settings icon
share icon
प्रश्न

मसीह विश्वदृष्टिकोण के हो?

उत्तर


एक “विश्वदृष्टिकोण” एक विशेष दृष्टिकोण संसारको लागि एक व्यापक अवधारणाको तर्फ संकेत गर्दछ। अब "एक मसीह विश्वदृष्टिकोण," मसीही दृष्टिकोणबाट संसारलाई हेर्नको लागि व्यापक अवधारणा हो। एक व्यक्तिको यस संसारको बारेमा विश्वदृष्टिकोण उसको सबै मान्यताहरुको सम्भावनाको एउटा "ठूलो चित्र", हुन सक्छ। यस वास्तविकतालाई समझने उसको आफ्नो एउटा तरीका हो। एक व्यक्तिको विश्वदृष्टिकोण वा संसारिक विचारधारा उसको प्रतिदिनको निर्णयहरुको आधारमा निर्मित हुन्छ र त्यसैले यो अधिक महत्वपूर्ण हुन्छ।

टेबुलमा रहेको एउटा स्याउलाई धेरै व्यक्तिहरु ले हेर्न सक्छन। एउटा स्याउलाई देखेर एक वनस्पतिशास्त्री त्यसलाई वर्गीकरण गर्दछ। एउटा कलाकार त्यसमा ठोस-जीवन देख्दछ र त्यसलाई चित्रमा। एउटा बनिया यसलाई एक संपत्तिको रूपमा देख्दछ र यसलाई गोदाममा राख्दछ। एउटा बच्चाले यसलाई खाजाको रुपमा हेर्छ र खान्छ। हामी कुनै परिस्थितिलाई जसरी हेर्छौ यसले यो कुरालाई प्रभावित गर्दछ कि हामीले संसारलाई कसरी विस्तृत रूप हेर्छौ। प्रत्येक विश्वदृष्टिकोण, चाहे ख्रीष्टयनको हो वा अन्यजाति, कम से कम यी प्रश्नहरुको चर्चा गर्दछ:

1) हामी कहा बाट आयौ? (हामी यहाँ किन छौ?)
2) यस संसारको साथमा के गलत छ?
3) हामीले यसलाई कसरी ठीक गर्न सक्छौ?

आजको प्रचलित विश्वदृष्टिकोण प्रकृतिवाद छ, जुन: यी प्रश्नहरूका उत्तर यसरी दिदछ: 1) हामी प्रकृतिमा भएको अनियमित कार्यहरुको बिना कुनै वास्तविक उद्देश्यको उत्पादन हौ। 2)हामी प्रकृतिको सम्मान गर्दैनौ जसरी हामीले गर्नु पर्ने हो। 3) हामी यस संसारको वातावरण र यसको देखरेख द्वारा गर्न सक्छौ। एउटा प्राकृतिक विश्वदृष्टिकोणले अनेक सम्बन्धित दर्शनविज्ञानहरु जस्तै नैतिक सापेक्षवाद, अस्तित्ववाद, व्यावहारिकतावाद र आदर्शवादलाई उत्पन्न गर्न सक्छ।

दोस्रो तर्फ, एउटा ख्रीष्टयन विश्वदृष्टिकोण, यी तीन प्रश्नहरुका उत्तर बाइबल आधारित व्याख्याको साथ दिदछ: 1) हामी परमेश्वरको सृष्टि, यस संसारको माथि शासन गर्ने र उसको साथ सगंति गर्नको लागि निर्मित गरिको हौ (उत्पत्ति 1:27-28; 2:15)। 2) हामीले परमेश्वरको विरुद्ध पाप गरेका छौँ र यस सारा संसारलाई अभिशापको अधीनमा पुर्याएको छौँ (उत्पत्ति अध्याय 3)। 3) स्वयं परमेश्वरले उहाँको पुत्र येशू ख्रीष्टको बलिदानद्वारा यस संसारलाई छुटकारा दिनु भएको छ (उत्पत्ति 3:15; लूका 19:10), र एक दिन उहाँले यस सृष्टिलाई उहाँको पहिलो जस्तै पूर्णतामा पुन: स्थापित गरि दिनु हुनेछ (यशैया 65:17-25)। एक ख्रीष्टयन विश्वदृष्टिकोण हाम्रो नैतिक सुनिश्चिता, आश्चार्यक्रम, मानव गरिमा, र छुटकाराको संभावनामा विश्वास गर्नको लागि मार्गदर्शन दिदछ।

यो स्मरण राख्न महत्वपूर्ण छ कि एक विश्वदृष्टिकोण व्यापक हुँदछ। यो जीवनको हरेक क्षेत्रमा, पैसा देखि नैतिकता सम्म, राजनीति देखि कला सम्म प्रभावित हुँदछ। साँचो मसीह मण्डलीमा उपयोग हुने वाला विचारहरुको सूची भन्दा ठूलो छ। मसीह जस्तै स्वयं बाइबलमा दिएको शिक्षा आफैमा एउटा विश्वदृष्टिकोण हो। बाइबल एक "धार्मिक" र एक "धर्मनिरपेक्ष" जीवनको बीचमा केहि भिन्नता गर्दैन। येशूले स्वयंको लागि घोषणा गर्नुभएको थियो कि उहाँ स्वयं "बाटो, सत्य र जीवन हुनुहुन्छ" (यूहन्ना 14:6), र यस्तो गर्नुमा, उहाँ हाम्रो विश्वदृष्टिकोण बन्नु भयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मसीह विश्वदृष्टिकोण के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries