settings icon
share icon
प्रश्न

के ख्रीष्टको इश्वरत्व बाइबलीय छ?

उत्तर


येशू उँहा आफैले गर्नु भएको विशेष दाबीहरु अनुसार, उहाँको चेलाहरुले पनि ख्रीष्टको ईश्वरत्वको समर्थन गरे। तिनीहरुले दाबी गरे कि येशूसँग मात्र पापहरुको क्षमा गर्न अधिकार थियो— जुन परमेश्वरले मात्र गर्न सक्नु हुन्छ— किनकी उहाँ परमेश्वर हो जसलाई पाप देखि घृणा छ (प्रेरित ५:३१; कलस्सी ३:१३ ; भजन संग्रह १३०:४; यर्मिया ३१: ३४)। यो अन्तिम दाबी सहित नजिकको सम्बन्धमा, येशूले उहाँ यस्तो हुनुहुन्छ भनेर पनि भन्नु भएको छ जसले “जिवित र मृतकको न्याय गर्नुहुनेछ” (२ तिमोथी ४:१)। थोमा येशूसँग यसरी कराए, “मेरा प्रभु र मेरा परमेश्वर!” (यूहन्ना २०:२८)। पावलले येशूलाई “महान परमेश्वर र मुक्तिदाता” भनेर पुकारछन् (तितस २:१३), अनि संकेत गर्दछ कि येशू देहधारी हुनु अगि परमेश्वरको रुपमा उहाँ अस्थित्वमा हुनुहुन्थ्यो (फिलिप्पी २:५-८)। परमेश्वर पिताले येशूको बारेमा यस्तो भन्नु हुन्छ: “हे परमेश्वर, तपाईंको सिंहासन, सदा र्सवदाको निम्ति रहिरहनेछ” (हिब्रू १:८)। यूहन्नाले भन्छन कि “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन [येशू] परमेश्वर हुनुहुन्थ्यो” (यूहन्ना १:१)। धर्मशास्त्रको उदाहरणले ख्रीष्टको ईश्वरत्वको बारेमा धेरै शिक्षा दिन्छ (प्रकास १:१७, २:८, २२:१३; १ कोरिन्थी १०:४; १ पत्रुस २:६-८; भजन संग्रह १८:२, ९५:१; १ पत्रुस ५:४; हिब्रू १३:२० मा हेर्नुहोस्), तर यि मध्य कुनै एक मात्र पर्याप्त थियो येशू उहाँको चेलाहरुद्वारा परमेश्वर मानिनुहुन्थ्यो।

येशूलाई विशेष गरि पुरानो करारमा यहोवे नाउँ (परमेश्वरको औपचारिक नाम) दिएको थियो। पुरानो करारको “उद्धारकर्ता” (भजन संग्रह १३०:७; होशे १३:१४) भन्ने नाउँलाई नयाँ करारमा येशूको निम्ति प्रयोग गरिएको छ (तितस २:१३; प्रकाश ५:९०)। येशूलाई इम्मानुएल भनिनेछ— “परमेश्वर हामी सँग”— (मात्ति १ अध्यायमा)। जकरिया १२:१० मा यहोवेले भन्नु हुन्छ, “तिनीहरुले मलाई हेर्नेछन्, जसलाई तिनीहरुलाई घोचेका छन्।” तर नयाँ करारले यसलाई येशूको क्रूशको दु:खसित प्रयोग गर्दछ (युहन्ना १९:३७; प्रकाश १:७)। यदि यो यहोवे नै हो भने जसलाई घोचिइको र माथि हेरिएको थियो, र येशूलाई त्यसरीनै घोचिइको र माथि हेरिएको थियो भने, येशू नै यहोवे हुन्। पावले यशैया ४५:२२-२३ मा यसरी उल्था गर्छन कि त्यो फिलिपि २:१०-११ मा येशूमा लागु हुन्छ। पछि, येशूको नाउँ प्रभुको प्रार्थना समिल गरेको थियो “हाम्रा परमेश्वर पिता र प्रभु येशूख्रीष्टबाट तिमीहरुलाई अनुग्रहरशान्ति” (गलाती१:३; एफिसी १:२)। यदि ख्रीष्टमा ईश्वरत्व नभएको भए योर परमेश्वरको निन्दा गर्नु जस्तो हो। येशूको नाउँ येशूले बप्तिस्मा दिनु भनी आज्ञा गरिएकोमा यहोवाको साथ देखा पर्छ “ पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा (मती २८:१९; २ कोरिन्थी १३ :१४ पनि हेर्नुहोस्)।

परमेश्वरद्वारा मात्र पु्रा हुन सक्ने कामहरु येशूमा सुम्पिएका छन्। येशू मृत्युबाट मात्र खडा हुनु भएन (यूहन्ना ५:२१,११:३८ -४४) तर पापहरुबाट क्षमा गर्नु भयो (प्रेरित ५:३१, १३:३८), उहाँले ब्रह्माण्डलाई सृजनु भयो र त्यसलाई बसाल्नु भयो (यूहन्ना १:२; कलस्सी १:१६-१७)। यो भनाईले तेती बेला अझै धेरै सामर्थ हुनेछ जब हामीले यो विचार गर्दछौं कि यहोवाले भन्नु भयो उहाँ सृष्टिको सृजना गर्दा यहोवे एक्लो हुनुहुन्थ्यो (यशैया ४४:२४)। पछि, येशूमा ति सबै विशेषताहरु थिए जुन ईश्वरमा मात्र हुन्छ: अनन्तता (यूहन्ना ८:५८), र्सवव्यापी (मती १८:२०, २८:२०), र्सवज्ञानी (मती १६:२१), र्सवशक्तिमान (यूहन्ना ११:३८-४४)।

अब परमेश्वर हुँ भनि दाबी गर्नु एउटा कुरा हो, वा यो सत्य हो भनी कसैलाई विश्वास गराउनु मुर्खता हो, यस्तो हो भनि प्रमाण गर्नु कुनै एक कुरा हो। ईश्वरत्वको दाबीको प्रमाण दिन ख्रिष्टले विभिन्न आश्चर्यकामहरुको प्रस्तुत गर्नु भयो येशूको केहि थारै आश्चर्यकमहरुमा यि निम्न संलग्न छन् पानीलाई दाखमधमा परिवर्तन (यूहन्ना २:७), पानी माथी हिडाई (मत्ति १४:२५), भौतिक वस्तुहरुलाई गुणनात्मक गराउने काम (यूहन्ना ६:११), अन्धोको चँगाई (यूहन्ना ९: ७), लंगडोको चँगाई (मर्कूस २:३), विरामीका चँगाई (मती ९:३५; मर्कूस १:४०-४२), अनि मृतकबाट समेत मानिसहरुलाई बौरी उठाउने काम (युहन्ना ११:४३; लुका ७:११-१५; मर्कूस५:३५)। अझै बढी, ख्रीष्ट आफै मृतकबाट जीवित हुनु भयो। अन्य देविदेवताको पौराणिक कथा अनुसार मर्ने र जीउँदो हुने देखि पर, पुनरुस्थान जस्तो विषयलाई अन्य धर्महरुद्वारा गम्भीर रुपमा दाबी गरिएको छैन, अनि अरु कुनै पनि दाबीलाई यति धेरै पवित्र धर्मशास्त्रले पुष्टि गरेको छैन।

येशुको बारेमा कम्तीमा पनि बाह्रवटा एस्तो ऐतिकहासिक तथ्यहरु छन् जसलाई अन्य जातिका विद्धवानहरुले पनि मान्नेछन:

(i) येशू क्रूस मर्नुभयो।
(ii) उहाँलाई गाडियो।
(iii) उहाँको मृत्युको कारणले गर्दा चेलाहरुले भाग्नु र आशा गुमाउनु पर्यो।
(iv) येशूको चिहान केहि दिन पटि रित्तो भेर्टाईएको थियो (अर्थात पत्ता लगाउनको निम्ति दाबी गरियो)।
(v) चेलाहरुले विश्वास गरे बौरिउठ्नु भएको येशूको रुपलाई तिनीहरुले अनुभव गरे।
(vi) यसपछि चेलाहरु शंकालुहरुबाट साहसिलो विस्वासीहरुमा परिवतर्न भएका थिय।
(vii) यही सन्देश शुरुवादको मण्डलीमा प्रचारको केन्द्र थियो।
(viii) यही सन्देश यरुशलेममा सिकाईएको थियो।
(xi) यस प्रचारको परिणाम स्वरुप, मण्डली जन्मिएको थियो र यो हुर्कियो।
(x) पुनरुस्थानको दिन, आईतबार, सब्त (शनिबार) दिन लाई हटायो आराधानाको दिनमा बदलिएको थियो।
(xi) याकूब, एकजना घरेलु सिकर्मी, परिर्वतन भएको थियो जब उसले पुनरुस्थान हुनु भएको येशूलाई उसले देख्यो उसले विश्वास गर्यो।
(xii) पावल एक जो विश्वासीजन शत्रु, एउटा अनुभवद्वारा परिर्वतन भएको थियो जुन चाँही उसले मृतकबाट जीवित हुनु भएको येशूको रुप हो भनी विश्वास गरे।

यदि कसैलाई यस विशेष सुचिमाथि आपत्ति छ भने पनि, पुनरुस्थान प्रमाणित गर्नलाई र सुसमाचारको स्थापना गर्नलाई अलिकति मात्र आवश्यकता पर्नेछ: येशूको मृत्यु, दफन, पुनरुस्थान, अनि उपस्थिति (१ कोरिन्थी १५:१-५)। माथिका तथ्यहरु मध्ये एउटा या दुईटालाई व्यख्या गर्न त्याहाँ केहि सिद्धान्तहरु छन्, पुनरुस्थानले मात्र सबैको व्यख्या र लेखा राख्दछ। येशुको पुनरुत्थानको चेलाहरुले गरेको दाबीलाई आलोचकहरुले पनि स्वीकार गर्छन्। पुनरुस्थानले गरेको मार्गलाई न त झुठहरुले न् त भ्रमहरुले मानिसलाई बदल्न सक्छ। पहिले तिनीहरुले के कुरा प्राप्त गर्नु पर्ने थियो त? ख्रीष्टियन विश्वास लोकप्रिय थिएन अनि यसले निश्चित रुपमा उनीहरुलाई कुनै फाईदा बनाएन। दोस्रो, झुठाहरुले असल शहिदहरु बनाउदैन। उनीहरुको विश्वासको खातिर आफ्नो इच्छाले डरलाग्दो मृत्यु स्वीकार पुनरुस्थान यो भन्दा बढी व्यख्या हुन् सक्दैन। हो, धरै मानिसहरु झुटाहरुको निम्ति मर्छन् जसलाई उनीहरु सत्य ठानदछन, तर तिनीहरुले असत्य ठानेका कुराका निम्ति मर्दैनन्।

सारांशमा, ख्रीष्टले दाबी गर्नु भयो उहाँ नै यहोवे हुनुहुन्छ, उहाँ ईश्वर हुनुहुन्छ (केवल “ईश्वर” मात्र होईन तर सत्य परमेश्वर); उहाँका अनुयायीहरु (यहूदिहरु जो मुर्तिपुजादेखि भयभित हुने गर्दथे) ले उहाँलाई विश्वास गरे अनि उहाँलाई परमेश्वर भनि उल्लेख गर्द थिए। ख्रीष्टले आफ्नो इश्वरत्व आश्चर्यकामहरु बाट प्रमाणित गर्नु भयो, जसमा संसारलाई बदल्ने पुनरुत्थान पनि समावेश थियो। अरु कुनै पनि परिकल्पनाले यी तथ्यहरुलाई व्यख्या गर्न सक्दैन। हो, ख्रिष्टको ईश्वरत्व बइबल आधारित छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के ख्रीष्टको इश्वरत्व बाइबलीय छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries