settings icon
share icon
प्रश्न

के मोरमोन्सवाद एउटा झूटो शिक्षा दिने पंथ हो? मोरमोन्सले के मा विश्वास गर्छन?

उत्तर


मोरमोन धर्म (मोरमोन्सवाद), जसको अनुयायीहरुलाई मोरमोन्स र लेटर डे सेन्ट्स (एल डी एस) अर्थात् अन्तिम दिनको सन्तहरुको नामले चिनिन्छ, को स्थापना दुई सय वर्ष भन्दा कम, पहिले जोसफ स्मिथ नामको व्यक्ति द्वारा गरेको थियो। उनले दावा गरे कि उनको साथ परमेश्वर पिता र येशू ख्रीष्टले व्यक्तिगत् भेटघाट गर्नु भएको थियो उसले उनलाई यो भन्नुभयो कि सारा मण्डलीहरु र उनको विश्वासकथन उनको सामुने घृणित कुरा थियो। जोसफ स्मिथ ले तब एउटा बिल्कुल नयाँ-धर्मको स्थापना यस दावाको साथ गरे कि यही "पृथ्वीको माथि केवल एउटा साँचो मण्डली" थियो। मोरमोन्सवादको समस्या यो हो कि यो बाइबलको विरोधाभास, संशोधन र यसको विस्तार गर्दछ। विश्वासिहरुको साथमे कुनै पनि यस्तो कारण छैन कि उनीहरुले यो विश्वास गरुन कि बाइबल सत्य र पर्याप्त छ। परमेश्वरमा साँचो विश्वास गर्ने र भरोसा गर्नको अर्थ उहाँको वचनमा विश्वास गर्नु हो र यो कि सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाले रचिएको हो, जसको अर्थ हो कि यो उहाँको तर्फ बाट आएको हो (2 तिमोती 3:16)।

मोरमोन्सवादीले यो विश्वास गर्छ कि वास्तवमा ईश्वरीय प्रेरणा रचिएको शब्दहरुको चार स्त्रोत हो, न कि केवल एक: 1) बाइबल "जब सम्म यसको सही रुपले अनुवाद गरिएको होस्।" जुन वचनहरुलाई गलत रूपले अनुवादित मानिन्छ, लाई सदैव स्पष्ट गरिएको छैन। 2) मोरमोन्सको पुस्तक जसको "अनुवाद" स्मिथ द्वारा गरियो र 1830 मा प्रकाशित भयो। स्मिथले दावा गरे कि यो नै पृथ्वी माथि "सबैभन्दा सही पुस्तक" हो र यो कि एउटा व्यक्ति "कुनै अन्य पुस्तकको अपेक्षा" यसको उपदेशहरु अनुसरण गरेमा परमेश्वरको निकटतामा आउन सकिन्छ। 3) धर्मसिद्धान्त र वाचाहरु, जसमा येशू ख्रीष्टको मण्डली जस्तै पुर्नस्थापित गरिएको थियो," को सम्बन्धमा आधुनिक प्रकाशनहरुको एकत्र गरिएको संग्रह। 4) महान् मूल्य को मोती, जसलाई मोरमोनवादिहरु द्वारा आफ्नो धर्मसिद्धान्तहरु र शिक्षाहरुलाई जुन बाइबल बाट हराएको थियो लाई "स्पष्ट" गर्नको लागि उपयोग गरिन्छ र यसमा पृथ्वीको सृष्टिको बारेमा आफ्नो सूचनाहरु लाई जोडीएको छ।

मोरमोनवादी परमेश्वरको बारेमा यी कुराहरुमा विश्वास गर्छन: उनीहरु सदैव देखि ब्रम्हाण्डको सर्वोच्च प्राणी होइनन, तर उनीहरुले यस पदवीलाई धर्मी जीवन यापन र निरन्तर कोशिशहरु द्वारा प्राप्त गरेका हुन। उनीहरुले यो विश्वास गर्छन कि पिता परमेश्वरको साथ एउटा "पुरूषको जस्तै वास्तविक हड्डी र मासुको शरीर" छ। जब कि आधुनिक मोरमोन अगुवाहरु द्वारा यसलाई अस्वीकार गरेका छन्, ब्रिघम यंग ले यो शिक्षा दिए कि आदम वास्तवमा परमेश्वर थिए र येशू ख्रीष्टको पिता थिए। यसको विपरीत, ख्रीष्ट विश्वासी परमेश्वरको बारेमा यो जान्द छन: कि केवल एउटा साँचो परमेश्वर छ (व्यवस्था 6:4; यशैया 43:10; 44:6-8), उहाँ सदैव देखि अस्तित्वमा हुनुहुन्छ र सदैव अस्तित्वमा रहनु हुन्छ (व्यवस्था 33:27; भजन संग्रह 90:2; 1 तिमोथी 1:17), र उहाँ सृजना गरेको हुनु हुन्थिएन तर उहाँ सृजनहार हुनुहुन्थ्यो (उत्पत्ति 1; भजन संग्रह 24:1; यशैया 37:16)। उहाँ पूर्ण हुनुहुन्थ्यो, र कोहि पनि उहाँको बराबर छैन (भजन संग्रह 86:8; यशैया 40:25)। परमेश्वर पिता एउटा पुरूष होइन, न उहाँ कहिल्यै हुनुहुन्थ्यो र न हुनुहुन्छ (गन्ती 23:19; 1 शमूएल 15:29; होशे 11:9)। उहाँ आत्मा हुनुहुन्छ (यूहन्ना 4:24), र आत्मा मासु र हड्डीहरुले मिलेर बनेको होइन (लूका 24:39)।

मोरमोनवादीले यो विश्वास गर्दछन कि मृत्युको उपरान्त विभिन्न राज्य वा स्तर हुन्छ: स्वर्गिक राज्य, लौकिक राज्य, अन्तरक्षिए राज्य र बाहरी अन्धकार। जहाँ निर मानिस अन्तमा पुग्नेछ यस कुरामा निर्भर गर्दछ कि उनीहरुले के विश्वास गर्दछन र उनीहरुले यस जीवनमा के गरे। यसको विपरीत, बाइबलले हामीलाई यो बताउछ कि मृत्यु पश्चात्, हामी स्वर्ग वा नरकमा यस कुरा माथि निर्भर भई जान्छ कि हामीले येशू ख्रीष्टमा उहाँलाई आफ्नो उद्धारकर्ता र प्रभु मान्दै विश्वास गर्छ वा गर्दैन। हाम्रो शरीरहरु मध्य अनुपस्थित हुनुको अर्थ, विश्वासी हुनुको नाताले, हम प्रभुको साथमा हुन्छ (2 कोरिन्थी 5:6-8)। अविश्वासिहरुलाई नरकमा वा मृतकहरुको लोकमा पठाई दिनेछ (लूका 16:22-23)। जब येशू दोस्रो पल्ट आउनु हुनेछ, हामी नयाँ शरीरहरुलाई प्राप्त गर्ने छौँ (1 कोरिन्थी 15:5-54)। वहाँ निर नयाँ स्वर्ग र नयाँ पृथ्वी विश्वासिहरुको लागि हुनेछ (प्रकाश 21:1), र अविश्वासिहरुलाई अनन्तकालको आगोको झीलमा फ्याकी दिनेछ (प्रकाश 20:11-15)। मृत्युको पश्चात छुटकाराको लागि कुनै अर्को अवसर दिने छैन (हिब्रू 9:27)।

मोरमोन अगुवाहरुले यो शिक्षा दिएको छ कि येशूको देहधारण परमेश्वर पिता र मरियमको शरीरिक सम्बन्धको परिणामस्वरूप भएको थियो। मोरमोनवादीले विश्वास गर्द छन् कि येशू एउटा देवता हो, तर यो हो कि कुनै पनि मानिस एउटा देवता बन्नु सक्छ। मोरमोनवादले यो शिक्षा दिन्छ कि उद्धार विश्वास र राम्रो कार्यहरुको संयोजन द्वारा कमाउन सक्छ। यसको विपरीत, विश्वासिहरुले ऐतिहासिक रूपमा यो शिक्षा दिन्छन कि कोहि पनि परमेश्वरको पदवीलाई प्राप्त गर्न सक्दैन– केवल उहाँ मात्र पवित्र हुनुहुन्छ (1 शमूएल 2:2)। हामी केवल परमेश्वरको दृष्टिमा उहाँमा विश्वास द्वारा पवित्र बन्न सक्छौं (1 कोरिन्थी 1:2)। येशू परमेश्वरको एकमात्र दिएको पुत्र हुन (यूहन्ना 3:16), उहाँ नै केवल एक हो जो पाप रहित जीवन, निर्दोष जीवनलाई यापन गर्नुभयो, र अब स्वर्गमा सम्मानको सर्वोच्च स्थानमा हुनुहुन्छ (हिब्रू 7:26)। येशू र परमेश्वरको सार एउटा नै हो, येशू आफ्नो शरीरिक जन्म हुनु भन्दा पहिले बाट नै अस्तित्वमा हुनुहुन्थ्यो (यूहन्ना 1:1-8; 8:56)। येशूले स्वयंलाई बलिदानमा दिनुभयो, परमेश्वरले उहाँलाई मृतकहरु बाट जीवित गर्नुभयो र एक दिन प्रत्येकले यो अंगीकार गर्ने छन् कि येशू नै प्रभु हुन (फिलिपी 2:6-11)। येशूले हामीलाई बताउनु हुन्छ कि यो हाम्रो लागि असंभव जस्तो कुरा हो कि स्वर्गमा आफ्नो असल कार्यहरु द्वारा जान सकिन्छ र यो केवल उहाँमा विश्वास द्वारा नै संभव छ (मत्ती 19:26)। हामी सबै आफ्नो पापहरुको लागि अनन्तकालको दण्डको लागि दोषी ठहराएका छौँ, तर परमेश्वरको असीमित प्रेम र अनुग्रहले हाम्रो लागि एउटा मार्ग दिनुभएको छ। "जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो" (रोमी 6:23)।

यो स्पष्ट छ कि, उद्धार पाउनको लागि केवल एउटा नै मार्ग छ र त्यो परमेश्वर र उहाँको पुत्र, येशूलागि जान्नु हो (यूहन्ना 17:3)। यो कार्यहरुद्वारा हुन सकिदैन तर विश्वास द्वारा मात्र हुन सक्छ (रोमी 1:17; 3:28)। हामीले यस वरदानलाई चाहे कोहि पनि किन नहोस् वा केहि पनि किन नहोस् (रोमी 3:22)। "येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ" (प्रेरित 4:12)।

जब कि मोरमोनवादी अक्सर मित्रताले भरिएको, प्रेम गर्नेहरु, र दयालु मानिस हुन्छन, उनीहरुलाई एउटा झूटो धर्म द्वारा धोखा दिएको छ जसले परमेश्वर, येशू ख्रीष्टको व्यक्तित्व, र उद्धारको तरीकहरुको प्रकृतिलाई विकृति गरि दिएका छन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के मोरमोन्सवाद एउटा झूटो शिक्षा दिने पंथ हो? मोरमोन्सले के मा विश्वास गर्छन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries