settings icon
share icon
प्रश्न

ख्रीष्टियन धर्म के हो - र ख्रीष्टियनहरुले के विश्वास गर्छन्?

उत्तर


ख्रीष्टियन धर्मको मुख्य विश्वासलाई १ कोरिन्थी १५:१-४ मा सारांशित गरेका छन्। येशू हाम्रो पापको लागि मर्नुभयो, गाडिनु भयो, पुनरुत्थान हुनुभएको, र जसले उहाँलाई विश्वासका साथ ग्रहण गर्ने छन् उसलाई मुक्ति प्रदान गरिनेछ। अरु विश्वास भन्दा भिन्दै, ख्रीष्टियन धर्म धार्मिक प्रचलन भन्दा एक सम्बन्धको बारेमा हो। "यो गर्नु वा यो नगर्नु" को एक सूचीको पालना गर्नु भन्दा, एउटा ख्रीष्टियन विश्वासको लक्ष्य परमेश्वरको साथ घनिष्ठ पैदल खेती गर्नु हो। त्यो सम्बन्ध येशू ख्रीष्टको काम र पवित्र आत्माको सेवकाईले मात्र सम्भव छ।

यो मुख्य विश्वास देखि बाहिर, त्यहाँ अरु पनि धेरै कुरा हरु छन्, अथवा केहि न केहि कुरा हुनु पर्ने, जसले यो संकेत गर्दछ कि ख्रीष्टियन धर्म के हो र ख्रीष्टियनहरुको विश्वासले के विश्वास गर्दछ। ख्रीष्टियनहरुले यो विश्वास गर्दछन् कि बाईबल परमेश्वरको आफ्नै वचनको प्रेरणाबाट हो, “परमेश्वरको-श्वस” परमेश्वरको वचन र त्यसको शिक्षाको अन्तिम अधिकार रहेको छ (२ तिमोथी ३:१६; २ पत्रुस १:२०-२१)। ख्रीष्टियनहरुको विश्वास एउटा परमेश्वरमा हुन्छ जसको अस्तित्व तीन व्यक्तित्वको रुपमा छ— पिता परमेश्वर, पुत्र (येशू ख्रीष्ट), र पवित्र आत्मा।

ख्रीष्टियनहरुले यो विश्वास गर्छन् कि मानवजाती परमेश्वसँग विशेष सम्बन्ध राख्न सृष्टि गरिएका थिए, तर पापले सबै मानिसलाई परमेश्वरबाट अलग पार्यो (रोमी ३:२३; रोमी ५:१२)। येशू ख्रीष्ट पूर्ण रुपमा मानिस र पुर्ण रुपमा परमेश्वर भएरै यस संसारमा हिड्नु भयो (फिलिप्पी २:६-११), र क्रुसमा मर्नुभयो भनी ख्रीष्टियन धर्मले सिकाउँछ। ख्रीष्टियनहरु यो विश्वास गर्छन् कि उहाँको क्रुसमा मृत्यू पछि, ख्रीष्ट गाडिनु भयो, उहाँ फेरि बौरिउठ्नु भयो, र अहिले पिताको दाहिने हात तर्फ विराजमान हुनुहुन्छ, विश्वसीहरुको निम्ति सधैका लागि मध्यस्थता गरिरहनु भएको छ (हिब्रू ७:२५)। ख्रीष्टियन धर्मले यो दाबी गर्छ कि क्रुसमा येशूको मृत्यु सबै मानिसको पापको ऋण पूर्ण रुपमा चुकाउन पर्याप्त थियो र यसले परमेश्वर र मानिस बीचको टुटेको सम्बन्धलाई पुन:स्थापित गर्दछ (हिब्रु ९:११-१४; १०:१०; रोमी ५:८; ६:२३)।

ख्रीष्टियन धर्मले यो सिकाउद छ कि बचाईनको निम्ति र मृत्युपछि स्वर्गमा पस्नुको निम्ति, कसैले पूर्ण रुपमा ख्रीष्टले क्रूसमा पूरा गरेको कामलाई विश्वास गर्नुपर्छ। यदि हामीले ख्रीष्ट हाम्रो सट्टमा मर्नुभयो र हाम्रो पापको मूल्य चुकाउनु भयो, र फरी बौरी उठ्नु भयो भनी विश्वास गर्छौँ भने हामी बाचइने छौँ। उद्धार पाउँनको लागि कसैले केहि पनि गर्न सक्दैन्। हामीहरु मध्य कोई पनि “यति असल” हुनसक्दैनौं जसले परमेश्वरलाई प्रशन्न तूल्याउछ, किनकि हामी सबै पापी छौं (यसैया ५३:६; यसैया ६४:६-७)। अब अरु केहि बढी गर्नुपर्ने छैन, किनकि ख्रीष्टले सबै काम गरिसक्नु भएको छ! जब उहाँ क्रुसमा हुनुहुन्थ्यो, येशू भन्नु भयो, “अब सिद्धियो” (यूहन्ना १९:३०), मतलब यो हो कि छुटकारा को कार्य पूरा भयो।

ख्रीष्टियन धर्मको अनुसार, उद्धार भनेको पुरानो पापमय स्वभाव बाट छुटकारा पाउनु र परमेश्वरसँग सही सम्बन्ध राख्नु र उहाँको पछि लग्ने स्वतन्त्रता हो। एक समयमा हमीहरू पापको दास थियौँ, अब हामी ख्रीष्टको दास हौँ (रोमी ६:१५-२२)। जब सम्म विश्वासीहरु यस संसारमा पापमय शरीरको साथमा रहन्छन्, तब सम्म उनीहरू निरंतर रूपमा पापसँग संघर्ष गरिरहने छन्। तैपनि, ख्रीष्टियनहरुले परमेश्वरको वचन पढेर वा आफ्नो जीवनमा लागु गरेर र पवित्र आत्माको नियन्त्रणमा— अर्थात्, प्रतिदिनको परिस्थितिमा आत्माको मार्गदर्शनको अधिनमा हुनुले नै पाप संघर्ष माथि विजय प्राप्त गर्न सक्छौँ।

त्यसैले, धेरै धार्मिक प्रणालीमा एउटा व्यक्तिले निश्चित कुराहरु गर्नुपर्छ। वा निश्चित कुराहरु गर्नु पर्दैन भनी आवश्यक परे जस्तै ख्रीष्टियन धर्म भनेको यो विश्वास गर्नु हो कि तपाईंको पापको मूल्य चुकाउन ख्रीष्ट क्रूसमा मर्नुभयो र फेरी बौरी उठ्नु भयो। हाम्रो पापको ऋण तिरीएको छ र हामी परमेश्वरसँग संगति गर्न सक्छौँ। हमिहरूको पापमय स्वभावमाथि हामी विजय पाउँन सक्छौँ र परमेश्वरसँग संगति र आज्ञाकारीतामा हिड्न सक्छौँ। यो साँचो बाइबलिय ख्रीष्टियन धर्म हो ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियन धर्म के हो - र ख्रीष्टियनहरुले के विश्वास गर्छन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries