settings icon
share icon
प्रश्न

युगवाद के हो, र के यो बाइबल आधारित छ?

उत्तर


युगवाद कुराहरू एक आदेशको तरिका हो- एक प्रशासन, एक प्रणाली वा एक व्यवस्थापन। धर्मशास्त्रमा, एक युगवाद समय ईश्वरीय प्रशासनको अवधि हो; प्रत्येक युगवाद एक ईश्वर नियुक्त युग हो। युगवाद ख्रीष्ट धर्मविज्ञानको त्यो पद्धति हो जिसको दुई प्राथमिक विशेषता छ। 1) पवित्र शास्त्रको एक लगातार शाब्दिक व्याख्या, विशेष रूपमा बाइबलको भविष्यवाणी को। 2) परमेश्वरको योजनामा इस्राएल र मण्डलीको बीचमा एक अन्तर। शास्त्रीय युगवादले सात युगवादलाई परमेश्वरको योजना को लागि मानवता पहिचान गराउछ।

युगवादीले यो दावा गर्दछ कि व्याख्याशास्त्रको लागि यसको सिद्धांत यो हो कि यो शाब्दिक व्याख्या हो, जसको अर्थ यो हो कि प्रत्येक शब्दलाई यस्तो अर्थ दिनु जो सामान्यतः प्रतिदिन उपयोग हुँदछ। प्रतीक, व्याख्यानको पात्र र सबै प्रकारको छाया यस पद्धतिमा स्पष्ट रूपले व्याख्या गरिएको छ, र यो कुनै पनि किसिमले शाब्दिक व्याख्याको विपरीत होइन। यहाँ सम्म कि प्रतीक र आलंकारिक कथनको पछि शाब्दिक अर्थ हुन्छ। उदाहरणको लागि, यदि बाइबलले “एक हजार वर्ष” भनि प्रकाशको २० मा भन्छ भने, युगवादीले यसलाई १,००० (प्रबन्धको राज्य), भनि व्यख्या गर्दछ, त्यस समय पछि यसलाई अन्यथा व्य्खाया गर्न कोहि पनि वाध्य छैन।

यसमा कम से कम दुई कारण छन किन पवित्र शास्त्रमा ध्यान दिनुको लागि यो सबै भन्दा सर्वोत्तम तरीका हो। पहिलो, दार्शनिक रूपदेखि, भाषाको उद्देश्य स्वयंले यो माग गर्दछ कि हामीलाई शाब्दिक रूपबाट व्याख्या गरुन। भाषा परमेश्वरद्वारा यस उद्देश्यले दिएको थियो कि उहाँले मानिससँग वार्तालाप गर्न सकुन। दोस्रो कारण बाइबल आधारित हो। पुरानो नियममा येशू ख्रीष्टसँग सम्बन्धित प्रत्येक भविष्यद्वाणी शाब्दिक रूपमा पुरा भएको छ। येशूको जन्म, येशूको सेवकाई, येशूको मृत्यु र येशुको बौरी उठनु ठीक उस्तै र शाब्दिक रूपमा घटेको थियो जसरी पुरानो नियममा भविष्यवाणी गरिएको थियो। नयाँ नियममा यिनी भविष्यवाणीहरुको अ-शाब्दिक पूर्णता छ। यसकारण यो यसको शाब्दिक पद्धतिको लागि जोरदार दलील दिएको छ। यदि पवित्र शास्त्रको अध्ययनको लागि शाब्दिक व्याख्याको उपयोग गरिएन भने, हामीसँग यस्तो कुनै पनि उद्देश्यात्मक मानक हुदैन जसद्वारा बाइबललाई बुझ्न सकिन्छ। प्रत्येक र हरेक कोहि व्यक्ति जसलाई जस्तो ठीक लाग्छ त्यस्तै बाइबलको व्याख्या गर्नेछ। बाइबल आधारित व्याख्या "जस्तो बाइबलले भन्छ..." अपेक्षा "जस्तो यो संदर्भले मसँग कुरा गर्छ..." को रूपमा विकसित हुनेछ। दुर्भाग्यले, धेरै अधिकले यो पहिले बाटै नै त्यसमा घटित भइ राखेको छ जसलाई आज बाइबल आधारित व्याख्या भनिन्छ।

युगवादी धर्मविज्ञानले यो शिक्षा दिन्छ कि परमेश्वरको दुई भिन्न प्रकारका मानिसहरु छन: इस्राएल र मण्डली। युगवादी यो विश्वास गर्दछ कि उद्धार सदैव– पुरानो नियम र विशेष गरी नयाँ नियममा परमेश्वरको पुत्रमा विश्वास गर्नुको द्वारा पाइन्छ। युगवादी यो मान्दछ कि मण्डलीले परमेश्वरको योजनामा इस्राएलको स्थान लिएको छैन र पुरानो नियमको प्रतिज्ञाहरुलाई मण्डलीमा स्थानांतरण गरिएको छैन। उनीहरु यो विश्वास गर्छन कि पुरानो निमयमा जुन प्रतिज्ञाहरुलाई परमेश्वरले इस्राएल (जमीनको लागि, कयौ सन्तान र आशिषहरुको) को साथमा गरिएको थियो अन्तमा प्रकाश अध्याय 20 मा भनिएको छ 1000-वर्षको अवधिमा पूरा हुनेछ। युगवादी विश्वास गर्दछन कि जसरी परमेश्वर यस युगमा मण्डलीको तर्फ आफ्नो ध्यानलाई केन्द्रित गर्दै, उहाँ एक पल्ट फेरी भविष्यमा इस्राएलको तर्फ ध्यान केन्द्रित गर्नु हुन्छ (रोमी 9-11 र दनिएल 9:24)।

यस पद्धतिलाई एक आधारको रूपमा उपयोग गर्दै, युगवादी सोच्दछन कि बाइबल सात युगमा संगठित छ: निर्दोष (उत्पत्ति 1:1-3:7), विवेक (उत्पत्ति 3:8-8:22), मानवीय शासन (उत्पत्ति 9:1 - 11:32), प्रतिज्ञा (12:1- प्रस्थान 19:25), व्यवस्था (प्रस्थान 20:1 - प्ररित 2:4), अनुग्रह (प्रेरित 2:4- प्रकाश 20:3), र सहस्राब्दीको राज्य (प्रकाश 20:4-6)। फेरी पनि, यो युग उद्धारको लागि मार्ग होइन, तर यो त त्यो तरिका हो जसद्वारा परमेश्वर स्वयंलाई मानिससँग सम्बन्धित गर्दछ। प्रत्यक युगमा एक चिनिएको ढाचा समावेश हुन्छ कि परमेश्वर कसरी त्यस युगमा भएका मनिसहरुको जीवनमा काम गर्नु हुन्छ। त्यो ढाचा हो 1) जिम्मेवारी, 2) असफल, 3) न्याय, 4) अनुग्रहमा अघि बढनु। युगवादी, एक पद्धतिको रूपमा, ख्रीष्टको दोस्रो आगमनको लागि पूर्व- सहस्राब्दी को व्याख्याको परिणामलाई अक्सर मेघारोहण अर्थात् बादलमा उठाइ लैजानु पूर्व-क्लेश व्याख्यालाई लिएर आउछ। संक्षिप्तमा, युगवाद एउटा यस्तो धर्मवैज्ञानिक पद्धति हो, जो इस्राएल र मण्डलीको मध्यमा एक स्पष्ट भिन्नतालाई पहचान गर्दछ, र बाइबललाई विभिन्न युग जसले उहाँको प्रस्तुतलाई संगठित गर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

युगवाद के हो, र के यो बाइबल आधारित छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries