settings icon
share icon
प्रश्न

बाइबलले मृत्युको दण्ड/मृत्यु दण्डको बारेमा के भन्दछ?

उत्तर


पुरानो करारको व्यवस्था विभिन्न कार्यहरु: जस्तो हत्या (प्रस्थान 21:12), अपहरण (प्रस्थान 21:16), पशुगमन (प्रस्थान 22:19), व्यभिचार (लेवी 20:10), समलैंगिकता (लेवी 20:13), एउटा झूठो भविष्यद्वक्ताको कार्य गर्नु (व्यवस्था 13:5), वेश्यापन र बलात्कार (व्यवस्था 22:4), र धेरै अन्य अपराधहरुको लागि मृत्युको दण्ड दिने आदेश दिदछ। तर फेरी पनि, परमेश्वरले अक्सर मृत्यु दण्ड दिने बेला आफ्नो दयालाई देखाउन हुन्छ। दाऊदले व्यभिचार र हत्याको पाप गरे, यसमा पनि परमेश्वरले उनको जीवनलाई उनीबाट लिनु भएन (2 शमूएल 11:1-5, 14-17; 2 शमूएल 12:13)। दुर्भाग्य ले, प्रत्येक पाप जसलाई हामीले गर्दछौं त्यो मृत्यु दण्ड दिनलाई परिणाम बन्दछ, किनकी पापको ज्याला मृत्यु हो (रोमी 6:23)। धन्यवाद सहित, परमेश्वरले आफ्नो प्रेमलाई हामी प्रति दोषी नठहराउनको लागि प्रदर्शित गर्नुहुन्छ (रोमी 5:8)।

जब फरीसीहरुले एउटा स्त्रीलाई येशू कहाँ ल्याए जसलाई उनीहरुले व्यभिचारको कार्यमा पकडेका थिए र उसलाई सोधे कि के उसलाई ढुङ्गा हान्नुपर्छ, तब येशूले उत्तर दिनुभयो, "तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्" (यूहन्ना 8:7)। यसको उपयोग यस संकेतको लागि गर्नु हुदैन कि येशूले सबै उदाहरणहरु मध्य मृत्यु दण्डलाई दिनबाट इन्कार गरि दिनु भयो। येशूले त मात्र फरीसीहरुको पांखड़लाई उजागर गर्नु हुदै थियो। फरीसीले येशूलाई पुरानो नियमको व्यवस्थालाई तोड्नको लागि फसाउन चाहान्थे; उनीहरुलाई वास्तवमा त्यस स्त्रीलाई ढुङ्गा हान्नुको कुनै पर्वाह थिएन (त्यो पुरूष कहाँ थियो जसलाई व्यभिचारमा पक्रिएको थियो?) परमेश्वर नै केवल त्यो हुनुहुन्छ जसले मृत्यु दण्डलाई स्थापित गर्नुभयो: "यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।" (उत्पत्ति 9:6)। येशूले केवल केहि मात्र उदाहरणहरुमा मृत्यु दण्डलाई दिनलाई समर्थन गर्नु भयो। येशूले अनुग्रहको पनि प्रदर्शन गर्नुभयो जब मृत्यु दण्डलाई दिनु पर्ने थियो (यूहन्ना 8:1-11)। प्रेरित पावलले निश्चित नै सरकारको शाक्तिलाई उचित स्थानमा मृत्यु दण्डलाई दिनको लागि उपयोग गर्न स्वीकार गरे (रोमी 13:1-7)।

मृत्युको दण्ड प्रति ख्रीष्टियन दृष्टिकोण के हुनु पर्दछ? प्रथम, हामीले यो स्मरण राख्नु पर्छ कि परमेश्वरले आफ्नो वचनमा मृत्यु दण्डलाई स्थापित गर्नुभएको छ; त्यसैले हामीलाई यो सोच्न अभिमानको कुरा हुन्छ कि हामी एउटा उच्चतम मापदण्डलाई स्थापित गर्न सक्छौं। परमेश्वरसँग कुनै पनि प्राणीको लागि उच्चतम मापदण्ड छ; त्यो सिद्ध छ। यो मापदण्ड न केवल हामीमा लागू हुन्छ, तर उहाँ माथि पनि लागू हुन्छ। त्यसैले, उहाँले असीमित मात्रामा प्रेम गर्नुहुन्छ, र उहाँसँग असीमित मात्रामा दया छ। हामी साथै यो देख्छौं कि उहाँसँग असीमित मात्रामा क्रोध पनि छ, र यो सबै कुरा सही सन्तुलनमा बनेको छ।

दोस्रो, हामीले यो स्वीकार गर्नु पर्छ कि परमेश्वरले यो निर्धारण गर्नको लागि सरकारलाई अधिकार दिनु भयो कि कहिले मृत्यु दण्ड दिनु पर्दछ (उत्पत्ति 9:6; रोमी 13:1-7)। यो बाइबल आधारित दावा होइन कि परमेश्वरले सबै घटनाहरुमा मृत्यु दण्डको विरोध गर्नु हुन्छ। ख्रीष्टियनहरुलाई कहिल्यै पनि आनन्द मनाउन हुदैन जब मृत्यु दण्ड दिदछ, तर त्यसै समय, ख्रीष्टियनहरुलाई अत्यधिक खराब अपराधिहरुलाई मृत्यु दण्ड दिने कार्यलाई गर्नको लागि सरकारको यस अधिकारको विरूद्ध लड़ाई पनि गर्नु हुदैन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले मृत्युको दण्ड/मृत्यु दण्डको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries