settings icon
share icon
प्रश्न

अज्ञेयवाद के हो?

उत्तर


अज्ञेयवाद एउटा यस्तो दृष्टिकोण हो जसको अनुसार परमेश्वरको अस्तित्वलाई जान्न वा प्रमाणित गर्नु असंभव छ? शब्द “अज्ञेयवाद" को अर्थ आवश्यक रूपले "बिना ज्ञानको" हो। अज्ञेयवाद बौद्धिक रूपले नास्तिकवाद भन्दा धेरै अधिक ईमानदार हो। नास्तिकवादले दावा गर्दछ कि परमेश्वरको अस्तित्व छैन– यो एउटा अप्रमाणित हुने स्थिति हो। अज्ञेयवादले दलील दिन्छ कि परमेश्वरको अस्तित्वलाई न त प्रमाणित गर्न सक्छ न त अप्रमाणित गर्न सक्छ, यहाँ यो जान्न असंभव छ कि परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा हुनुहुन्न। यस प्रकारले, अज्ञेयवाद आफुमै सही छन। परमेश्वरको अस्तित्वलाई अनुभवसिद्ध तरीकाले न त प्रमाणित गर्न सक्छ न त अप्रमाणित गर्न सक्छ।

बाइबलले हामीलाई भन्दछ कि हामीले विश्वासद्वारा यो स्वीकार गर्नु पर्छ कि परमेश्वरको अस्तित्व छ। हिब्रू 11:6 भन्दछ है कि बिना विश्वासको "विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।" परमेश्वर आत्मा हुनुहुन्छ (यूहन्ना 4:24) यस कारण उहाँलाई देख्न वा छुन सक्दैन। जब सम्म परमेश्वरले स्वयंलाई प्रकाशित गर्न नचाहे सम्म, उहाँ हाम्रो इन्द्रियहरुबाट अदृश्य हुनुहुन्छ (रोमी 1:20)। बाइबलले घोषणा गर्दछ कि परमेश्वरको अस्तित्व स्पष्ट रूपले ब्रम्हाण्डमा देखियो (भजन संग्रह 19:1-4), प्रकृतिमा अनुभव (रोमी 1:18-22) गर्न सकिन्छ, र हाम्रो हृदयहरुमा यसको पुष्टि हुन्छ (उपदेशक 3:11)।

अज्ञेयवादी परमेश्वरको अस्तित्वको लागि वा यसको विरूद्ध निर्णय लिनको इच्छाको लागि तैयार हुदैन्न। यो अन्तमा एक प्रकारले "दुबै हातमा लड्डू हुनु" जस्तो स्थिति हो। ईश्वरवादीहरुले यो विश्वास गर्छन कि परमेश्वरको अस्तित्व छ। नास्तिकवादीहरुले विश्वास गर्छन कि परमेश्वरको अस्तित्व छैन। अज्ञेयवादीहरुले यो विश्वास गर्छन कि हामीलाई न त परमेश्वरको अस्तित्वमा विश्वास न अविश्वास गर्नु पर्छ, किनकी यो जान्न कुनै पनि प्रकारले असंभव छैन।

तर्क-वितर्कको लागि, आउनुहोस् परमेश्वरको अस्तित्वको बारेमा इन्कार नगर्नेहरु र स्पष्ट प्रमाणहरुलाई दिउ। यदि हामी ईश्वरवाद र अज्ञेयवादको विचारधारालाई एक समान लियौं, तब कुन विचारधारा मृत्यु पछिको जीवनको संभावना सम्बन्धमा सबैभन्दा धेरै "अर्थ" दिदछ? यदि परमेश्वर छैन भने, तब ईश्वरवादीहरु र अज्ञेयवादीहरुको जस्तै सबैको अस्तित्व उनीहरुको मृत्युको पछि समाप्त हुने छ। यदि परमेश्वरको अस्तित्व छ, तब दुबै अर्थात् ईश्वरवादीहरु र अज्ञेयवादीहरुलाई उनीहरुको मृत्युको पछि कुनै न कुनैलाई उत्तर दिनु पर्छ। यस दृष्टिकोणले, यो निश्चित रूपले एउटा अज्ञेयवादीको अपेक्षा एउटा ईश्वरवादी हुनुको धेरै "अर्थ" दिदछ। यदि दुबै विचारधाराहरुलाई न त प्रमाणित गर्न सक्छ न अप्रमाणित गर्न सक्छ भने, तब यो बुद्धिमानीको कुरा हुन्छ कि प्रत्येक विचारधाराको जाँचलाई पूरा तरिकासंग गर्नको लागि प्रत्येक कोशिश गर्नु पर्छ जसले हुन सक्छ कि एउटा असीमित र अनन्त रूपले अत्याधिक वांछनीय अन्तिम परिणाम हो।

सन्देहहरु हुनु समान्य कुरा हो। यस संसारमा धेरै यस्ता कुराहरु छन जसलाई हामीले बुझ्न सक्दैनौं। अक्सर, मानिसले परमेश्वरको अस्तित्वमा सन्देह गर्छ किनकी उनीहरुले यस्ता कुराहरुलाई बुझ्न सक्दैनन वा फेरी उनीहरुको साथ असहमत हुन्छन जुन कुराहरुलाई परमेश्वर गर्नु वा हुनु दिनुहुन्छ। तर फेरी पनि, सीमित मानवीय प्राणी हुनको नाताले हामीले एउटा असीमित परमेश्वरलाई बुझ्नको लागि योग्य हुनुको अपेक्षा गर्नु हुदैन। रोमी 11:33-34 अचम्मले प्रकारले भनेका छ कि, "हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” हामीले परमेश्वरमा भरोसाको साथ विश्वास गर्नु पर्छ र उहाँको मार्गहरुमा विश्वासको साथ भरोसा गर्नु पर्छ। परमेश्वर स्वयंलाई अद्भुत तरीकाहरुले उनीहरु माथि जसले उहाँ विश्वास गर्छन प्रगट गर्नको लागि तैयार र इच्छुक हुनुहुन्छ। व्यवस्था 4:29 ले घोषणा गर्दछ कि, "तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अज्ञेयवाद के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries