settings icon
share icon
प्रश्न

मण्डली भनेको के हो?

उत्तर


आज धेरै मानिसहरुले मण्डलीलाई एउटा भवनको रुपमा बुझ्दछन्। यो चाहिँ मण्डलीको लागि बाइबलीय बुझाई होइन। “मण्डली” शब्दचाहिँ ग्रीक शब्द एक्लेसिया बाट आएको हो जसलाई “एउटा समूह” अथवा “बोलाइएकाहरु” भनी परिभाषित गरिएको छ। “मण्डली” को मूल अर्थ एउटा भवन होइन तर मानिसहरु हो। यो व्यंगात्मक हो कि जब तपाईंले मानिसहरुलाई तिनीहरु कुन मण्डली जान्छन् भनेर सोध्नुहुन्छ भने, तिनीहरुले प्रायःजसो कुनै भवनको परिचय दिन्छन्। रोमी १६:५ ले भन्दछ “तिमीहरुको घरमा भउको मण्डलीलाई अभिवादन देओ...।” पावलले तिनीहरुका घरमा भएका मण्डलीको उल्लेख गर्दछन्— कुनै मण्डलीको भवन होइन, तर विश्वासीहरुको शरीरलाई।

मण्डली ख्रीष्टको शरीर हो, जसको उहाँ शिर हुनुहुन्छ। एफिसी १:२२-२३ ले भन्दछ, “र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ।” पेन्तिकोसको दिनदेखि ख्रीष्टको शरीरचाहिँ सबै विश्वासीहरु मिलेर ख्रीष्ट को पुनआगमन सम्म बनिएको छ (प्रेरित २ अध्याय)। ख्रीष्टको शरीर दुईओटा पक्षहरुले बनिएको छ:

१. विश्वव्यापी मण्डलीमा सबैजना संलग्न छन् जसको येशू ख्रीष्टसँग एउटा व्यक्तिगत सम्बन्ध छ। “किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो” (१ कोरिन्थी १२:१३)। यस पदले भन्दछ कि विश्वास गर्ने जो कोही पनि ख्रीष्टको शरीरको भाग हो अनि प्रमाणको रुपमा ख्रीष्टको आत्मालाई प्राप्त गरेको छ। परमेश्वरको विश्वव्यापी मण्डली चाहिँ ती सबै जना हुन् जसले येशू ख्रीष्टमाथिको विश्वासद्वारा उद्धार प्राप्त गरेका छन्।

२. गलाती १:२-३ मा स्थानीय मण्डलीलाई वर्णन गरिएको छ: “पावल ख्रीष्टको एक प्रेरित.... म र मसँग हुने सबै भाइहरुबाट, गलातियाका मण्डलीलाई।” यहाँ हामी देख्दछौं कि गलातियाको प्रान्तमा त्यहाँ थुप्रै मण्डलीहरु थिए— जसलाई हामी स्थानीय मण्डली भन्दछौं। बैपटिस मण्डली, लूथरन मण्डली, कैथोलिक मण्डली इत्यादि— जुन विश्वव्यापी मण्डलीमा भएको मण्डली जस्तो होइन— तर एउटा स्थानीय मण्डली हो, विश्वासीहरुको एउटा स्थानीय शरीर हो। विश्वव्यापी मण्डली चाहिँ तिनीहरुद्वारा बनिएको छ जो ख्रीष्टका हुन् र जसले उद्धारको लागि उहाँमा विश्वास गरेका छन्। विश्वव्यापी मण्डलीका सदस्यहरुले कुनै स्थानीय मण्डलीमा संगति र सुधारको खोजी गर्नुपर्दछ।

संक्षिप्तमा, मण्डली कुनै भवन अथवा सम्प्रादय होइन। बाइबल अनुसार, मण्डली ख्रीष्टको शरीर हो— जसले उद्धारको लागि येशू ख्रीष्टमा आफ्ना विश्वास राखेका छन् (यूहन्ना ३:१६; १ कोरिन्थी १२:१३)। स्थानीय मण्डलीहरु विश्वव्यापी मण्डलीको भेला भएका सदस्यहरु हुन्। स्थानीय मण्डली चाहिँ त्यस्तो स्थान हो जहाँ विश्वव्यापी मण्डलीका सदस्यहरुले उत्साह दिँदै, शिक्षा दिँदै र प्रभु येशू ख्रीष्टको ज्ञान र अनुग्रहमा एक-अर्कालाई उठाउँदै १ कोरिन्थी १२ अध्यायको शरीरको सिद्धान्तहरुलाई पूर्णरुपले लागु गर्न सक्दछन्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मण्डली भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries