settings icon
share icon
प्रश्न

के येशू स्वर्ग जाने एक मात्र बाटो हुनुहुन्छ?

उत्तर


हो, येशू स्वर्ग जाने एक मात्र बाटो हुनुहुन्छ। यस्तो सत्य कथन उत्तरआधुनिक कानमा अप्ठेरो हुन सक्छ, तैपनि यो साँचो हो। बाइबलले हामीलाई यो सिकाउँछ कि येशू बाहेक अरू कुनै मुक्तिको बाटो छैन। युहन्ना १४:६ मा येशू आफैं भन्नुहुन्छ, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।” उहाँ अरू धेरै बाटोहरूमध्ये एक बाटो होइन; उहाँ एकमात्र बाटो हो। परमेश्वर पिताकहाँ येशू बाहेक कुनै पनि प्रतिष्ठा, उपलब्धि, विशेष ज्ञान वा व्यक्तिगत पवित्रताले आउन सकिँदैन।

धेरै कारणअनुसार स्वर्ग जाने येशू एक मात्र बाटो हुनुहुन्छ। हाम्रो लागि येशू परमेश्वरबाट चुनिएको एक मात्र उद्धारकर्ता हुनुहुन्छ (१ पत्रुस २:४)। येशू एक मात्र यस्तो व्यक्ति हुनुहुन्छ, जो संसारमा आउनुभयो र स्वर्गमा फर्की जानुभयो (युहन्ना ३:१३)। उहाँले मात्र सिद्ध जीवन जिउनुभयो (हिब्रू ४:१५)। उहाँ मात्र पापको लागि बलिदान हुनुभयो (१ युहन्ना २:२; हिब्रू १०:२६)। उहाँले मात्र व्यवस्था र भविष्यवक्ताहरूलाई पूरा गर्नुभयो (मत्ती ५:१७)। उहाँ यस्तो मानिस हुनुहुन्थो, जसले मृत्युमाथि सदाको निम्ति जित हासिल गर्नुभयो (हिब्रू २:१४-१५)। उहाँ परमेश्वर र मानिसका बीचमा एक मात्र मध्यस्थकर्ता हुनुहुन्छ (१ तिमोथी २:५)। उहाँ एक मात्र मानिस हुनुहुन्छ, जसलाई परमेश्वरले “उच्च... पार्नुभयो” (फिलिप्पी २:९)।

येशूले युहन्ना १४:६ बाहेक धेरै ठाउँमा स्वर्ग जाने आफू मात्रै एउटा बाटो हो भनी बताउनुभयो। उहाँले मत्ती ७:२१-२७ मा आफूलाई विश्वासको मुख्य विषयको रूपमा प्रस्तुत गर्नुभयो। उहाँले आफ्ना बचनलाई जीवन भन्नुभयो (युहन्ना ६:६३)। उहाँले प्रतिज्ञा गर्नुभयो कि उहाँलाई विश्वास गर्नेहरूले अनन्त जीवन पाउनेछन् (युहन्ना ३:१४-१५)। भेड़ाहरूको ढोका उहाँ नै हुनुहुन्छ (युहन्ना १०:७); जीवनको रोटी (युहन्ना ६:३५) र पुनरुत्थान (युहन्ना ११:२५) उहाँ नै हुनुहुन्छ। अरू कसैले पनि यो कुरा दाबी गर्न सक्दैन।

प्रेरितहरूले प्रभु येशूको मृत्यु र पुनरुत्थानको प्रचारमा ध्यान केन्द्रित गरे। पत्रुसले महासभा (Sanhedrin) मा यो स्पष्ट घोषणा गरे कि स्वर्ग जाने एक मात्र बाटो येशू नै हुनुहुन्छ: "अरू कुनै कुरामा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२)।

पावलले एन्टिओकको सभाघरमा भने कि येशू मात्र एक मुक्तिदाता हुनुहुन्छ: "यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस् कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ। उहाँलाई विश्वास गर्ने हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ" (प्रेरित १३:३८-३९)। युहन्नाले लेखे: "मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएका छन्" (१ युहन्ना २:१२)। येशूले मात्र पाप क्षमा गर्न सक्नुहुन्छ।

स्वर्गमा अनन्त जीवन ख्रीष्टमा मात्र सम्भव छ। येशूले प्रार्थना गर्नुभयो, "अब अन्नत जीवन यही हो कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून् र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्" (युहन्ना १७:३)। परमेश्वरको मुक्तिको सित्तैंको उपहार प्राप्त गर्नलाई हामीले केवल येशू र येशूलाई मात्र हेर्नुपर्छ। हामीले येशूले हाम्रो पापको ज्याला तिर्न क्रूसमा मर्नुभएको मृत्यु र उहाँको पुनरुत्थानमा भरोसा गर्नुपर्दछ। “येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ” (रोमी ३:२२)।

येशूको सेवकाईको एक समयमा भीडले उहाँलाई आफ्नो पीठ्युँ देखाई अर्को उद्धारकर्ता भेट्टाउने आसामा येशूलाई छोडेर। येशूले बाह्र जना चेलाहरूलाई सोध्नुभयो, "के तिमीहरू जान चाहन्छौ?" (युहन्ना ६:६७)। पत्रुसको जवाफ सही छ: "हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ“ (युहन्ना ६:६८-६९)। पत्रुसको येशू ख्रीष्टमा मात्र अनन्त जीवन छ भन्ने विश्वास अरूसँग पनि बाड्न सक्छौँ।

यदि तपाईंले यहाँ पढ्नुभएका केही विषयहरूद्वारा येशूलाई अपनाउने निर्णय गर्नुभएको छ भने कृपया यहाँ क्लिक गर्नुहोस्: ”मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु।”

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के येशू स्वर्ग जाने एक मात्र बाटो हुनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries