settings icon
share icon
प्रश्न

बाइबल प्रेरित छ भन्नको अर्थ के हो?

उत्तर


जब मानिसहरुले बाइबल प्रेरणाद्वारा आएको हो भन्ने विषयमा बोल्दछ, तिनीहरुले त्यस सत्यतालाई उल्लेख गर्दैछन् कि परमेश्वरले धर्मशास्त्रका लेखकहरुलाई त्यस तरिकामा स्वर्गीयरुपले प्रभाव पार्नुभयो कि तिनीहरुले जे लेखे त्यो नै परमेश्वरको वचन थियो। वचनहरुको सन्दर्भमा, “प्रेरणा” शब्दको अर्थ हुन्छ “परमेश्वरको प्रेरणाद्वारा भएको।” प्रेरणाको अर्थ हुन्छ बाइबल वास्तवमै परमेश्वरको वचन हो र बाइबललाई अरु सबै पुस्तकहरु माझ एउटा अनौंठो बनाइएको छ।

कुन चाहिँ बाइबल प्रेरणाद्वारा आएको हो भन्ने कुरामा हदैसम्म त्यहाँ विभिन्न विचारहरु रहेको भए तापनि, बाइबलको हरेक भागमा भएको हरेक वचन परमेश्वरबाटै बोलिएको हो (१कोरिन्थी २:१२-१३; २तिमोथी ३:१६-१७) भनेर बाइबल आफैले नै दाबी गरेको कुरामा कुनै शंका हुन सक्दैन। वचनहरुको यस विचारलाई प्रायःजसो “मौखिकरुपमै पूर्ण भएको” प्रेरणाकोरुपमा उल्लेख गरिदछ। जसको अर्थ हो कि विचारहरु र भावनाहरु मात्र होइन— प्रेरणा स्वयंमा प्रत्येक शब्द (मौखिकरुपमा) को माथि कार्य गर्दछ— र यो प्रेरणाको सीमा धर्मशास्त्रको प्रत्येक भागमा र धर्मशास्त्रको विषय वस्तु भन्दा माथि कार्य गर्दछ (शाब्दिक रुपमा)। केही मानिसहरुले बाइबलका केही भागहरुमात्र प्रेरित छ अथवा धर्मसँग सम्बन्ध रहेको विचारहरु र अवधारणाहरुमात्र प्रेरित छ भनेर विश्वास गर्छन्, तर प्रेरणाका यस्ता विचारहरु आफ्नै विषयमा बाइबलका दाबीहरुप्रति गलत साबित हुँदछ। मौखिकरुपमै पूर्ण भएको सम्पूर्ण प्रेरणा परमेश्वरको वचनको एउटा अत्यावश्यक विशेषता हो।

प्रेरणाको विस्तारलाई २ तिमोथी ३:१६ मा स्पष्टरुपले देख्न सकिन्छ, “सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ।” यस पदले हामीलाई भन्दछ कि सबै वचन परमेश्वरको प्रेरणाबाट भएको हो र यो हाम्रोलागि लाभदायक हुन्छ। धार्मिक सिद्धान्तहरुसँग सम्बन्ध राख्ने बाइबलका भागमात्र प्रेरणाबाट भएको होइन, तर उत्पतिदेखि प्रकाशसम्मका हरेक शब्द प्रेरणाबाटै भएको हो। किनकि यो परमेश्वरको प्रेरणाबाटै भएको हुनाले, सिद्धान्त स्थापित गर्ने कुरामा वचनहरु प्रामाणिक छन् अनि परमेश्वरसँग कसरी सठीक सम्बन्धमा हुनुपर्ने भनेर मानिसलाई सिकाउनको लागि प्रर्याप्त छन्। बाइबलले परमेश्वरको प्रेरणाबाट भएको भनेरमात्र दावी गर्दैन, तर हामीलाई परिवर्तन गर्ने र हामीलाई “पूर्ण” बनाउने अलौकिक क्षमता भएको कुराको पनि दाबी गर्दछ।

अर्को पद जसले प्रेरणाको सम्बन्ध बताउदछ त्यो २ पत्रुस १:२१ हो। यस पदले हामीलाई बुझ्नको लागि मदत् गर्दछ कि यद्यपि परमेश्वरले मानिसहरुलाई तिनीहरुको विशिष्ट व्यक्तित्व र लेखन शैलीसहित प्रयोग गर्नुभए तापनि, तिनीहरुले लेखेका हरेक वचनहरुलाई परमेश्वरले ईश्वरीय तरिकाले प्रेरित गर्नुभयो। येशू आफैले पनि वचनलाई मौखिकरुपमै प्रेरणाबाट पूरा भएको भनेर पुष्टि गर्नुभयो जब उहाँले यसरी भन्नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरुलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरुलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभइ कुनै किसिमले व्यवस्थाबाट एउटामात्रा वा एउटा बिन्दु टल्नेछैन” (मत्ती ५:१७-१८)। यी पदहरुमा, वचनहरुको परिशुद्धतालाई येशूले सानोभन्दा सानो विवरण र विराम चिह्नसम्मलाई बलियो बनाउँदै हुनुहुन्छ, किनभने यो परमेश्वरको आफ्नै वचन हो।

किनकि वचनहरु परमेश्वरको प्रेरणाबाट भएको हुनाले, तिनीहरु भूल नगर्ने र प्रामाणिक पनि छन् भनेर हामीले निष्कर्ष निकाल्न सक्दछौं। परमेश्वरको एउटा सठीक दृष्टिकोणले हामीलाई उहाँको वचनको सठीक विचारतर्फ डोर्याउँछ। किनकि परमेश्वर सर्वशक्तिमान्, सर्वज्ञानी र पूर्णरुपले सिद्ध हुनुभएकोले गर्दा, स्वभावले नै उहाँको वचनमा पनि त्यस्तै विशेषताहरु हुनेछन्। वचनहरुको प्रेरणालाई स्थापित गर्ने त्यही नै पदहरुले यो भूल नगर्ने र प्रामाणिक दुबै छन् भन्ने कुरा पनि स्थापित गर्दछ। बिना कुनै शंका बाइबल त्यही हो जुन बाइबलले हुने दाबी गर्दछ— मानिसजातिप्रति, इन्कार गर्न नसकिने, परमेश्वरको आधिकारीक वचन हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबल प्रेरित छ भन्नको अर्थ के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries