settings icon
share icon
प्रश्न

कसरी विश्वासीले आफ्नो बच्चालाई अनुशासित गर्ने? बाइबलले के भन्छ?

उत्तर


बच्चालाई अनुशासित गर्नुको सबभन्दा सर्वोत्तम तरीका सिक्नु एक कठिन कार्य हुन सक्छ, तर यो अत्यन्त महत्वपूर्ण छ। केहि मानिसहरुले दावा गर्छन कि भौतिक अनुशासन (शारीरिक सजाय) जस्तो कि छड़ीले पिट्नु नै केवल एउटा यस्तो तरिका हो जसको सर्मथन बाइबलले गर्छ। अन्य मानिसहरुले यो जोर दिन्छन "केहि-समय-खडा-राख्नु" वा अन्य अरु सजायहरु जसमा शारीरिक अनुशासन सम्मिलित हुदैन त्यो अधिक प्रभावशाली हुन्छ। बाइबलले के भन्छ? बाइबलले यो शिक्षा दिन्छ कि शारीरिक अनुशासन उचित, लाभकारी र आवश्यक छ।

यसलाई गलत नसमझौ– हामीले कुनै पनि तरिकाले बच्चालाई प्रताड़ना गर्नेको वकालत गरेको होइन। एउटा बच्चालाई कहिल्यै पनि शारीरिक रूपले त्यस सीमासम्म अनुशासित गर्नु हुदैन कि त्यसले वास्तमा बच्चाको शरीरको नुकसानको कारण बनोस। बाइबलको अनुसार, जब कि, बच्चाको लागि उचित र संयमित अनुशासन एउटा असल कुरा हो र यसले बच्चाको भलाई र सही रूपमा पालन-पोषणमा सहायता गर्छ।

पवित्र शास्त्रको धेरै संदर्भले वास्तवमा शारीरिक अनुशासनलाई बढ़ावा दिन्छ। "आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ" (हितोपदेश 23:13-14; यसलाई पनि हेर्नुहोस् 13:24; 22:15; 20:30)। बाइबलले धेरै दृढ़ताको साथ अनुशासनको महत्वपूर्णताको माथि जोड दिन्छ; यो केहि यस्तो कुरा हो जुन हामी सबैमा हुनु पर्छ ता कि फलदायी मानिसहरुलाई उत्पन्न गर्न सकौं, र यसलाई धेरै सजिलोसँग त्यतिबेला सिक्न सकिन्छ जब हामी युवा हुन्छौं। जुन बच्चालाई अनुशासित गरिदैन उनीहरु अक्सर विद्रोही हुन्छ, आफ्नो माथि कसैको अधिकारलाई सम्मान गर्दैन, र परिणामस्वरूप स्वै-इच्छाले परमेश्वरको आज्ञा-पालन र उहाँको अनुसरण गर्नुमा कठिनाई को सामना गर्छन। परमेश्वर स्वयंले हामीलाई अनुशासित गर्नुहुन्छ र सही मार्गको तर्फ नेतृत्व प्रदान गर्नुहुन्छ र हाम्रो गलत कार्यहरुको पश्चातापको लागि उत्साहित गर्नुहुन्छ (भजन संग्रह 94:12; हितोपदेश 1:7; 6:23; 12:1; 13:1; 15:5; यशैया 38:16; हिब्रू 12:9)।

अनुशासनलाई उचित रूपमा र बाइबल आधारित सिद्धान्तहरुको अनुसार लागू गर्नको लागि, माता-पितालाई अनुशासन प्रति पवित्र शास्त्रीय सल्लाहहरुको सम्बन्धमा पहिचान हुनु पर्छ। हितोपदेशको पुस्तकमा प्रसस्त मात्राको साथ बच्चाहरुको पालन-पोषणको सम्बन्धमा बुद्धिको कुराहरु दिएको छ जस्तै कि, "दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ" (हितोपदेश 29:15)। यो वचन एउटा बच्चालाई अनुशासित नगर्नुको परिणामहरुको रूपरेखालाई प्रस्तुत गर्दछ – माता-पिताको लागि लाजको कारण बन्छ। यसमा कुनै सन्देह छैन कि, अनुशासनलाई आफ्नो लक्ष्य बच्चाको भलाईको लागि हो र बच्चाहरुको साथ दुर्रव्यवहार र प्रताड़नालाई न्यायोचित ठहराउनुको लागि उपयोग गर्नु हुदैन। न त यसलाई आफ्नो रिस र हताशलाई निकाल्नुको लागि उपयोग गर्नु पर्छ।

अनुशासनको उपयोग मानिहरुलाई सही मार्गमा हिड्नुको लागि सुधारनु र शिक्षा दिनुको लागि उपयोग गर्नुपर्छ। "सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं" (हिब्रू 12:11)। परमेश्वरको अनुशासन प्रेमले भरिएको हुन्छ, र यस्तो नै माता-पिता र बच्चाहरुको मध्यमा हुनु पर्छ। शारीरिक अनुशासनलाई कहिल्यै पनि शारीरिक नुकसान वा कष्टलाई स्थाई कारण बन्नको लागि उपयोग गर्नु हुदैन। शारीरिक सजायको तुरन्तै पछि सदैव तत्काल बच्चालाई संत्वना यस निश्चयको साथ दिनु पर्छ कि उसलाई प्रेम गरिन्छ। यो पल बिल्कुल ठीक समय हो जब एउटा बच्चालाई यो शिक्षा दिनु पर्छ कि परमेश्वरले हामीलाई अनुशासित गर्नु हुन्छ किनकी उहाँले हामीलाई प्रेम गर्नु हुन्छ र यो कि माता-पिता हुनुको नाताले, हामीले हाम्रो बच्चाहरुको लागि पनि ठीक त्यसैगरि गर्नु पर्छ।

के अन्य तरिकाको अनुशासन जस्तै "केहि-समय-खडा-रहनु" लाई शारीरिक अनुशासनको बदला मा उपयोग गर्न सकिन्छ? केहि माता-पिताले यस्तो पाउन्छन् कि उनीहरुको बच्चा शारीरिक अनुशासन प्रति सही तरिकाले प्रतिक्रिया व्यक्त गर्दैनन्। केहि माता-पिताले यस्तो पाउन्छन् कि "केहि-समय-खडा-रहनु," प्रांरम्भिक शिक्षा, र/वा बच्चालाई कुनै वस्तुबाट वंचित गरि दिनुले व्यवहारिक परिवर्तनलाई प्रोत्साहित गर्नको लागि धेरै प्रभावकारी हुन्छ। यदि वास्तवमा यस्तो नै हुन्छ भने, तब सबै तरिकाहरुले, एउटा माता-पिताले यस्तो सबै तरिकाहरुलाई उपयोग गरेको हुन्थे जो कि व्यवहारिक परिवर्तनहरुको लागि आवश्यक उत्तम परिणामहरुलाई दिने थियो। जब कि बाइबलले बिना इन्कार गर्दै शारीरिक अनुशासनको वकालत गर्छ, बाइबलको सबैभन्दा ठूलो चिन्ता धर्मी चरित्रको निर्माणको प्राप्तिको लक्ष्यबाट नै यसको अपेक्षा त्यस तरिकामा छ जुन यस लक्ष्यको प्राप्तिको लागि उपयोगमा गरिन्छ।

यस विषयलाई धेरै कठिन बनाउनको लागि सत्यता यो हो कि सरकारहरुले शारीरिक अनुशासनको सबै तरिकाहरूलाई बच्चहरुको प्रताड़नाको रुपमा वर्गीकृत गरि रहेको छन्। धेरै माता-पिताहरुले आफ्नो बच्चहरुलाई छड़ीले पिटाई यस डरले गर्दैनन कि कहीं यसको बारेमा सरकारलाई थाहा भयो भने उनीहरुको बच्चाहरुलाई उनीहरु बाट नलैजाउन। त्यस समय माता-पितालाई के गर्नु पर्छ जब एउटा सरकारले बच्चाहरुलाई अनुशासन गर्न अवैध बनाउद छन्? रोमी 13:1-7 को अनुसार, माता-पिताले स्वयंलाई सरकारको अधीन गर्नु पर्छ। एउटा सरकारलाई परमेश्वरको वचनको विरोधभासी हुनु हुदैन, र शारीरिक अनुशासन, बाइबल आधारित भएर गर्नु भन्नु, बच्चाहरुको पालन-पोषणको लागि सर्वोत्तम हुनेछ। तर फेरी पनि, बच्चाहरुलाई यस्तो परिवारहरुमा राख्नु जहाँ निर उनीहरु केहि सीमामा कम से कम केहि अनुशासनलाई प्राप्त गरुन कि सरकारको "देखभाल" मा बच्चाहरुलाई दिनु भन्दा कहीं अधिक उत्तम हो।

एफिसी 6:4 मा, पिताहरुलाई भनिएको छ कि उनीहरु आफ्नो बच्चाहरुलाई रिस नउठाउ। यसको अपेक्षा, उनीहरुलाई उनीहरुको पालन-पोषण परमेश्वरको मार्गहरुमा गर्नु हो। "प्रभुको शिक्षा र चेतावनी" मा बच्चाहरुको पालन-पोषण गर्नुमा ताड़ना, सुधार्न र हो, प्रेमले भरिएको शारीरिक अनुशासन सम्मिलित छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

कसरी विश्वासीले आफ्नो बच्चालाई अनुशासित गर्ने? बाइबलले के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries