settings icon
share icon
प्रश्न

के ख्रीष्टियन दुष्टात्माले जकडिएको हुनुसक्छ? के ख्रीष्टियन दुष्टात्माको अधीनमा हुनसक्छ?

उत्तर


ख्रीष्टियनलाई दुष्टात्मा लाग्न सक्छ कि सक्दैन भनेर बाइबलले स्पष्टरुपले उल्लेख नगरेको भए तापनि सम्बन्धित बाइबलीय सत्यताहरुले ख्रीष्टियनहरुलाई दुष्टात्माले अधिकार गर्न सक्दैन भनेर स्पष्टै पार्दछ। दुष्टात्माद्वारा अधिकार गरिनु र दुष्टात्माद्वारा प्रभाव पारिनुमा स्पष्ट भिन्नता रहेको छ। दुष्टात्मा लागेको भन्नाले कुनै व्यक्तिको विचारहरु अथवा कामहरुमा दुष्टको प्रत्यक्ष र पूर्ण नियन्त्रणलाई बुझिन्छ (मत्ती १७:१४-१८; लूका ४:३३-३५; ८:२७-३३)। दुष्टात्माको दमन अथवा प्रभाव भन्नाले कुनै व्यक्तिलाई आत्मिकीरुपमै आक्रामण गरेर त्यसलाई पाप गद्रै उत्प्रेरित गर्नुभन्ने बुझिन्छ। ध्यान दिनुहोस् कि आत्मिकी संघर्षसँग सम्बन्धित नयाँ करारको सम्पूर्ण परिच्छेदहरुमा एउटा विश्वासीबाट भूतलाई निकाल्ने कुनै निर्देशन त्यहाँ छैन (एफिसी ६:१०-१८)। विश्वासीहरुलाई त दुष्टात्माको विरोध गर्नु (याकूब ४:७; १पत्रुस ५:८-९) भनेर भनिएको छ तर त्यसलाई निकाल्न होइन।

ख्रीष्टियनहरुमा त पवित्र आत्माले वास गर्नुहुन्छ (रोमी ८:९-११; १कोरिन्थी ३:१६; ६:१९)। पवित्र आत्माले निश्चय नै उहाँ वास गर्नुभएको व्यक्तिमा दुष्टात्मालाई आउने अनुमति दिनुहुन्न। परमेश्वरले ख्रीष्टको रगतद्वारा आफूले किन्नुभएर (१पत्रुस १:१८-१९) नयाँ प्राणी बनाउनुभएको (२कोरिन्थी ५:१७), आफ्नो कुनै सन्तानलाई दुष्टात्माद्वारा अधिकार गर्न र नियन्त्रण गर्न दिनुहुने, कुरोचाहिँ सोच्नै नसकिने छ। हो, विश्वासीहरु भएका हुनाले, हामी शैतान र दुष्टात्माहरुसँग लडाईं त गर्छौं, तर हामी आफैबाट होइन। प्रेरित यूहन्नाले यसरी घोषणा गरेका छन्, “मेरा साना बालकहरु, तिमीहरुचाहिँ परमेश्वरका हौ, र तिनीहरुमाथि विजयी भएका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ” (१यूहन्ना ४:४)। हामीसँग हुनु हुनेचाहिँ को हुन्? पवित्र आत्मा। संसारसँग हुनेचाहिँ को हुन्? शैतान र दुष्टात्माहरु। त्यसैकारण, विश्वासीहरुले दुष्टात्माहरुको संसारलाई जितेका छन्, र एउटा विश्वासीलाई दुष्टले अधिकार गर्ने कुरोचाहिँ बाइबलीय रुपमा प्रमाणित हुनु सक्दैन।

एउटा ख्रीष्टियनलाई दुष्टात्माले अधिकार गर्न सक्दैन भन्ने कठोर बाइबलीय प्रमाणलाई ध्यान राख्दै, कुनै ख्रीष्टियनलाई दुष्टात्माले अधिकार गरेको कुरालाई “भूत लागेको” शब्दलाई केही बाइबल शिक्षकहरुले प्रयोग गरेका छन्। कसैले यसरी वहस गरेका छन् कि ख्रीष्टियनलाई दुष्टात्माले अधिकार गर्न नसकेपनि, ख्रीष्टियनलाई भूत भने लाग्न सक्छ। विशेष गरेर, भूत लाग्ने विवरणचाहिँ भूतले अधिकार गर्ने कुरासँग मिल्दोजुल्दो छ। यसैले, परिणामचाहिँ एउटै निक्लन्छ। शब्दको परिवर्तन गराईले दुष्ट कुनै विश्वासीमा बस्न सक्दैन अथवा पूर्णरुपले नियन्त्रण गर्न सक्दैन भन्ने वास्तविकतालाई परिवर्तन गर्दैन। ख्रीष्टियनहरुका लागि दुष्टको प्रभाव र दमनचाहिँ वास्तविक कुराहरु हुन्, निसन्देह, तर एउटा विश्वासीलाई भूत लाग्न अथवा भूतले अधिकार गर्न सक्दैन भन्नुचाहिँ बाइबलीय कुरो भने होइन।

भूत लाग्ने अवधारणाको पछि थुप्रै कारणहरुचाहिँ कुनै ख्रीष्टियनलाई दुष्टद्वारा नियन्त्रण गरिएको कुराको प्रमाणलाई प्रदर्शन गरेको व्यक्तिगत रुपमै देखिएकोले गर्दा भएको हो। यो अतिनै महत्वपूर्ण कुरो भए तापनि, धर्मशास्त्रको हाम्रो व्याख्या गराईमा हामी व्यक्तिगत अनुभवलाई प्रभाव पार्न दिँदैनौं। बरु, हामीले त वचनको सत्यताद्वारा हाम्रा व्यक्तिगत अनुभवहरुलाई छान्नैपर्दछ (२तिमोथी ३:१६-१७)। हामीले ख्रीष्टियन भनी सोचेको कसैले भूत लागेको व्यवहारलाई प्रदर्शन गरेको देख्दा हामीमा त्यसको विश्वासको साँचोपनाप्रति प्रश्न गनुपर्दछ। यसले कुनै ख्रीष्टियनलाई भूत लाग्न सक्छ भन्ने हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्नुहुँदैन। हुनसक्छ त्यो व्यक्ति साँच्चै एउटा ख्रीष्टियन हो, तर दुष्टले नराम्रो गरी दमन गरेको अथवा तीब्र मनोवैज्ञानिक समस्याहरुले सताएको हुनसक्छ। तर फेरि पनि, हाम्रो अनुभवले वचनको जाँचलाई पूरा गर्नैपर्दछ, न त यसको विपरित।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के ख्रीष्टियन दुष्टात्माले जकडिएको हुनुसक्छ? के ख्रीष्टियन दुष्टात्माको अधीनमा हुनसक्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries