settings icon
share icon
प्रश्न

कयिनको पत्नी को थिइन? के कयिनको पत्नी उसको आफ्नै बहिनी थिइन?

उत्तर


कयिनको पत्नी को थिइन भनेर बाइबलले विशेष रुपमा भनेको छैन। सम्भावित उत्तर चाहिँ यी हुन सक्छ कि कयीनको श्रीमत्ती उसको बहिनी वा भतिजी वा भान्जी वा फुपु इत्यादि थिइन। बाइबलले यो पनि बताउदैन कि जब कयिनले कतिको उमेरमा हाबिललाई मारे (उत्पत्ति ४:८)। तिनीहरु दुबै किसान भएका कारण तिनीहरु दुबै पुर्णरुपले हुरर्केका जवान हुनसक्छन्, आफ्नै परिवारहरु भएका हुन सक्छन्। आदम र हव्वाले निश्चय रुपमा कयिन र हाबिल बाहेक हाबिल मारीएका समय अरु सन्तानहरु पनि जन्माएका थिए। त्यसपछि पनि तिनीहरुको धेरै सन्तानहरु भए (उत्पत्ति ५:४)। वास्तवमा कयिनले हाबिललाई मारे पछि तिनी आफ्नै जीवनप्रति भयभित भएका थिए (उत्पत्ति ४:१४) ले यो संकेत गर्दछ कि त्यस समय आदम र हव्वाका धेरै छोराछोरीहरु र सायद नाती नातिनाहरु थिए। कयिनको पत्नी (उत्पत्ति ४:१७) आदम र हव्वाको नातिनि थिइन।

किनकिआदम र हव्वा पहिलो (एक मात्र) मानिस भएको हुनाले, तिनीहरुको सन्तानलाई आन्तरिक विवाह भन्दा अर्को विकल्प थिएन। परमेश्वरले तबसम्म आन्तरिक पारीवारिक विवाहमा रोक लगाउनु भएन जबसम्म अन्तर विवाहको लागि प्रशस्त मानिसहरु भएनन् (लेवी १८:६-१८)। जब एउटै वंशका दुई व्यक्तिहरुको (दाजु-बहिनी) बीच सन्तान हुन्छ तब प्राय छोराछोरीहरुमा हुने अनुवंशीक असामान्यताहरुको परिणाम ल्याउँदछ, अनुवंशीक त्रुटीहरु एकदमै परिणाममा आउने सम्भावना हुन्छन्। जब भिन्न-भिन्नै परिवारका मानिसहरु बीच छोरा छोरी हुन्छन्, तब अनुवंशीक त्रुटी हुने सम्भावना कम हुन्छ। शताब्दी देखि मानिसहरुको अनुवंशीकतामा दोष धेरै “प्रदुषित” भएको छ कि अनुवंशीकता सम्बन्धि दोष तीव्र रुपमा बढ्दै गयो, विस्तार हुदै गयो, र एक पुस्ता देखि अर्को पुस्तामा बढ्दै गयो। आदम र हव्वामा कुनै पनि अनुवंशीक त्रुटीहरु थिएन, जसको कारण तिनीहरुको कोहि पहिलो पुस्तासम्म धेरै स्वस्थको गुण उपलब्ध थियो जो आजको समयमा हामीहरुसँग छैन। यदि भएको भए पनि, आदम र हव्वाको सन्तानमा, निकै कम अनुवंशीक त्रुटीहरु थिए। जसको फलस्वरुप, तिनीहरु अन्तर विवाहको लागी सुरक्षित थिए।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

कयिनको पत्नी को थिइन? के कयिनको पत्नी उसको आफ्नै बहिनी थिइन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries