीहरूलाई (जोहरू यदि सजिलै बहकाउमा पर्न सक्ने हो भने) सिकाउन अनुमति दिइएको छ त? वचनले त्यो भन्दैन, स्त्रीहरूले पुरुषहरूलाई सिकाउनु वा पुरुषमाथि आत्मिक अधिकार जमाउनु हुदैन, किनभने हव्वा बहकाउमा परेकी थिइन। परिणामस्वरूप परमेश्वरले मण्डलीमा शिक्षा दिने प्रमुख अधिकार पुरुषलाई दिनुभएको छ।

धेरैजना स्त्रीहरू अतिथि सत्कार गर्ने, कृपा देखाउने, सिकाउने, सुसमाचार सुनाउने, सहायताहरू गर्ने जस्ता वरदानहरूमा उत्कृष्ट हुन्छन्। स्थानीय मण्डलीको सेवकाईको ठूलो भाग स्त्रीहरूमा निर्भर हुने गर्छ। पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने कुरामा बाहेक, मण्डलीमा सार्वजनिक प्रार्थना गर्नलाई र अगमवाणी गर्नलाई स्त्रीहरूलाई प्रतिबन्ध लगाइएको छैन (१ कोरिन्थी ११:५)। पवित्र आत्माका वरदानहरू प्रयोग गर्ने सम्बन्धमा बाइबलले स्त्रीहरूलाई कतै पनि प्रतिबन्ध लगाएको छैन (१ कोरिन्थी १२)। अरुहरूको सेवा गर्न, आत्माका फलहरू देखाउन (गलाती ५:२२-२३), र हराएकाहरूलाई सुसमाचार सुनाउन पुरुषहरूलाई जत्तिकै स्त्रीहरूलाई पनि बोलावट छ (मत्ती २८:१८-२०; प्रेरित १:८; १ पत्रुस ३:१५)।

परमेश्वरले मण्डलीमा आत्मिक शिक्षा दिने अधिकारयुक्त पदमा पुरुषहरूलाई मात्र नियुक्त गर्नुभएको छ। तर पुरुषहरू स्त्रीहरूभन्दा असल शिक्षकहरू हुन्छन् नै भनेर वा स्त्रीहरू तल्लो तहका वा कम बुद्धिका हुन्छन् नै भनेर चाहिँ होइन (त्यसो होइन पनि)। परमेश्वरले मण्डली केवल यही तरिकाले चलोस् भन्ने हेतुले योजना यस्तै गर्नुभएकोले हो। पुरुषहरूले आत्मिक नेतृत्वको नमुना देखाउनुपर्छ— तिनीहरूको जीवनमा र तिनीहरूका बोलचालमा। स्त्रीहरूले कम अधिकारयुक्त भूमिका निर्वाह गर्नुपर्छ। स्त्रीहरूले अन्य स्त्रीहरूलाई सिकाओस् भनेर उनीहरूलाई उत्साह दिइएको छ (तीतस २:३-५)। बाइबलले स्त्रीहरूलाई नानीहरूलाई सिकाउने सम्बन्धमा पनि प्रतिबन्ध लगाउँदैन। स्त्रीहरू केवल पुरुषहरूलाई सिकाउने र आत्मिक अधिकार गर्नदेखि मात्र प्रतिबन्धित छन्। यसको तात्पर्य महिलाहरू पुरुषहरूमाथि पास्टरको भूमिका निर्वाह गर्नदेखि वन्चित छन्। यसले स्त्रीहरूलाई कुनै पनि हिसाबमा कम महत्त्वको बनाउने काम गर्दैन, कुनै पनि हेतुले, तर बरु उनीहरूलाई परमेश्वरको योजना र उहाँबाटका वरदानसित अझ मिल्दो किसिमको सेवकाई प्रदान गर्दछ।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



महिला पास्टरहरू/प्रचारकहरू? सेवकाईमा महिलाहरू हुने सम्बन्धमा बाइबलले के भन्दछ?