प्रश्न
येशू उहाँको मृत्यु र पुनरुत्थान बीचको तीन दिनसम्म कहाँ हुनु्हुन्थ्यो?
उत्तर
१ पत्रुस ३:१८-१९ ले भन्दछ कि, “किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रीष्ट पनि पापहरुका निम्ति सदाकोलागि एक चोटि मर्नु भयो। उहाँ शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो, यसै आत्मामा उहाँ जानुभयो र कैदमा मरेका आत्माहरुलाई पनि प्रचार गर्नुभयो।” १८ पदमा भएको “आत्मा” भन्ने वाक्यांश “शरीरमा” भन्ने वाक्यांशसँग, मिल्दो अर्थको छ। यसैले “आत्मा” शब्दलाई एउटै क्षेत्रको “शरीर” शब्दसँग सम्बन्ध स्थापित गर्न असल देखिन्छ। शरीर र आत्मा चाहिँ ख्रीष्टको शरीर र आत्मा हुन्। “आत्मामा उहाँ जीवित पारिनु भयो” भन्ने वाक्यांशले ख्रीष्टले पाप बोक्नु भएको र मृत्युले उहाँको मानविय आत्मालाई पिताबाट अलग गरेको तथ्यलाई संकेत गर्दछ (मत्ती २७:४६)। शरीर र आत्माको बीचमा भिन्नता छ, जसरी मत्ती २७:४६ र रोमी १:३-४ मा छ, र ख्रीष्टको शरीर र पवित्र आत्मामा छैन। जब पापको निम्ति गरिएको ख्रीष्टको प्रायश्चितको काम पूरा भए, तब उहाँको आत्माले त्यो तोडिएको संगतिलाई पुनस्थापन गरे।
१ पत्रुस ३:१८:२२ ले ख्रीष्टको दुःख (पद १८) र उहाँको महिमा (पद २२) बीचको अनिवार्य सम्बन्धलाई वर्णन गर्दछ। पत्रूसले मात्र ति दुई घटनाहरुको बीचमा के भएको थियो भन्ने बिषयमा विशेष जानकारी दिदछ। पद १९ मा भएको “प्रचार गर्नुभयो” भन्ने वाक्यांश नयाँ करारमा सुसमाचार प्रचार गर्ने कुरालाई सधैंको जस्तै वर्णन गर्दैन। यसको साँचो अर्थ एउटा सन्देश घोषणा गर्नु भन्ने हुन्छ। येशूले दुःख भोग्नु भयो र क्रूशमा मर्नुभयो, उहाँको शरीरलाई मारियो, र जब उहाँलाई पाप बोकाइयो तब उहाँको आत्मा पनि मर्यो। तर उहाँको आत्मालाई जीवित पारियो र उहाँले त्यसलाई पितालाई समर्पित गर्नुभयो। पत्रुसको अनुसार, उहाँको मृत्यु र उहाँको पुनरुत्थान बीचको अवधिमा येशूले “कैदमा भएका आत्माहरुलाई” एउटा विशेष घोषणा गर्नु भयो।
यसलाई शुरु गर्न अघि, पत्रूसले मानिसहरुको उल्लेख “प्राणहरु” को रुपमा “आत्माहरु” को रुपमा होइन भनी समबोधन गर्नुभयेा (३:२०)। नयाँ करारमा, “आत्माहरु” भन्ने शब्दले स्वर्गदुत वा दृष्ट आत्माहरु व्याख्या गर्न प्रयोग भएको छ, मानिसहरुलाई होइन, र २२ पदले यो अर्थलाई साबित गर्दछ। यसको साथमा, बाइबलमा कहिँ पनि येशू नरक जानुभयो भन्ने कुरा हामीलाई बताउँदैन। प्रेरित २:३१ पलदे भन्दछ कि उहाँ “पाताल” (बि.एस.आई, नेपाली अनुवाद), मा जानुभयो तर “पाताल” भनेको नरक होइन। “पाताल” शब्दले मृत्युलोक देखाउँछ, एउटा अस्थायी स्थान जहाँ रहेर पुनरुत्थानको प्रतिक्षा गरिन्छ। प्रकाश २०:११-१५ (बि.एस.आई, नेपाली अनुवाद) पदहरुले यी दुई स्थानहरु बीचको स्पष्ट भिन्नतालाई प्रस्तुत गर्दछन्। नरक भनेको हराएकाहरुका निम्ति स्थायी ठाउँ र अन्तिम न्याय हो। पाताल चाहिँ अस्थायी ठाउँ हो।
हाम्रो प्रभुले उहाँको आत्मा पितालाई समर्पित गर्नुभयो, मर्नुभयो र मृत्यु र पुनरुत्थान बीचको त्यही समयमा, मृत्युलोक वा पातालमा जानुभयो जहाँ उहाँले आत्माहरुलाई शायद (पतन भएका स्वर्गदूतहरुलाई यहूदा ६ पदमा हेर्नुहोस्) सन्देश दिनु भयो जोहरु कुनै किसिमले नोआको समयमा भएको जलप्रल्य अघिका समयसँग सम्बन्धित थिए। पद २० ले यो स्पष्ट पार्दछ। पत्रूसले येशूले कैदमा परेका आत्माहरुलाई के प्रचार गर्नुभयो भनी भन्दैन, तर यो उद्धार सन्देश पनि हुन सकदैन कारण स्वर्गदूतहरको उद्धार हुन सक्दैन (हिब्रू २:१६)। यो शायद शैतान र त्यसको प्रधानताहरु माथिको विजयको घोषणा थियो होला (१ पत्रुस ३:२२; कलस्सी २:१५)। एफिसी ४:८-१० पदहरुले पनि येशू “स्वर्गलोक” मा जानुभयो भन्ने जस्तो देखाउँदछ (लूका १६:२२; २३:४३) र उहाँको मृत्यु भन्दा पहिले विश्वास गर्नेहरुलाई स्वर्गलोकमा लैजानु भयो। खण्डले के भयो भन्ने सबै जानकारीहरु दिदैन्, तर धेरै बाइबल विद्धानहरुले “कैदीहरुलाई बन्दी” बनाएर लानुभयो भन्ने वाक्यांशद्वारा यसको अर्थ त्यही नै हो भन्ने कुरामा समर्थन दिन्छन्।
यसकारण, समग्रमा भन्नु पर्दा, बाइबलले येशूको मृत्यु र पुनरुत्थान बीचको अवधिमा उहाँले के गर्नुभयो भन्ने कुरालाई सम्पूर्ण स्पष्टसाथ भन्दैन। यो यस्तो देखिन्छ कि, तापनि, उहाँले पतन भएका स्वर्गदूतहरुलाई वा विश्वासीहरुलाई विजयताको घोषणा गर्दै हुनुहुन्थ्यो। हामीले के कुरा निश्चित रुपमा जान्न सक्छौं भने कि येशूले मानिसहरुलाई मुक्तिको लागि दोस्रो मौका दिदै हुनुहुन्थ्यो। बाइबलले भन्दछ कि मृत्यु पछि हामीले न्यायको सामना गर्नुपर्नेछ (हिब्रू ९:२७), दोस्रो मौका होइन। त्यहाँ साँच्चै कुनै निश्चितरुपमा स्पष्ट उत्तर छैन कि येशूले आफ्नो मृत्यु र पुनरुत्थान बीचको समयमा के गर्नुभयो। शायद यो एउटा रहस्य हो जसलाई हामी महिमा मा पुगे पश्चात मात्र जान्ने छौँ।
English
येशू उहाँको मृत्यु र पुनरुत्थान बीचको तीन दिनसम्म कहाँ हुनु्हुन्थ्यो?