settings icon
share icon
प्रश्न

बाइबलले तनावको बारेमा के भन्दछ? कसरी एउटा ख्रीष्टियन विश्वासीले तनाव माथि विजय प्राप्त गर्न सक्छ?

उत्तर


तनाव एउटा व्यापक रुपमा फैलिएको अवस्था हो, जसले लाखौँ मानिसहरुलाई, विश्वासीहरु वा अन्य जातिहरुलाई एउटा समान प्रभावित गरेको छ। जो तनावबाट पीड़ित हुन्छ उनिहरु उदासी, क्रोध, निराशा, थकान, र विभिन्न किसिमको अन्य लक्षणको तीव्र भावनाहरुलाई अनुभव गर्छन। उनीहरु स्वयंलाई बेकार र यहाँ सम्म कि आत्मघाती भएको महसूस गर्दै, उनीहरुको कामहरु र मानिसहरु प्रति रूचि हराउन सक्दछ, जसको साथमा उनीहरु पहिला आनन्द मनाउद थे। तनाव अक्सर जीवनको यस्तो परिस्थितिहरु बाट आरम्भ हुन्छ, जस्तै नौकरी छुट्नु, कुनै प्रिय व्यक्तिको मृत्यु, सम्बन्धविच्छेद वा मनोवैज्ञानिक समस्याहरु हुनु जस्तै तपाईंको कसैले दुरुपयोग गरेको वा स्वाभिमानको कमी हुनु।

बाइबलले हामीलाई भन्छ कि हामी आनन्द र स्तुति ले भरिएको हुनु पर्छ (फिलिप्पी 4:4; रोमी 15:11), यस कारण परमेश्वरले हामी सबैको लागि यही मंशा गर्नुभयो कि हामी आनन्द ले भरिएको जीवनलाई व्यतीत गरौँ। यस्तो त्यस व्यक्तिको लागि सजिलो हुदैन जो कि परिस्थिति आधारित तनावबाट पीड़ित हुन्छ, तर यो परमेश्वरसँग प्रार्थना गर्नाले, बाइबल अध्ययन र यसलाई जीवनमा लागू गर्नाले, समूहबाट पाउने सहायता, विश्वासीहरुको मध्यमा सहभागिता, अंगीकार, क्षमा र परामर्शदानको वरदानहरु द्वारा चंगा हुन सक्छ। हामीले स्वयंलाई आफै नहराउन को लागि सचेत रूपले कोशिश गर्नु पर्छ, तर आफ्नो कोशिशहरुलाई बाहिर पट्टि लगाई राख्नु पर्छ। तनावको महसूसलाई अक्सर तब समाधान गर्न सकिन्छ, जब त्यो जो तनावले पीड़ित छ आफ्नो ध्यानलाई ख्रीष्ट र अन्य कुराहरु माथि केन्द्रित गर्छन।

नैदानिक तनाव एउटा यस्तो शारीरिक परिस्थिति हुन्छ जसलाई कुनै पनि डॉक्टर द्वारा निदान गरिनु पर्छ। हुन सक्छ यो जीवनको दुर्भाग्यले भरिएको परिस्थितीहरुको कारण उत्पन्न भएको हो, न कि यसको लक्षण कुनै व्यक्तिको स्वयंको इच्छाद्वारा हटाउन सकिन्छ। केहि ख्रीष्टियन समुदायहरुको मान्यताहरुको विपरीत, नैदानिक तनाव सदैव पापको कारण उत्पन्न हुदैन। धेरै पटक तनाव एउटा शारीरिक विकारको कारण पनि हुन सक्छ, जसको उपचार ध्यान मनन र/वा परामर्शद्वारा गरिनु आवश्यकता छ। यसमा कुनै सन्देह छैन कि परमेश्वर कुनै पनि रोग वा विकारलाई चंगा गर्नुमा सक्षम हुनुहुन्छ। तर फेरी पनि, केहि घटनाहरुमा, तनावको लागि कुनै डॉक्टरसँग परामर्श लिनु कुनै पनि तरिका ले एउटा डॉक्टरसँग चोटको लागि परामर्श लिनु भन्दा भिन्न हुदैन।

केहि यस्तो कुराहरु जसले उनीहरु तनावबाट पीड़ित छन, र आफ्नो चिन्तालाई हटाउन सक्छन। उनीहरुलाई यो सुनिश्चित गर्नु पर्छ कि वचन बनि रहुन, तब पनि जब उनीहरुले यसलाई मन नपराउदा पनि। भावनाहरुले हामीलाई भटकाउन सक्दछ, तर परमेश्वरको वचन दृढ़तासँग खड़ा रहन्छ र अपरिवर्तनशील छ। हामीलाई परमेश्वरमा दृढ़ विश्वासको साथ बनि रहन पर्दछ र यहाँ सम्म कि अझै धेरै बलियोसँग त्यसलाई पकडी राख्नु पर्छ जब हामी परीक्षाहरु र समस्याहरुबाट भएर जान्छौं। बाइबलले हामीलाई बताउद छ कि परमेश्वरले हामीलाई हाम्रो जीवनहरुमा कुनै पनि यस्तो परीक्षामा जान दिनु हुन्न जसलाई हामीले सहन सक्दैन (1 कोरिन्थी 10:13)। जब कि, तनाव एउटा पाप होइन, तर फेरी पनि एउटा व्यक्ति पीड़ाको प्रति आफ्नो प्रतिक्रियाको लागि उत्तरदायी छ, जसमा व्यावसायिक सहायता पनि सम्मिलित छ जसको आवश्यकता पर्दछ। "यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन- उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो" (हिब्रू 13:15)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले तनावको बारेमा के भन्दछ? कसरी एउटा ख्रीष्टियन विश्वासीले तनाव माथि विजय प्राप्त गर्न सक्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries