settings icon
share icon
प्रश्न

के पालतु/पशुहरु स्वर्ग जान्छन्? के पालतु/पशुहरुमा प्राण हुन्छ?

उत्तर


बाइबलले कुनै स्पष्ट शिक्षा दिदैन कि पशुहरुका “प्राण” हुन्छ वा हुदैन वा पशुहरु स्वर्ग जानेछ भन्ने कुरामा। तैपनि, हामीले धर्मशास्त्रको केही सामान्य सिद्धान्तहरु लिएर यस विषय माथी प्रकाश पार्न सक्छौँ। बाइबलले बताउँछ कि दुवै मानिस (उत्पत्ति २:७) र पशु (उत्पत्ति १:३०; ६:७; ७:१५,२२) सँग “जीवनको सास छ”; त्यसकारण, दुवै मानिस र पशु जीवत प्राणी हुन्। मानिस र पशु बीचको प्राथमिक भिन्नता यो हो कि मानव परमेश्वरको स्वरुप र प्रतिरुपमा सृष्टि भएको छ (उत्पत्ति १:२६-२७), जबकि पशुहरु परमेश्वरको स्वरुप र प्रतिरुपमा सृष्टि भएका छैनन्। परमेश्वरको स्वरुप र प्रतिरुपमा सृष्टि भएका भन्नुको अर्थ चाहिँ मानिस परमेश्वर जस्तै आत्मिक योग्यता, बुद्धि, भावना, र इच्छा, भएका र यि अंश मृत्यू पछि पनि निरन्तर रहिरहने छन्। यदि पालतु पशुहरुसँग “प्राण” वा अमुर्त रुप भए को भए, त्यो पक्कै भिन्नै र कमसल “गुण” को हुन्थो होला। यो भिन्नता सम्भवत यो जनाउछ कि पालतु पशुहरुको “प्राण” मृत्यू पछि अस्तित्वमा रही रहदैन।

अर्को तथ्य जुन विचार गनुपर्ने हो त्यो कि उत्पत्तिको समयमा पशुहरु परमेश्वरको सृजनात्मक प्रकियाको एक अंश हो। परमेश्वरले पशुहरुलाई बनाउनु भयो र भन्नुभयो तिनिहरु असल थिए (उत्पत्ति १:२५)। यसकारण, त्याँहा कुनै कारण छैन कि नयाँ पृथ्वीमा किन पशुहरु हुन सक्दैन (प्रकाश २१:१)। परमेश्वरको सहस्राब्दी राज्यमा त्यहाँ निश्चय पनि पशुहरु हुनेछन् (यशैया ११:६; ६५:२५) यो निश्चित रुपमा भन्न असम्भव छ कि पशुहरुमा कोहि पालतु हुने छन् जसरी पृथ्वीमा हामीहरुसँग छन्। हामीलाई थाहा छ कि परमेश्वर न्यायि हुनुहुन्छ र जब हामी स्वर्गमा जाने छौँ तब हामीले यस विषयमा जे पनि उँहाले निर्णय गर्नु हुन्छ हामीले पूर्ण सहमतिम पाउनेछौँ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के पालतु/पशुहरु स्वर्ग जान्छन्? के पालतु/पशुहरुमा प्राण हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries