settings icon
share icon
प्रश्न

कॉल्विनवाद बनाम अर्मेनिअमवाद – यस मध्य कुन दृष्टिकोण सही हो?

उत्तर


कॉल्विनवाद अर्मेनिअमवाद र धर्मविज्ञानको दुईवटा यस्तो पद्धतिहरु हुन जो उद्धारको विषयमा परमेश्वरको प्रभुत्व र मानिसको दायित्व मध्यको सम्बन्धको व्याख्या गर्ने प्रयास गर्दछ। कॉल्विनवाद चाहिँ जॉन कॉल्विन, एक फ्रांसीसी धर्मवैज्ञानिकको नामबाट प्राप्त गरिएको हो, जुन 1509-1564 मा रहेका थिए। अर्मेनिअमवाद चाहिँ ज़कोबुस अर्मेनिऊस, एक डच धर्मवैज्ञानिक जो 1560-1609 मा रहेका थिए उनको नामबाट प्राप्त गरिएको हो।

दुबै पद्धतिहरुलाई पाँच मुख्य बुदाहरुमा संक्षिप्तबाट प्रस्तुत गर्न सकिन्छ। कॉल्विनवादले मानिसको पूर्ण पतन वा भ्रष्टताको धारण दिन्छ जब कि अर्मेनिअमवादले आंशिक पतन वा भ्रष्टताको धारण दिन्छ। पूर्ण भ्रष्टतामा भनिएको छ कि मानिसको हरेक पक्ष पापबाट दुषित छ; त्यसैले, मानिस आफ्नो स्वयंको योग्यता देखि परमेश्वरको नजिक आउन असमर्थ छ। आंशिक भ्रष्टतामा भनिएको छ कि शायद मानिसको हरेक पक्ष पापबाट दूषित छ, तर त्यस सीमा सम्म छैन कि ऊ आफुले आफैलाई परमेश्वरमा विश्वास राख्नको योग्य नै छैन।

कॉल्विनवादको मान्यतामा अनुसार बिना कुनै शर्त चुनिनु सम्मिलित छ, जब कि अर्मेनिअमवादको अनुसार चुनिनु एक सशर्त मान्यता हो। बिना कुनै शर्तको चुनिनु यस्तो दृष्टिकोण हो जसमा परमेश्वरले कुनै पनि व्यक्तिलाई उद्धारको लागि चुनाव उहाँको निहित योग्यताको माथि आधारित नभई पूर्ण रुपमा स्वयंको माथि निर्भर भइ गर्नुहुन्छ। सशर्त चुनावले यो भन्छ कि परमेश्वरले कुनै पनि व्यक्तिको उद्धार आफ्नो त्यस पूर्वज्ञान माथि आधारित भई गर्नुहुन्छ जसमा उहाँले यो जान्नु हुन्छ कि कसले ख्रीष्टमा उद्धारको लागि विश्वास गर्दछ, जसको कारण, त्यस शर्तको माथि एक व्यक्तिले परमेश्वरलाई रोज्दछ।

कॉल्विनवाद प्रायश्चितलाई सीमित रूपमा हेर्द छ, जबकि अर्मेनिअमवाद यसलाई असीमित रूपमा हेर्द छ। यी बुदाहरु नै अधिक विवादास्पद हो। सीमित प्रायश्चित्तको यो मान्यता छ कि येशू केवल चुनिएकाहरु को लागि मर्नुभयो। असीमित प्रायश्चित्तको यो मान्यता छ कि येशू सबैको लागि मर्नु भयो, तर उहाँको मृत्यु तब सम्म प्रभावकारी हुदैन जब सम्म हरेक व्यक्तिले त्यसलाई विश्वास द्वारा स्वीकार गर्दैन।

कॉल्विनवादको मान्यता अनुसार परमेश्वरको अनुग्रह प्रबल रहनुमा सम्मिलित छ, जब कि अर्मेनिअमवादले यो भन्छ कि एक व्यक्तिले परमेश्वरको अनुग्रहको विरोध गर्न सक्छ। प्रबल रहनेहरु अनुग्रहको तर्क दिद्छन जब परमेश्वरले एउटा व्यक्तिलाई उद्धार प्राप्तिको लागि बोलाउनु हुन्छ, तब उ अनिवार्य रूपले उद्धार प्राप्त गर्नको लागि आउने छ। विरोध गर्ने अनुग्रहले यो भन्छ कि परमेश्वरले सबैलाई उद्धार प्राप्तिको लागि बोलाउनु हुन्छ, तर धेरै जनाले उहाँको बोलावटलाई विरोध गर्छन र त्यसलाई अस्वीकार गर्दछन।

कॉल्विनवादले सन्तहरुको अध्यवसाय वा उनीहरुलाई सम्भाली राख्नुको धारणलाई मान्दछ जब कि अर्मेनिअमवादले सशर्त उद्धारको धारणालाई मान्यता दिन्छ। सन्तहरुको अध्यवसाय वा उनीहरुलाई सम्भाली राख्ने धारणले यो संकेत दिन्छ कि एउटा व्यक्ति जसलाई परमेश्वर द्वारा चुनिएकोछ परमेश्वर उसको विश्वास र इच्छालाई यसरी सम्भाली राख्नु हुन्छ कि उसले स्थाई रूप देखि ख्रीष्टलाई इन्कार गर्ने छैन वा उहाँलाई कहिल्यै छोड्ने छैन। सशर्त उद्धार एउटा यस्तो दृष्टिकोण हो जसले यो मान्दछ कि एउटा विश्वासी ख्रीष्टमा भए तापनि आफ्नै स्वतंत्र इच्छा हुँदछ, ऊ ख्रीष्टलाई छोडी जान सक्छ र फलस्वरूप आफ्नो उद्धारलाई गुमाउन सक्छ। नोट- धेरै अर्मेनिअमवादले “सिमित उद्धार” लाई इन्कार गर्छन बरु त्यसको साटोमा उनीहरुले “अनन्तको सुरक्षा” लाई पकडी राख्छन।

यसरी, कॉल्विनवाद बनाम अर्मेनिअमवादको वाद-विवादमा कुन चाहिँ सही हो? यो ध्यान दिनु रोचक छ ख्रीष्टको देहमा विविधता छ, यहाँ निर कॉल्विनवाद र अर्मेनिअमवादको सबै किसिमको मिश्रण रहेका छन। यहाँ निर पाँचवटा कुराहरुलाई मान्ने कॉल्विनवादी हुन् र पाँच-कुराहरुलाई मान्ने अर्मेनिअमवादी हुन्, र ठीक यस समय, तीन-कुराहरुलाई मान्ने कॉल्विनवादी हुन् र दुई-कुराहरुलाई मान्ने अर्मेनिअमवादी हुन्। धेरै विश्वासी केहि सीमा सम्म यी दुई दृष्टिकोणहरुको मिश्रण सम्म पुग्दछन। अन्तमा, यो हाम्रो दृष्टिकोण हो कि दुबै पद्धतिहरु असफल रहन्छन किनकी यी दुबैले वर्णन नहुने व्याख्या गर्ने प्रयास गर्दछन। मानिस यस किसिमको विचारधारालाई पूर्ण रूपमा आत्मसात् गर्ने योग्यको छैन। हो, मानिसको ख्रीष्टमा उद्धारको लागि विश्वास गर्नुको लागि साँचो निर्णय लिनलाई बोलावट दिइएको छ। यस्तो देखिन्छ कि यि दुई तथ्यहरु एक अर्कोमा विरोधाभासपूर्ण छन, तर यो परमेश्वरको मनमा यसले पूर्ण अर्थ निर्मित गर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

कॉल्विनवाद बनाम अर्मेनिअमवाद – यस मध्य कुन दृष्टिकोण सही हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries